Tuesday, June 10, 2014

घुम्न जाऔं बर्दिया (फोटोफिचर)

शब्द/तस्वीर- भरतबन्धु थापा
bardiya-tiger_rajan-chaudha
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको बाघ । तस्वीरः राजन चौधरी
बर्दिया तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुन्ज रहेको जिल्ला हो । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुन्ज पाटे बाघ लगायत वन्यजन्तु हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान मानिन्छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबईको बीचमा निकुन्जको केही भाग पर्ने भएकाले यो स्थान जनावरका लागि उपयुक्त स्थल बनेको छ ।
बर्दिया निकुन्जको ७० प्रतिशन भू-भाग साल र यसका सहायक प्रजातिको वनले ढाकिएको छ । बाँकी ३० प्रतिशत भागमा घाँसे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातिका स्तनधारी, ४ सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।bardiya-650-(1)
पश्चिम नेपालको प्रवेशद्धार नेपालगन्जबाट दुई घण्टामा सहजै पुग्न सकिने यस निकुन्ज महेन्द्र राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा रहेको छ ।
अम्बासदेखि राष्ट्रिय निकुन्जसम्मको बाटो कच्ची भएका कारण पर्यटकालाई समस्या भएको बताउँछन् पर्यटन व्यवसायी एवं थारु होमका सञ्चालक मोहन चौधरी । उनी भन्छन्-’अहिले बाटो बनाउने भन्ने कुरा उठेको छ, यदि यो बाटो बनेमा बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकको समेत वृद्धि हुने सम्भावना छ ।’bardiya650-(2)
त्यस्तै अर्का नेपाल वाईल्ड लाईफ होटलका भीम शाहीका अनुसार बर्दिया राष्ट्रिय निकुन्ज नजिकै भारत रहेकाले यहाँ भारतीय पर्यटकलाई आकषिर्त गर्न सके नेपाललाई थप फाइदा पुग्न सक्छ । यसका लागि राज्यले उचित नीति बनाए राम्रो हुने शाहीको सुझाव छ ।
बर्दियामा राष्ट्रिय निकुन्ज आसपास थारु संस्कृतिका लागि निकै प्रख्यात छ । बर्दियाको भादगाउँमा सञ्चालित होम स्टे पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आर्कषण मानिन्छ ।
बर्दिया राष्ट्रिय निकुन्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले प्रख्यात छ । मध्यपश्चिमकै धार्मिक स्थलमध्ये एक मानिने ठाकुरद्वारा मन्दिरमा लिच्छबीकालीन मूर्तिहरु रहेका छन् । बिशेष गरी माघे संक्रान्त्रिमा त्यहाँ मेला लाग्ने गर्दछ ।
bardiya 960 (1)
bardiya 960 (2)
bardiya 960 (3)
bardiya 960 (5)
bardiya 960 (7)
bardiya 960 (12)
bardiya 960 (13)
bardiya 960 (14)
bardiya 960 (15)
bardiya 960 (17)
bardiya 960 (18)
bardiya 960 (19)
bardiya 960 (21)
bardiya 960 (22)
bardiya 960 (23)
bardiya 960 (24)
bardiya 960 (28)
bardiya 960 (30)
bardiya 960 (31)
bardiya 960 (32)
bardiya 960 (33)
bardiya960 (4)
bardiya960 (10)
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।