Wednesday, June 25, 2014

समन्वयात्मक बैठक सम्पन्न

धनगढी ,१० असार 

खुल्ला सिमावबर्ती क्षेत्रबाट हुने गरेको मानब तस्करी लाई नियन्त्रण गर्ने उद्धेश्यले नेपाल भारतको मानब बेचबिखन बिरुद्ध क्रियाशिल केहि संस्थाहरुको समन्वयात्मक बैठक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उत्तर प्रदेशको पलिया कला खिरिमा भएको उक्त बैठकमा नेपालका तर्फबाट मानब बेचबिखन बिरुद्ध बिगत लामो समय देखि क्रियाशिल संस्था शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक बासुदेब भट्टराई र माईति नेपालका जिल्ला संयोजक शिब चरण चौधरीको लगाएतको सहभागिता थियो । भारतका तर्फबाट बुद्धिजिबी तथा समाजसेवी डा. श्रीकान्त शुक्लाले नेपाल र भारत एउटा मिठो समबन्ध रहेको असल छिमेकी राष्ट भएको हुँदा दुबै देशका सामाजिक अगुवा तथा हरेक तह र तप्काका ब्यक्तिहरु मिलेर मानब तस्करी जस्तो अपराध नियन्त्रण गर्नु पर्ने बताउनु भएको थियो ।

त्यस्तै आयोजक संस्था उत्तरप्रदेश बनबासी सेवा संस्थानका सचिब अजय कुमार चौधरीले समन्वय र सहकार्यलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको थियो । शान्ति पुनस्र्थापना गृहका कार्यक्रम संयोजक बासुदेब भट्टराईले नेपाल भारत बिच खुल्ला सिमा भएका कारण प्रत्येक दिन दलालहरुको नयानया बाटो प्रयोग गर्न थालेकाले यो अपराध नियन्त्रण गर्न कठिन भईरहेको तथा यसमा भारतिय संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनु भएको थियो । माईति नेपालका शिबचरण चौधरीले दुबै देशका संस्था र प्रहरी प्रसाशन बिच राम्रो समन्वय हुन जरुरी रहेको औल्याउनु भएको थियो । 

कार्यक्रममा भारतका बिभिन्न राजनितिक दलका प्रतिनिधि, नागरीक समाजका अगुवा, समाजसेवी र पत्रकारको उपश्थिति रहेको थियो ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।