Tuesday, July 8, 2014

दिल्लीबाट चार बालकको उद्धार

धनगढी २० अषाढ
Basu Bhattarai

कामको खोजीमा भारतको नया दिल्ली पुगेका चार बालक अलपत्र परेको अबस्थामा उद्दार गरिएको छ । प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा शान्ती पुर्नस्थापना गृह, कैलालीले बालकको उद्दार गरेको हो ।
उद्दार हुनेमा मालाखेती ५ कैलालीका लक्की भनिने बर्ष १५ का खड्कु विश्वकर्मा, मेलाघाटी ५ खलंगा, सल्यानका बर्ष १४ का अजय गिरी भनिने सुरेन्द्र राजगुरु रहेका छन् । यसैगरी गरोला बजार नजिकै किन्द्रिया, रौतहटका १० बर्षिय मला खान र पद्मपुर ५ टाडी, मिलनचोक, चितवनका १४ बर्षिय मिलन परियार रहेका छन् ।
उद्दार गरिएका ती चार बालक भारतको प्रयास बाल गृह तथा डनबस्को, ओक्रामा आश्रय लिदै आएका थिए । उनीह्रुलाई मञ्चले शुक्रवारै शान्ति पुनस्र्थापना गृहको सहयोगमा उद्दार गरी धनगढी ल्याइपुर्याएको छ । उनीहरुलाई गृहले यथाशिघ्र परिवारको जिम्मा लगाउने बताएको छ ।
उद्दार गरिएका सबै बालकको घरपरिवारसित संपर्क हुन नसकेकाले संपर्क प्रयास गरिहेको गृहले जानाकारी दियो । सबै परिवार सम्पर्कमा आउना साथ परिवारको जिम्मा लगाउनेछौ ’ । बालकको परिवार नभेटिदासम्म गृहमै राखिने गृहका जिल्ला संयोजक बासुदेव भट्टराईले बताएका छन् ।
यस अघि गत महिना पनि चार बालकहरुको दिल्लीबाटै उद्धार गरिएको थियो । आर्थिक बर्ष २०७०/०७१ मा मात्रै भारतबाट १८ जना बालबालीकाको उद्धार गरिएको छ । पछिल्लो समय यसरी कामको खोजिमा वा साथिभाईको लहलहैमा बालबालीकाहरु भारत जाने क्रम बढेको छ ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।