नवराज पनेरु, धनगढी भदौ २१
धनगढीमा भएको १९ वर्षमुनिको क्षेत्रीय क्रिकेट प्रतियोगीताको उपाधीमाथि कञ्चनपुरले कब्जा जमाएको छ । फाईनलमा लिग चरणमा व्यहोरेको हारको बदला लिदै कञ्चनपुर क्षेत्रीय च्याम्पीयन भएको हो । डोटी फाईनलमा १९ रनले पराजीत भएको हो ।
टस हारेर ब्याटिंगको निम्तो पाएको कञ्चनपुरले निर्धारीत २० ओभरमा ७ विकेटको क्षतीमा १२६ रन बनायो । कञ्चनपुरका लागि दिपेन्द्र ऐरीले सर्वाधीक २९ रन वनाए । धनी साउदले २४ रनको योगदान दिए । डोटीका महेश अधिकारी, दिपक राई र उपेन्द्र कठायतले २/२ विकेट लिए ।
१२७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको डोटी १८.३ ओभरमा १०७ रनमा समेटीयो । डोटीको लागि दिपक राईले २१ र किरन साउदले १८ रन जोडेपनि जीतका लागि पर्याप्त भएन । कञ्चनपुरका बिनोद भट्टले ३ र कृष्ण भट्टले २ विकेट लिए ।
प्रतियोगीताका म्यान अफ द सिरीज कञ्चनपुरका दिपेन्द्र ऐर भए । यस्तै डोटीका सुनील धमला उत्कृष्ट व्याट्सम्यान, कैलालीको भुवन केसी उत्कृष्ट वलर भए । प्रतियोगीता संयोजक लोकवहादुर खड्का रवीको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम क्षेत्रका डिआईजी जयवहादुर चन्द लगायतले विजयी खेलाडीहरुलाई सिल्ड तथा पुरस्कार वितरण गर्नुभयो ।
Source: Cricketlok
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।