Thursday, October 9, 2014

मुक्त कमलरीहरु आत्मनिर्भर बन्दै

 

लोग्शरी कुँवर

 
कैलाली, असोज २२ । कैलालीको धनगढी नगरपालिका, मनेहराका मुक्त कमलरीहरु सामूहिक वचत गर्न थालेपछि आत्मनिर्भर हुन थालेका छन् ।
 
सो बस्तीका २० जना मुक्त कमलरीहरुले २०६६ सालमा समूह बनाइ महिनै पिच्छे पैसा वचत गर्न थालेको अध्यक्ष स्वस्तीका चौधरीले बताइन् ।
 
समूह गठन गर्दा मुक्त कमैया महिला विकास मञ्च कैलालीले शुरुमा ३० हजार रुपैया दिएको थियो । अहिले सो समूहमा रु. ९० हजार जम्मा भएको पनि चौधरीले बताइन् ।
 
“शुरुमा हरेकले महिनाको पाँच रुपैया जम्मा ग-यौं । पोहरदेखि महिनामा ५० रुपैयाँ जम्मा गरिरहेका छौं,” अध्यक्ष चौधरीले भनिन् । 
 
यसरी जम्मा भएको पैसा समूहका सदस्यलाई मासिक सय कडा १ रुपैयाका दरले व्याजमा दिने गरिन्छ ।  सदस्यहरुले घर खर्च र सीप सिक्न ३ हजारदेखि १५ हजारसम्म ऋण लिएका छन् । 
 
मुक्त कम्लरी सुनिता चौधरीले समूहबाट ऋण लिएर मनेहरा मुक्त कमैया बस्तीमा ठेलामा होटल चलाएकी छिन् । चिया, समोसा, चाउमिन, पकौडा बेचेर मासिक ७–८ हजार रुपैया कमाउने गरेको उनले बताइन् ।
 
“पहिले पाँच दश रुपैयाको लागि पनि श्रीमानसँग हात थाप्नुपथ्र्यो । अहिले आफ्नो मात्र होइन परिवारको खर्च समेत मेरै कमाईबाट हुन्छ,” उनले भनिन् ।   
 
सुनिताकी बहिनी कमला चौधरीले पनि समूहबाट १० हजार रुपैया ऋण लिइ लुगा सिउने मेसिन किनेकी छिन् । यसबाट उनले आफ्नो खर्च चलाउने गरेकी छिन् ।
Source: Sancharikaonline

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।