Thursday, October 9, 2014

हलियाबाट अनमी

 

गोकर्ण दयाल

 
बैतडी, असाेज २२ । निर्मला भुल बैतडीको दुर्गम ठाउँ कोटिला गाविसको उप–स्वास्थ्य चौकीमा अनमीको पदमा करारमा काम गर्न थालेकी छिन् । उनी बैतडी दशरथ चन्द नगरपालिकाको बाडीलेकको मुक्त हलिया परिवारकी हुन् । 
 
उनले एसएलसी जसोतसो पास गरिन् । त्यसपछि उनी नर्सिङ पढेर स्टाफ नर्स वा अनमी हुन चाहन्थिन । “तर हलियाकी छोरीले नर्सिङ पढ्न रहर गरेको सुन्दा सबैले मेरो कुरा मजाकमा उडाउँथे,” उनले भनिन् । 
 
हलिया मुक्ति समाज महासंघको पहलमा लुथरन विश्व फेडरेशनले अनमी पढ्न उनलाई सहयोग ग-यो । 
उनले सेती प्राविधिक शिक्षालय दिपायलबाट अनमी पढाइ सकेकी हुन् । 
 
.बैतडीको दुर्गम कोटिला उप–स्वास्थ्य चौकीमा करारमा अनमीको काम गर्दै मुक्त हलिया परिवारकी निर्मला भुल ।
तस्विर : गोकर्ण दयाल
Source:Sancharikaonline

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।