हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान
सहयोगार्थका लागि चेतना जगाउने अभियान
भन्ने मुख्य नाराका साथ हिजो शुक्रबार सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को सिन्धु पन्जाब रेस्टुरेन्ट बरदुबईमा पहिलो बैठक सम्पन्न भएको छ, अध्यक्ष शिवराज जैशीको अध्यक्षतामा सम्पन्न सो बैठकमा महासचिब मान बहादुर के.शी. "मुस्कान"ले तयार पारेको समाजको बिधान मस्यौदा छलफलका लागि प्रस्ताब गर्नु भएका थिए । बिधान पेश गर्नु भन्दा पहिले बोल्दै "मुस्कान"ले कुनै पनि संघ संस्थाको मुख्य मार्ग निर्देशक भनेको नै बिधान भएको उल्लेख गर्नु हुँदै हामीले आउँदा दिनहरुमा बिधानको परिधि भित्र रहेर नै अघाडि बढ्ने जिज्ञासा राख्नु भएको थियो, "मुस्कान"ले यहाँका विभिन्न नेपाली संघ संस्थाको साथै यू.ए.ई.मा कार्यरत सबै नेपालीहरु सँग हातेमालो गर्दै अघाडि बढ्ने र सुदूरपश्चिमबासीहरुलाई समाजमा जोड्ने कुरामा पनि जोड दिनु भएको थियो । भने सो कार्यमा यहाँकासम्पूर्ण संघ संस्था र बुद्धिजिबीहरुको सदा साथ र समर्थन पाउने विश्वास पनि ब्यक्त गर्नु भएको थियो,
"मुस्कान"ले बिधान पेश गरे पछि उपस्थित सबै पदाधिकारीहरुले बिधानको बुदाहरुमा लगभग पाच घण्टा गहन छलफल गरेर प्रस्ताबित बिधानलाई समाज अघाडि बढाउनुका लागि पारित गरेका छन र सो बिधान अनुरुप नै अघाडि बढ्ने प्रतिबद्दता पनि ब्यक्त गरेका छन, बिधान पारीत भए लगत्तै समाजले अब आउँदा दिनहरुमा के-कसरि अघाडिका कार्यहरु गर्ने भन्ने बारेमा पनि बिशेष छलफल भएको थियो, सोहि बैठकमा उपस्थित सदस्य प्रभुराज सन्जालले ( नेपाली रु ८,२५५ ) आठ हजार दुई सय पचपन्न रुपैया आफ्नो ब्यक्तिगत तर्फबाट समाजलाई सहयोग गरेर सुदूरपश्चिम सेवा समाज यू.ए.ई.को पहिलो सहयोगकर्ता हुनु भएको छ, वहाँले समाजलाई सहयोग गर्दा उपस्थित सबै पदाधिकारीहरुले तालीको गडगढाहटले सो कार्यको स्वागत गरेका थिए ।
अन्त्यमा समाजका अध्यक्ष श्री शिवराज जैशीले बोल्दै सुदुर पश्चिम सेवा समाज यू.ए.ई. गठन गर्नु मन-बचन-कर्मले समर्पित हुँदै त्याग समर्पण गरि आफ्नो अमुल्य समय दिएर बिधान लेखन देखि अन्य सम्पूर्ण कार्यमा अतुलनिय तथा प्रशंसनिय योगदान पुर्याउनु भएकोमा समाजका महासचिब "मुस्कान" लाई हृदय देखि नै धन्यवाद दिनु भएको थियो भने सबैलाई बैठकमा उपस्थित भई दिनु भएकोमा आभार प्रकट गर्नु भएको गर्नु हुँदै हामीले सदा समाजलाई यसरी नै निरन्तर अघाडि बढाई रहने र यू.ए.ई.का सबै प्रान्तहरुमा समाजको सदस्यता अभियान चलाऊने बिचार ब्यक्त गर्दै सो कार्यमा कोहि पनि छुट्नु नहुने बताउनु हुँदै बैठक समाप्त भएको घोषणा गर्नु भएको थियो ।
महासचिब मान बहादुर के. शी. "मुस्कान" द्वारा सञ्चालित सो कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारीहरुले आ-आफ्नो बिचार राखेका थिए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।