Friday, April 17, 2015

पूर्वप्रधानमन्त्री स्व थापाको अन्तिम विदाइ (फाेटाे फिचर)

काठमाडौं, वैशाख ४  । पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
 
थापाको पार्थिव शरीरमा उहाँका सुपुत्र एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिए ।

 
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व. थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए ।
 
स्व. थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।

 
पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका स्व. थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो ।
 
थापाको गत बुधबार राति उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।

 
पूर्वराजाका तर्फबाट समवेदना
यसैबीच, राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा पूर्व राजा ज्ञानेन्द्र शाहका तर्फबाट तत्कालीन राजप्रासाद सेवाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले श्रद्धान्जली अर्पण गर्नुका साथै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । रासस
 














3 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।