Sunday, April 26, 2015

भूकम्प पीडितहरुको उपचारका लागि बेलायतका नेपाली नर्स नेपाल जांदै:





लन्डन । नेपालमा ७ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली महाभूकम्पछि देश विदेशबाट राहत एवं उद्दार टोली प्रभावित क्षेत्रमा खटिइरहेकै बेला बेलायतस्थित नेपाली नर्सहरुले पनि साथ दिने भएका छन् । पीडितहरुको उपचारका लागि नेपलिज नर्सिंग एसोसिएसन यूकेकी उपाध्यक्ष प्रसुना कंडेलको नेतृत्वमा नर्सहरु राधिका आचार्य, ज्योति तिवारी र वर्षा वेल्वासे सोमबार नेपाल जाने भएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा गएर उपचारमा सघाउनेछन् । एसोसिएसनको शनिवार बसेको आकष्मिक बैठकले एसोसिएसनकी अध्यक्ष सुशिला कार्की, महासचिव विनोदविकास सिम्खडा र कोषाध्यक्ष रश्मिता दर्लामी सम्मिलित एक विपत्ति सहायता टोली समेत गठन गरेको छ । एसोसिएसनले भूकम्प पीडितका लागि तत्काल तीनहजार पाउण्ड दिने निर्णय समेत गरेको छ । उक्त रकममध्ये एक एक हजार काठमाण्डौं र धादिंग एवं एक हजार अत्यावश्यक ठाउंमा खर्च गरिने एसोसिएसनले जनाएको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै पीडितहरुको आर्थिक सहयोगका लागि कोष अभिवृद्धिमा सक्रिय रुपमा संलग्न हुने पनि उल्लेख गरेको छ । उसले बेलायत र नेपालमा मानवीय सहयोगका लागि अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने समेत जनाएको छ । संस्थाले पीडितहरुका लागि आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ । संस्थाले विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । 

NNA UK, Earthquake support, Nepal

http://www.gofundme.com/sxk4m9w?fb_action_ids=10206925748169128&fb_action_types=og.shares&fb_ref=undefined

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।