Sunday, April 26, 2015

गेष्ट हाउसको भग्नावशेषमा पुरिएको २४ घन्टापछि जिवितै उद्दार

१३ वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार गरिएको छ ।
earth-quick-Nepal
भूकम्पका कारण पर्वत गेष्ट हाउस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले भवन भत्किएपछि १६ वर्षका संजिव राणा भित्रै चेपिए ।
शनिबार दिनभर उनी भत्नावशेषमा थुनिए । आइतबार विहान उक्त भवनमा एक किशोर पुरिएको खबर आएपछि सशस्त्र प्रहरीको टोली गएको छ ।
सशस्त्रको विपत उद्दार डेक्सको टोली गयो । टोलीले थप सहयोग चाहिने भएपछि रेस्क्यु टीम समेत पुगेको थियो । सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सहयोगमा घरको ढलान समेत काटेर राणाको उद्दार गरिएको छ ।
earth-quick-Nepal-1
झण्डै १० घन्टाको प्रयासपछि उनलाई जिवितै उद्दार गर्न सकिएको सशस्त्र प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।