Monday, April 27, 2015

सँगै बाँच्ने, सँगै मर्ने - धरहराको भग्नावशेषमा भेटिएको यो जोडी

यिनी मनिषा रिजाल, वर्ष २२, घर बाहुनडाँगी ६ झापा । करिब 3 महिनाअघि उनको विवाह भएको थियो सिन्धुलीका निशान्त खड्कासँग । उनीहरु झापाबाट काठमाडौं आएका थिए शनिबार । काठमाडौं आएपछि घुम्ने ठाउँहरुमा सँगसँगै हात समाएर घुमे उनीहरु । अनि धरहरा सँगै चढ्ने धोको पूरा गर्न लागे सुन्धारातर्फ । धरहराको यो उचाईबाट सँगै सँगै जीवन अघि बढाउने कसम फेरि दोहोराउन चाहन्थे उनीहरु । भनिन्छ नि, सँगै बाँच्ने, सँगै मर्ने । यही कसम खाँदाखाँदै उनीहरु एक अर्काकै अँगालोमा भूकम्पको यो भग्नावशेषमा यसरी भेटिए …..
Untitled-1 copy

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।