१३ वैशाख, काठमाडौं । भुकम्पको कारण सगरमाथा आधार शिविरबाट आइतबार १८ शव फेला परेका छन् । ति सबै नेपाली नागरिक हुन् । मृतक शेर्पा समुदायका छन् ।
भुकम्पका कारण पुमरीबाट ठूलै हिमपहिरो झर्दा सगरमाथा आधार शिविरमा बसेकाहरु पुरिएको प्रत्यक्षदर्शीले बताएका मकालु एडभेन्चर ट्रेकिङ एजेन्सीका प्रमुख मोहन लम्सालले जानकारी दिए ।
१८ शव र ७१ जना घाइतेलाई आइतबार काठमाडौं ल्याइएको छ । हिमपहिरो पन्छाउन बाँकी नै रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।
यो सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले धेरै जना सगरमाथा आधार शिविर पुगेका थिए । घाइतेहरुलाई सी डब्लू क्लिनीक, केएमसी, नर्भिक लगायतका अस्पतालमा लगिएको छ । लामटाङ क्षेत्रमा पनि धेरै पर्यटक हताहति भएको अनुमान गरिएको छ ।
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।