जस्ले अरुको जिवन रक्ष्याको लागि आफ्नो प्राण् को आहुति दिए - ६ सेना र ३ प्रहरीको उद्धारका क्रममा मृत्यु - अरुको
ज्यान बचाउन आफ्नो प्राणको आहुती दिने तपाईहरु यो देश
को सच्चा सपूत हुनुहुन्छ र मेरो परिभाषामा तपाईहरु सच्चा
सहिद हो ।
भुकम्पमा परेकाको उद्धारमा खटेका ६ जना नेपाली सेना र ३ जना नेपाल प्रहरीका जवानहरुको मृत्यु भएको छ।
हिजोदेखि आज साँझसम्म भएको उद्धारमा उनीहरुको मृत्यु भएको रक्षा र गृह मन्त्रालयले जनाएको छ। सबैको उपत्यकामा नै उद्धारका क्रममा ज्यान गएको हो।
नेपाल प्रहरीका ३ जना जवानको उद्धारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता कमलसिंह बमले पुष्टि गरे।
आज नेपाली सेनाको तथा मित्रराष्ट्र भारतीय वायु सेनाको हेलिकप्टरहरु प्रयोग गरी गोरखाको वारपाकबाट ९ जना, धादिङ, सल्यानटार र गजुरीबाट गरी ५८ जना यसैगरी धुन्चेबाट १४ जना विदेशी सहित १८ जना नेपालीहरुलाई उद्धार गरी काठमाडौं ल्याईएको छ भने चिसापानीबाट ५ जना बिरामी सहित १ जनाको शव र मेलम्चीबाट १८ जना वीरामीलाई वीरेन्द्र अस्पताल ल्याईएको छ।
यसैगरी लामाबगरबाट ४ जना र चरिकोटबाट १६ जना वीरामीलाई उद्धार गरिएको छ भने झार्लिङबाट ३८ जना र आरुघाटबाट २६ जनालाई धादिङबेशी ल्याईएको र सो मध्ये १ जना बिरामीलाई वीरेन्द्र अस्पताल छाउनी पुर्याईएको छ। यसैगरी पोखराबाट ४०० थान पाल र ४०० थान मण्डी वारपाक पुर्याईनुका साथै ११९० के.जि. राहत सामाग्री समेत गोरखा पुर्याईएको छ ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।