धनगढी सहयोगका गोरखाका भूकम्प पिडितहरुको सहयोगार्थ सुदूरपश्चिमवासीका तर्फबाट चिकित्सकहरुको टोली औषधी र राहत सामग्री सहित मंगलवार गोरखा प्रस्थान गरेको छ । सेती अञ्चल अस्पताल धनगढीका नशा तथा हाड जोर्नी विशेषज्ञ डा. सुशिल कुमार भण्डारीको नेतृत्वको टोलीलाई मंगलवार औषधी हस्तान्तरण गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विदाई गरे । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरुले स्वस्र्फुत रुपमा प्रदान गरेको रकम, राहत सामग्री र औषधी सहित डा. भण्डारी नेतृत्वको टोली गोरखा प्रस्थान गरेको हो । टोलीमा न्युरो सर्जन डा. युवराज न्यौपाने, एनेस्थेसिया डा. सन्तोष खनाल, स्टार्फ नर्स कमला भट्ट,शान्ति चापागाइ, बन्दना विक र सुदूरपश्चिम महिला जागरण समूहकी अध्यक्ष शान्ति सिंह, चाँदनी शाही र साबित्री शाही रहेकी छन् । प्रजिअ पन्थले भूकम्प पिडितहरुको सहयोगका लागि कैलालीबाट चिकित्सकहरुको टोली गोरखातर्फ प्रस्थान गर्न लागेकोमा प्रशंसा गरे । राहत संकलन टोलीका अगुवा चक्र बहादुर सिंहले भूकम्प पिडितहरुका सहयोगका लागि स्वतस्र्फुत रुपमा सहयोग गरेर सुदूरपश्चिमवासीले अन्य क्षेत्रका बासिन्दालाई पनि सहयोगका लागि प्रेरित गरेको बताए । रोटरी क्लव अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाश भट्टले भूकम्प पिडितको राहत तथा उद्दार कार्यमा सहयोग पु¥याउने उद्देश्यले चिकित्सकको टोली गोरखा पठाईएको बताए । अन्य प्रभावित जिल्लामा घाईते तथा पिडितको सहयोगका लागि काम भएको भएपनि गोरखामा खासै नभएको पाईएकोले सुदूरपश्चिमबाट चिकित्सकको टोली राहत र औषधी सहित गोरखा पठाईएको लायन्स क्लवका डिष्ट्रिक एड्भाईजर विष्णुराज बुर्लाकोटीको भनाई थियो । टोली नेता डा. भण्डारीले आवश्यकता र अवस्था हेरेर गोरखा जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा खटिएर काम गर्ने वताए । सुदूरपश्चिमवासीका तर्फबाट गोरखा गएको टोलीले भूकम्प पिडितहरुलाई वितरण गर्न ५ क्वीन्टल चिउरा, १३ हजार प्याकेट चाउचाउ, १० हजार प्याकेट बिस्कुट, सात सय २० प्याकेट कुकिज, एक सय ३५ थान त्रिपाल, एक सय २० थान चटाई, करीव ५ लाख बराबरको औषधी, एक हजार दुई सय बोत्तल मिनरल वाटर लगेको छ । नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाले करीव एक लाख रुपैया बराबरको औषधी, नेपाल औषधी व्यवसायी संघ सेती अञ्चल शाखा र जिल्ला उपशाखाका तर्फबाट करीव तीन लाख ३५ हजार बराबरको औषधी,सुदूर विस्कुट ईण्डष्ट्रिजले करीव एक लाख रुपैया बराबरको विस्कुट, एमआरहरुको संस्था एनएमएसआरएले ६० हजार रुपैया बराबरको औषधी,आरपी बेकरीले करीव ४० हजार रुपैया बराबरको कुकिज प्रदान गरेको छ । त्यस्तै रोटरी क्लव अफ धनगढीले एक लाख ७ हजार रुपैया, श्याम तायलले ५१ हजार, होटल व्यवसायी संघ कैलालीले बसको एकतर्फी ईन्धनका लागि १८ हजार, सुदूरपश्चिम पेट्रोलियम डिलर्स एशोसियसनका तर्फबाट एकतर्फी ईन्धन वाफत २० हजार, नेपाल हार्डवेयर व्यवसायी संघले २१ हजार प्रदान गरेको छ । त्यस्तै बिभिन्न संघसंस्थाका प्रतिनिधि र व्यवसायीले आआफ्नो क्षमता र ईच्छा अनुसार आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग वापत संकलित भएको रकम र राहत सामग्री सम्बन्धित जिल्लाका भूकम्प पिडितहरुले सोझै पाउने गरी सम्बन्धित जिल्लाका प्रमुख जिल्लालाई हस्तान्तरण गरिने टोली सदस्य दीर्घराज उपाध्यायले बताए । सोमवार साँझ भूकम्प पिडितहरुको राहतका सम्बन्धमा छलफल गर्न बसेको केही सामाजिक संघसंस्थाका प्रतिनिधि र व्यवसायीहरुको छोटो प्रयासमा यति ठूलो मात्रामा राहत तथा औषधी संकलन भएको हो । सहयोग गर्नेहरुको नामावली नेपाल औषधी व्यवसायी संघ सेती अञ्चल शाखा र जिल्ला उपशाखा धनगढी रु ३३५००० बराबरको औषधी, नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखा १ लाख बराबरको औषधी, एनएमएसआरबाट ६० हजार रुपैया बराबरको औषधी १ रोटरी क्लव अफ धनगढी रु १,०७००० २ सुदूर विस्कुट ईण्डष्ट्रिज रु १ लाख बराबरको विस्कुट ३ श्याम तायल रु ५१००० ४ आरपी मोडर्न ईण्डष्ट्रिज रु ४० हजार बराबरको कुकिज ५ कैलाली जिल्ला हार्डवेयर संघ रु २१,००० ६ सुदूरपश्चिम पेट्रोलियम डिलर्स एशोसियन रु २०००० ७ विष्णुराज बुर्लाकोटी रु १५००० ८ सुरेन्द्र राठी रु १५,००० ९ सुदूरपश्चिम महिला जागरण मञ्च रु १०,००० १० चक्र बहादुर सिंह रु १०,००० ११ महेश शाह – रु १०,००० १२ मित्रलाल पोखरेल रु १०००० १३ कल्पना गैरे रु १०,००० १४ जगत खड्का रु १०००० १५ पुष्कर ओझा रु १०००० १६ पदम ओझा रु ११००० १७ भूपेन्द्र थापा रु १०००० १८ क्यान कैलाली रु १०००० १९ श्रीपुर कंक्रिट उद्योग १०००० २० जीवनाथ जैसी रु ७००० २१ प्रमोद पाठक रु ५००० २२ रोट्र्याक्ट क्लव अफ धनगढी रु ५००० २३ लोकराज भट्ट रु ५००० २४ हरीकला गौतम रु २५०० २५ शकुन्तला भट्ट रु २००० २५ सुदूरपश्चिम महिला समाज रु ५००० २६ मिनाक्षी शर्मा रु २००० २७ सावित्री पन्त रु २००० २८ डा.विष्णुकान्त पन्त रु ५००० २९ शरद रावल रु २१०० ३० उपेन्द्र चन्द रु ५००० ३१ सम्झना अधिकारी रु २००० ३२ शान्ति पनेरु भट्ट रु २१०० ३३ राधा गैरे रु २००० ३४ उमा ज्ञवाली २५०० ३५ ममता शाह रु २००० ३६ दिवाकर मण्डलबाट ५ कार्टुन वाईवाई चाउचाउ र एक कार्टुन मिनरल वाटर ३७ रामचन्द्र जोशीबाट ६ कार्टुन चाउचाउ
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।