Friday, May 15, 2015

विवेकशील नेपालीले भुकम्प पीडितका लागि गरेको काम अत्यन्तै प्रशंसनीय

bibekshil nepali

- सावित्री बस्नेत

सामाजिक सञ्जाल फेसबुकबाट नेपालभरि जनचेतना र राष्टियताका लागि विविध सामाजिक काम गर्दै आएको विवेकशील नेपालीले भुकम्प पीडितका लागि गरेको काम अत्यन्तै सर्हानीय प्रशंसनीय छ । सामाजिक सञ्जालबाट भुकम्प पीडितका लागि विवेकशील नेपालीले नेपालीका लागि बैशाख १२ गतेको महाभुकम्प पश्चात आफ्नो सामाजिक अभियान समन्वय र सहकार्यका साथ अगाडी बढायो । समाज सेवाका लागि धन होइन मन हुनुपर्दछ भन्ने कुरालाई विवेकशील को पछिल्लो सामाजिक सञ्जाल फेसबुक अभियानले एकपटक सबैलाई पाठ सिकएको छ । सबैसग समन्वय सहकार्य गर्दै सयौ भुकम्प पीडित गाउँहरुमा राहत सामाग्री खाद्यान्न, त्रिपाल र औषधि निस्शुल्क पुर्याउने सामाजिक सेवाको काम यस विपतको अवस्थामा गरेको छ । सहयोगी मन भएका मिलन पाण्डे विवेकशील नेपालीका साँच्चै सच्चा सामाजिक सेवाकाी युवा हस्ती हुन् उनलाई र उनको समहलाई राष्टिय तथ अन्तराष्टियस्तरले सम्मान गर्नैपर्दछ ताकी भविष्यमा अरु युवापिढीलाई यस्ता विपतका बेला पनि सामाजिक सेवामुलक काममा निस्वार्थ ढंगले लाग्न प्रेरित गरोस् ।

कहाँसम्म पुगेन विवेकशील नेपालीको सहयोगी हातहरु ?

आपत र विपतको यस घडीमा विवेकशील नेपालीले बैशाख १२ गतेदेख २ हप्तासम्म राहत बितरण र सहयोगका लागि निःशुल्क हेल्पलाइन २४ अ‍ै घण्टा सञ्चालन गर्यो। नुवाकोट धादिग, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, गोर्खाका दुर दराजका गाउँहरुमा स्थानीय व्यक्तिको समन्वयमा पहिलोपटक राहत र सामाग्रीहरु पुर्याउन सफल भयो भने यो विपतको अवस्थामा स्वास्थ्य क्याम्पहरु काठमाडौंको सुगम स्थानदेखि दुर दराजसम्म निःशुल्क औषधीहरु पुर्यायो भने मनोचिकित्साको रुपमा काउन्सिल कामहरुमा समेत विवेकशील नेपालीले विवेकपूर्ण तवरले नै सहयोग पुर्याएको । बैशाख १२ गतेको विपतसँगै बैशाख २९ गते थपिएको विपतमा पनि झन् सक्रिय बनेर राहत बितरण, उद्दार र अस्थायी बासस्थानको लागि विवेकशील नेपाली समूह रात दिन नभनी नेपालीहरुको दुःखेको घाउमा मलम लगाने काममा उत्तिकैलागिपरेको छ । सलोट ! गर्नुपर्छ विवेकशील नेपालीलाई यस विपतको बेलामा फैलाएको विवेकपूर्ण सहयोगी हातहरुलार्इ ।

टिचिङ हस्पिटलमा भुकम्प गए लगतै उद्दारमा खटिएका विवेकशील नेपालीका साथीहरू ।

नेपालीलाई दिन रात खटेर सुरक्षा दिने नेपाल प्रहरीको माहाराजगन्ज स्थित प्रहरी कार्यालय

बस्न उपयुक्त छैन भनि रातो इस्टिकर लगाइदिए पछी अाज कार्यालयको लागी २ थान पाल उपलब्ध

राहत बितरण र समन्वयमा विवेकशील नेपाली

सरसफाई र जनचेतनामा विवेकशील

स्वास्थ्य परामर्श, औषधी बितरण र रक्तदान एवं शिविर सञ्चालनमा विवेकशील नेपाली

Bibeksheel Nepali medical team – handling over the anesthesia equipment to Nepal Critical Care Foundation.
Together we can overcome this crisis.

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।