Tuesday, May 19, 2015

सुदुर पश्चिम मा साइकल पर्यटन प्रति बढ्दो आकर्षण

1
दीपक उपाध्याय
धनगढी जेष्ठ ४, कैलाली
सुदूरपश्चिममा यतिबेला प्रायः धेरैको मुखमा झुण्डीन सफल भएको शब्द हो, ‘सुन्दर सुदूरपश्चिम’ । अर्थात सुन्दर सुदूरपश्चिम धेरैको साझा मुद्दा नै बन्न सफल हुदै गएको छ । ‘सुन्दर सुदूरपश्चिम’ को नारा आजभोलि धेरैको जनजिब्रो नै भइसकेको तथ्य क्रमशः प्रमाणित हुदै गएको छ । यो शब्दावली कसैले यस क्षेत्रलाई दिएको उपमा नभइ यहिका व्यवसायी तथा सुपलाई माया गर्नेहरुबाट प्रस्फुटित भएको उद्गार हो ।

सुदूरपश्चिम भन्ने बित्तिकै अभावै अभाव र समस्याग्रस्त क्षेत्रको रुपमा बुझिरहेकाहरुलाई यो शब्दले गतिलो झापड दिएको छ । पर्यटन क्षेत्रबाटै सुपको मुहार फेर्ने भन्दै स्थानीय होटल व्यवसायीहरु करोडौं रुपैया लगानी गरेर यहि ‘मिसन’ मा हिडिरहेका छन्, यतिबेला ।
पर्यटन व्यवसायबाटै सुपको कायापलट गर्न सकिन्छ भन्दै उनीहरु सुदूरपश्चिमलाई पर्यटन व्यवसायसग जोड्दै अघि बढीरहेका छन् । केहि वर्ष अघिदेखि सञ्चालनमा आएको धनगढीस्थित होटल डिभोटीले यस क्षेत्रको विकास गर्न पर्यटन व्यवसायलाई नै आफ्नो अर्जुन दृष्टि बनाएको छ । त्यसै अन्तर्गत अहिले धनगढी घुम्न आउने पर्यटकलाई लक्षित गरि माउन्टेन वाईक (साईक) समेतको व्यवस्था गरेको होटल डिभोटीका संचालक कृष्णबहादुर महरा बताउँछन् । ‘वाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटकहरुलाई पनि विदाको दिन घुम्नका लागि सजिलोहोस भन्ने उद्देश्य राखेर माउन्टेन वाईकहरु संचालनमा ल्याएका हौ । ’

2
विदाको दिन साथीभाईहरुसंग घुम्न जानकालागि मोटरसाईकल बाहेकका अन्य साधन नभएको अवस्थामा होटल डिभोटीले माउन्टेन वाईकको व्यवस्था गरेर आफुहरु जस्ता तमाम युवाहरुलाई वातावरणीय क्षेत्रमा समेत लाग्न प्रेरणा मिलेको शान्ति पुनस्र्थापना गृह कैलालीका संयोजक बाशु भट्टराईले बताए ।
धनगढी वरिपरि रहेका घुम्नलायक ठाउँहरुमा जाखोर लेक, मोहना कोरिडोर, एयरक्राप्ट म्युजियम, गोदावरीधाम, चौधरी जातीको मात्रै बासस्थान रहेको भादा होमस्टे, बेहडाबाबा मन्दिर लगायतका स्थानहरु रहेका छन् जहाँ साईकलमा सजिलै पुग्न सकिन्छ ।

5
4
Source: Ghumphir.com

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।