सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले संस्थाका अध्यक्ष शिबराज जैशीको अधक्ष्यतामा १ मिनटको मौन धारण गरेर शुरु भएको शोकसभा बैठकमा बिनाशकारी महा भूकम्पबाट मृत्यु भएका दिवंगत आत्माहरुको शान्तिका लागि प्रार्थना गरेको थियो ।
गएको बैसाख १२ गते नेपालमा गएको बिनाशकारी महा भूकम्पबाट हजारौले ज्यान गुमाउनु परेको थियो, लाखौं घरबार बिहिन भएका थिए, हजारौ घाईते भएका थिए भने अरबौ को क्षति भएको थियो । उक्त महा बिनाशकारी भूकम्पबाट हजारौ घर परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको सहयोगका लागि सुदूरपश्चिम सेवा समाज यू.ए.ई.ले ४,७९,२३४ ( चार लाख उनासी हजार दुई सय चौतिस रुपैया ) प्रधान मन्त्री राहत कोषमा पठाएको छ, भने सोहि कार्यक्रममा उपस्थित भुकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली ७३,६१७ ( तिरिहत्तर हजार छ सय सत्र रुपैया ) प्रतक्ष वहाँको हातमा बुझाएको छ । जम्मा मिलाएर ५,५२,८५१ ( पाच लाख बावन्न हजार आठ सय एकावन्न ) रुपैया राहत गरेको छ ।
साथै बैठकमा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा देउडा खेल कार्यक्रमको समिक्षा र संस्थाले आउँदा दिनमा के कसरी अघाडी बढ्ने भन्ने बारेमा पनि छलफल भएको थियो, सोहि बैठकमा पत्रकार तथा संस्थाका प्रबक्ता खेम राज खनाल लाई १८,०५७ रुपैया नगद टिकट खर्च स्वरुप दिएर स-सम्मान बिदाई पनि गरेको थियो, सो बैठकको संचालन महासचिब मान बहादुर के.शी. 'मुस्कान'ले गर्नु भएको थियो ।
भूकम्प पिडितलाई केहि राहत होस् भनि समाजले सकिदो सहयोग गर्नुका लागि अपिल गरेको थियो भने सो कार्यमा सुदूरपश्चिम सेवा समाजका सबै पदाधिकारी आ-आफ्नो क्षेत्रबाट सहयोग जुटाउनु लागेका थिए । सुदूरपश्चिम सेवा समाज यू.ए.ई. ले यू.ए.ई. का बिभिन्न शहरहरु बाट संकलित रकम जम्मा ४,७९,२३४ चार लाख उनासी हजार दुई सय चौतिस रुपैया प्रधान मन्त्री राहत कोषको खाता नं 00101102200012 मा जम्मा गरेको र भूकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली ७३,६१७ ( तिरिहत्तर हजार छ सय सत्र ) रुपैया प्रतक्ष वहाँको हातमा बुझाएको देउडा गायक तथा समाजका महासचिब मान बहादुर के.शी. 'मुस्कान'ले जानकारी दिए ।
सुदूरपश्चिम सेवा समाज यू.ए.ई. का पदाधिकारीहरु द्वारा संकलन गरिएको रकम को विवरण यस प्रकार छ ।
दिलु ढोली मार्फत ( फोनिक्स फिल्म कम्पनीले दिएको ) 5,000 AED ( १,३८,९०० नेपाली )
फुजैराह मान बहादुर के.शी. 'मुस्कान' मार्फत 4,200 AED ( १,१६,६७६ नेपाली )
भरत ढोली मार्फत ( एक्सन फिल्म कम्पनीले दिएको ) 3,200 AED ( ८८,८९६ नेपाली )
बरदुबई शिबराज जैशी मार्फत 2,775 AED ( ७७,०९० नेपाली )
दुबई मोहन ठकुराठी मार्फत 2,450 AED ( ६८,०६१ नेपाली )
अबुधाबी भिम बहादुर सिंह मार्फत 1,305 AED ( ३६,२५३ नेपाली )
दुबई टिकेस्वरी भण्डारी मार्फत 821 AED ( २२,८०८ नेपाली )
शारजाह जयराज जोशी मार्फत 150 AED ( ४,१६७ नेपाली )
अन्तिममा संस्थाका अध्यक्ष शिवराज जैशी ले सबै सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै शोकसभा बैठक बिसर्जन गर्नु भएको थियो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।