२९ वैशाख, काठमाडौं । 
मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा १३ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।
रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।
SOURCE: Onlinekhabar
 






 
 
![१७ बर्षिय योगेश ओझाले रिमोट कन्ट्रोलबाट चल्ने ड्रोन जहाज बनाए - [विशेष रिपोर्ट] - फोटो फिचर](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghVx1w-IKXa4lYZAQuNMFlqT61eBoKdZcVixhfEsZQRI-TX0Q4vj0M7D-jV0IRBQzGG8_vbSC5FtmRFV8-5b15qJdYF1DenG0STIzAEczRNgwAAXLWDgk7t6D90gZEMLIccqklhiSxVws/s290/25.jpg) 
 
 
 
 Posts
Posts
 
 
 
 
 
 
 
 
 
 
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।