Tuesday, May 12, 2015

पत्रकार खेमराज खनालको सामुहिक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

मान बहादुर के.शी. 'मुस्कान'
दुबई यू.ए.ई.
नेपाल पत्रकार महासंघ यू.ए.ई. शाखाको संयोजकत्वमा पत्रकार खेमराज खनाललाई ९ मे शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी सामुहिक बिदाई तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ |
नेपालमा आएको बिनाशकारी महा भूकम्पबाट मृत्यु भएका दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरेर शुरु भएको कार्यक्रम नेपाल पत्रकार महासंघ यू.ए.ई.का अध्यक्ष अर्जुन दाहालको सभापतित्व अघाडि बढेको थियो, सो कार्यक्रममा नेपाली समाज यू.ए.ई.का अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथी हुन हुन्थ्यो । उक्त कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ यू.ए.ई.का उपाध्यक्ष त्रिलोचन कोईरालाले गर्नु भएको थियो भने केन्द्रिय प्रतिनिधि एकेन्द्र बहादुर थापाले कार्यक्रममा आफ्नो स्वागत मन्तब्य राख्नु भएको थियो । त्यस्तै अतिथिहरुमा दिपक पौडेल, डिराज गुरुङ, मणी भुर्तेल, दिपा पाण्डे, लक्ष्मण भण्डारी, हरी चापागाई, सुर्य गिरी, एकेन्द्र थापा, खुम बहादुर आले मगर, खेम भुर्तेल, नारायण लम्साल, लोकेन्द्र बम, उपेन्द्र राणा मगर, दिनेश पाण्डे, बीधुत रावत, बिष्णु सुबेदी, राजन अधिकारी, मोती राई, हुन हुन्थ्यो ।   
कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज यू.ए.ई.का अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकारहरुले निडर भएर निरन्तर सत्य कुराहरुमा आफ्नो कलम चलाई राख्नु पर्ने कुरामा जोड दिनुका साथै कुनै पनि समस्या अाई पर्दा यू.ए.ई.का सबै नेपाली संघ संस्थाहरु एकजुट भएर काम गर्नु पर्ने जोड दिनु भएको थियो | पत्रकारको मुद्दाको समस्या र नेपालमा आएको विनाशकारी महा भूकम्पको समस्यामा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै यू.ए.ई.मा कार्यरत नेपालीहरुमा समस्या परेका बेला एकता बद्द भएर अघाडि बढ्ने आशा ब्यक्त गर्नु भएको थियो | 
कार्यक्रममा बोल्दै पत्रकार खेमराज खनालले यू.ए.ई.मा गर्नु परेको संघर्षले धेरै कुरा सिकेको बताउदै अब नेपालमा निरन्तर पत्रकारिता गरिरहने बताएका छन, खनालले अनुशाशित भएर सँधै सत्यको पक्षमा कलम चलाएर समाचार सम्प्रेषण गर्ने प्रतिवद्धता व्यक्त गर्दै यू.ए.ई.मा समस्या परेका बेला साथ दिने सँघ संस्था, बुद्धीजिबी, समाजसेवी, सम्पूर्णलाई धन्यबाद पनि दिएका थिए  |
बिदाई कार्यक्रममा आ-आफ्नो बिचार राख्दै उपस्थित अतिथीहरुले पत्रकारहरुले मेहनत ईमान्दारिता अनि सिद्धान्तलाई पालना गर्दा गर्दै आउने समस्याबाट भोलिका दिनमा अघाडि बढ्न पेरणाको रुपमा लिनु पर्ने बताउदै बक्ताहरुले खनाललाई पनि यू.ए.ई.को समस्यालाई अबसरको रुपमा लिन सुझाब दिदै आउँदा दिनमा अझै प्रगतिको शुभकामना पनि दिएका थिए  | 
पत्रकार बुद्धीजिबी र समाजसेवीको बाक्लो उपस्थिती रहेको नेपाल पत्रकार महासंघको संयोजकत्वमा भएको उक्त कार्यक्रममा खनाललाई नेपाली समाज यू.ए.ई., रुपन्देही समाज यू.ए.ई., गुल्मी सेवा समाज यू.ए.ई., लुम्बिनी वेल्फेयर सोसाइटी यू.ए.ई., पर्वत सेवा समाज यू.ए.ई., पाल्पाली सेवा समाज यू.ए.ई., सुदूर पश्चिम सेवा समाज यू.ए.ई. लगायत दर्जनौ सामाजिक संघ सस्थाहरुले स-सम्मान बिदाई गरेका थिए |
६ महिना अघाडि पत्रकार अर्जुन दाहाल, राम ढुङेल र खेमराज खनाललाई एक नेपाली ब्यबसायीले समचार लेखेको भनेर यू.ए.ई.को अदालतमा मुद्दा लगाए पनि अदालतले  तिनै जनालाई निर्दोष भएको प्रमाणित गरेको थियो | कार्यक्रममा नेपाल पत्रकार महासंघ यू.ए.ई. शाखाका अध्यक्ष अर्जुन दाहालले समस्या परेका बेला साथ दिने र सहयोग गर्ने सम्बन्धित सरकारी निकाय, सामाजिक संघ संस्थाहरु, बुद्धिजिवि, समाजसेवी तथा पत्रकारहरुलाई धन्यबाद दिदै कार्यक्रमको बिसर्जन भएको घोषणा गर्नु भएको थियो ।






0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।