Friday, June 26, 2015

भारी बर्षासँगै बाढी आउन सक्ने चेतावनीपछि कैलालीमा ‘हाइअलर्ट’

dhangadi
धनगढी, १० असार । मध्य तथा सुदूरपश्चिमका जिल्लामा भारी बर्षासँगै बाढी आउन सक्ने चेतावनीपछि कैलालीलाई ‘हाइअलर्ट’मा राखिएको छ ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र, कैलालीले बिहीबार विज्ञप्ती जारी गरी तयारीमा बस्न अनुरोध गरेको छ । ‘सम्पूर्ण जिल्लावासीहरु सजग र सुरक्षित रहन र सुरक्षा निकाय, सवै स्थानीय विपद व्यवस्थापन समिति र कार्यदल, नेपाल रेडक्रस सोसाइटी उपशाखाहरु, विभिन्न गैरसरकारी निकाय सबैलाई तयारी अवस्था (हाईअलर्टमा) मा रहन सूचित गरिन्छ ।’ जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी विज्ञप्तिमा भनिएको छ ।
कैलाली प्रशासनका अनुसार, जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा बुधबार र बिहीबार दुई दिन भारी मात्रामा बर्षा हुनसक्ने सम्भावना रहेको भविष्यवाणी गरेको छ । प्रशासन कार्यालयले आपतकालिन अवस्थामा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको टेलिफोन नम्बर ०९१–५२१७०५ मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
Source: DainikNepal

3 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।