मान बहादुर के.शी. 'मुस्कान' , यू.ए.ई.
बैदेशिक रोजगारीको शिलशिलामा फुजैराहमा कार्यरत नेपाली गीत संगीत क्षेत्रका कलाकारहरुको शुक्रबार बसेको बैठकले बिष्णु प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यिय अन्तराष्ट्रिय नेपाली कलाकार समाज यू.ए.ई. फुजैराह क्षेत्रिय समिति पुनरगठन गरेका छन ।
नेपाली भाषा कला साहित्यको संरक्षण र सम्बर्धन गर्ने हेतुले करिब एक बर्ष पहिले फुजैराहमा गठन भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अ.ने.क.स.) फुजैराह क्षेत्रिय समिति आज संस्थाका केन्द्रिय सल्लाहकार शिवलाल जैशीको प्रमुख अतिथ्यतामा र फुजैराह क्षेत्रिय समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा पुनरगठन भएको हो ।
नवगठित समितिका अध्यक्ष अधिकारीले आउदा दिनहरुमा फुजैराहमा रहेका सम्पूर्ण कलाकार र नेपालीहरुलाई एकजुट गरेर अघाडि बढ्ने कुरामा जोड दिनुका साथै चाड तिहारहरुमा फुजैराहमा नै सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।
संस्थाको पुनरगठन सँगै यू.ए.ई.को मुख्य चाड ईदको दिन बनभोज कार्यक्रम र यहि आउदो तीजमा फुजैराहमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिने देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के. शी. "मुस्कान"ले बताउनु भयो ।
साथै यु.ए.ई. नेपाली एकता समाजका केन्द्रीय सदस्य साथै अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अ.ने.क.स.) केन्द्रिय सल्लाहकार शिवलाल जैशीले नया समितिले आगामी दिनमा फुजैराहमा भएका सम्पूर्ण नेपाली कलाकारलाई कला क्षेत्रमा एकजुट गर्नेछ भन्दै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भयो ।
अध्यक्ष बिष्णु प्रसाद अधिकारीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ ।
अध्यक्ष श्री बिष्णुप्रसाद अधिकारी
उपाध्यक्ष श्री शिब क्षेत्री
महासचिव श्री मान बहादुर के.शी. “मुस्कान”
सचिव श्री अमर सुनार
कोषाध्यक्ष श्री देब न्यौपाने
सह-कोषाध्यक्ष श्रीमति ओम कुमारी खाण
सदस्यहरुमा
श्री सुरज गैरे
श्री पदम गाउँले बिश्वकर्मा
श्री हरी ढकाल
श्री खुम सुर्यबंशी
श्री अमित अक्षेकु
त्यस्तै सल्लाहाकारहरुमा
श्री कृष्णा गिरी
श्री राज़ न्यौपाने
श्री बिरेन्द्र खडका
श्री राजाराम खनाल
श्री कृष्ण भट्ट
श्री शेर सुनार रहनु भएको छ ।
कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।