Saturday, June 13, 2015

देउडा गीत

ज़िन्दगी घाँम् छाँयां रैछ,,दुएइ दिन्को हाँसो
को दिन आखिरी हुन्छ,,काँपो हुन्छ बासो
सुदइ हो धाम् धूम अर्नु,,सुदै दुक्ख झेल्नु
सबुइ साथ मिठो बचन,,हाँसी रमाइ हेल्नु||||

काल् बैरी बस्याको होला,,बाटो हेरी-हेरी
बिकारै हो एक्-आपसमी,,अर्नु तेरी मेरी
मिठो बोल्नु आज्का दिन,,भोलता गैझाँन्यां
सुटुक्क कै दिन आइ,,काल बैरी लैझाँन्याँ|||

चारै दिन्को मान्छे चोला,,शृष्टि ले रच्याको
चार् दीन छाणी पाँचौ दीन,कोई छैन बाँच्याको
पैलो दी न जन्म हाम्रो,,दोस्रा दी न जँन्त
तेश्रा दिन सुदोइ साइती,,चौथा दीन अँन्त||||

तसुइ तेश्रा दिन्का लागी,,अर्दा कसिमसी
हूँन् नहुनु काँम अर्दा,,लाग्दा घुणा धसी
निको नौलो ज्या-ज्या अर्नु,,तेश्रा दीन माँत्तै
काल् बैरी आयर लिँन्या,,यो परानी स्वाट्टै|||

मिठो बचन सबुइ साथ,,तिँत्याइ अर्नु खाली
पछी भीट हुन्छ की हुन्न,,आँउदा अर्खा पाली
मुखलाइ राम् राम अरी,,पछन मा छुरा
नअर्नु कसुइ ले पँन,, मुटु बिज्न्याँ कुरा|||

मायाँ रे बिश्वाशका भर,,सँसार छ टिक्याको
भावीनीले कैका होरा,,क्याप छ लिख्याको
क्याप छ भोलका दीन ,,कँन्ले छ धेक्याको
केइ अर्दा हूँन् तेरो मेरो,,क्या होला सोच्याको|
छल् कपट बिस्वास घात,,फुच्चो बोली बचन
बुझन्ना कैल ती कठै,,एसा माँइस् जो छन्
एकै दिन्को जिउनु हेर,,अर्खा दिन मर्नु
एक आपस कल् झगणा,,बिकारै हो अर्नु|||

सबुइ साथ मिठो बोली,,मायाँ जाल गाँसी
चारै दिन्को माँइस् चोला,,जिँउनु हाँसी-हाँसी
मुट्की भन्दा ठुलो चोट,,शब्द का बाँण घोची
मुटु दुःख्न्या शब्द बोल्दा,,छिन भरमाइ नसोची||

हुँदा ता स्वार्थी छ सँसार,,भँनी साध्य नाँइप्
नबोल्याकै निको हुँदो,,फुच्चों बोल्नाँ चाँइत
धन् पैसा हातको मैल,,आज् नाइ भोल हुन्छ
हामुले अर्याका कर्म ,,भगवान् हेरी रँन्छ|||

टाणा नजर लाइ हेल्नु,, हेर्नु नाँइ मुखैलाइ
साथी भाई भनी माँन्नू,,दुक्ख रे सुखलाइ
मायाँ रे सदभाव गाँसी,,मिठो बोली बोल
आज छौं साथमा हामी,,काँ प पुग्दा भोल||||


नाम-पदम बहादुर खड्का
पहाड़ घर-सेती अञ्चल बझाङ जिल्ला( पिमी )
तराइको बसाई-बेल्डाडी 1 बैबाहा कन्चनपुर(सुदूर पश्चिम)
अहिले-बहराइन देखी

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।