Tuesday, June 9, 2015

नेतानै लुटपाटमा जुट्छन् हाम्रो नेपालमा

========== गजल ==========
दिन दहाडै ईज्जत लुट्छन् हाम्रो नेपालमा
बिहान थुन्छन् साँझ छुट्छन् हाम्रो नेपालमा

भ्रष्टाचार को बिरोधमा छुस्स बोल्यो भने 
गोरु झै मरुन्जेल कुट्छन् हाम्रो नेपालमा
कहाँबाट होस् निकास कसले गर्छ बिकास ? 
एक दलमै पाच छ गुट्छन् हाम्रो नेपालमा

अपराधी खुलेआम सम्मान स्वरुप घुम्दा  
पीडितका सपना टुट्छन् हाम्रो नेपालमा

सहयोग गर्नु छोडेर बिपत्तिको घडीमा 
नेतानै लुटपाटमा जुट्छन् हाम्रो नेपालमा

मान बहादुर के.शी. (मुस्कान देउडाप्रेमी )
सँगमटोल टिकापुर ७ कैलाली हाल- यू.ए.ई.

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।