Sunday, June 28, 2015

कैलालीका किसान कालु हमाल सर्वोत्कृष्ट किसान पुरस्कार प्राप्त गर्ने पहिलो भाग्यशाली किसान

Kalu-Hamal१३ असार, काठमाडौं । सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण कैलालीका किसान कालु हमाललाई प्रदान गरिने भएको छ ।
नगद दुई लाख राशिको सर्वोत्कृष्ट किसान पुरस्कार प्राप्त गर्ने पहिलो भाग्यशाली किसान हमाल केरा व्यवसायी हुन् ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि मन्त्रिपरिषद्बाट विसं २०७१ असार ४ गते लागूभएको एक वर्षपछि पुरस्कार वितरण गर्न लागिएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमा उत्कृष्ट कृषकलाई प्रोत्साहित गर्न राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिने छ, भनी उल्लेख थियो ।
आगामी वर्षमा निरन्तरता दिनका लागि कार्यविधि तयार गरी लागू गरिएको छ । राष्ट्रिय धान दिवस असार १५ मा कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पुरस्कार वितरण गर्ने मन्त्रालय कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख सुनिल सिंहले बताए ।
त्यसैगरी,अलैंची व्यवसायी चन्द्रलाल तामाङ, बङ्गुरपालक किसान छयामबहादुर थापा, मत्स्यपालक कृषक छायादत्त भुसाल र पुष्प व्यवसायी प्रकाश पन्तलार्इ जनही एक लाख राशिको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिने भएको छ ।
कृषि पेसालाई सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले राष्ट्रपति किसान पुरस्कारको स्थापन गरिएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । रासस




0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।