भुइँचालोपछि मुलुकका केही स्थापित गन्तव्यमा समस्या आयो। विशेषतः लाङटाङ, मनास्लु, रुविभ्याली र रोल्वालिङमा। काठमाडौं उपत्यकाका केही सम्पदा पनि ध्वस्त भए। पर्यटक आउन छाडे।
नेपाली उखान ‘जब पर्यो राति अनि बूढी ताती' भनेझैं व्यवसाय चौपट भएपछि पर्यटनकर्मी भुइँचालोबाट सुरक्षित गन्तव्य खोजीमा लागेका छन्। मध्य तथा सुदूरपश्चिमतिर उनीहरूको नजर पर्दै छ। पश्चिमको पर्यटनबारे चासो बढ्नु सुखद खबर हो।
सुदूरपश्चिममा पर्यटन विकास प्रयास सुरु भएको केही वर्ष बितिसकेको छ। लामो समय गरिबी, अभाव र दुःखको उपमा पाएको सुदूरपश्चिमले केही वर्षदेखि ‘सुन्दर सुदूरपश्चिम'को चिनारी बनाएको छ।
उद्यमी गोपी हमालको अगुवाइमा कैलाली उद्योग वाणिज्य संघले विस ०६३ देखि ‘सुन्दर सुदूरपश्चिम' अभियान चलायो। जसले स्थानीयमा आत्मगौरव बढायो भने संसारभर पश्चिमको सौन्दर्य प्रचार गरायो।
पर्यटनका हिसाबले सुदूरका नौ जिल्लामा थुप्रै धार्मिक, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदा छन्। सहर नजिकका गन्तव्यमा होटल, लज, यातायात लगायतका पूर्वाधार विकास भइसकेको छ भने ग्रामीण भेगमा क्याम्पिङ गर्नुपर्ने बाध्यता छ।
पश्चिमका मन्दिरमा सदियौंदेखि मेला लाग्दै आएको छ। शुक्लाफाँटा र खप्तडमा विदेशीको पाइला पर्न थालेको छ। नेपाली पनि बढ्दै छन्। अपि बेस क्याम्प, बडिमालिका र रामारोशनको प्रचार हुँदै छ।
सुदूरपश्चिमले पर्यटकीय चिनारी भने बनाइसकेको छैन। स्थानीयले फाइदा लिन सकेका छैनन्। पर्यटन बोर्ड, पर्यटन मन्त्रालयलगायत सरोकारवालाको प्राथमिकतामा नपरे पनि स्थानीय जुर्मुराउन थालेका छन्। पर्यटन विकास समाज (टिडिएस) ले खप्तड, बडिमालिका र रामारोशन समेटेर १६ दिनको ‘फारवेस्ट हेरिटेज ट्रेल' बनाएको छ।
डोटीमा जन्मेर राजधानीमा रैका ट्राभल्स चलाउँदै आएका अमरबहादुर शाहीले मध्य तथा सुदूरपश्चिमलाई ‘वाइल्ड वेस्ट'का रूपमा ब्रान्डिङ गरेका छन्। जसरी मध्य र सुदूरपश्चिमलाई कर्नाली पुलले जोडेको छ, त्यसैगरी दुवै क्षेत्रलाई पर्यटनको पुलले जोड्नुपर्ने देखेका छन्, शाहीले।
तर, पूर्वाधार विकास भइसकेको छैन। ‘पर्यटक बढ्दै जाँदा सुविधा थपिन्छन्,' शाही भन्छन्, ‘दुई दशकअघिसम्म सगरमाथा र अन्नपूर्णमा सुविधायुक्त होटल थिएनन्। पर्यटक बढेपछि सुविधा थपिएको न हो।'

ठाउँ राम्रो भएर मात्र पर्यटक आउँदैनन्। त्यसको राम्रो प्याकेजिङ गरी प्रोडक्ट बनाएर मार्केटिङ गरेमात्र पर्यटक आउँछन्। त्यसका लागि राम्रा ट्राभल तथा टुर कम्पनीले प्याकेज बेच्नुपर्छ।
पर्यटनमा ख्याति कमाएको यती ट्राभल्सले भुइँचालोपछि ‘वाइल्ड वेस्ट' प्याकेज बनाउँदै छ। उसले दुई खाले प्याकेजमा जोड दिएको छ, एउटा काठमाडौंको बसाइ कम गरेर केही दिन पश्चिम घुमाउने। अर्को पश्चिमकै अपि, रारा, खप्तडतिर पदयात्रा गराउने प्याकेज।
‘वाइल्ड वेस्ट मार्केटिङ गर्ने यो सही बेला हो,' ट्राभल्सका सेल्स एन्ड मार्केटिङ व्यवस्थापक सुरेन्द्र गुरुवाचार्य भन्छन्, ‘हामी बर्दिया, शुक्लाफाँटा र थारू गाउँ समेटेर एकहप्ते प्याकेज बनाउँदै छौं।'
यतीजस्तै सीता वर्ल्ड ट्राभल्सले पनि पश्चिम क्षेत्रप्रति चासो राखेको छ। ‘सन् २०१५ भित्र हामी मध्य तथा सुदूरपश्चिम घुमेर एउटा राम्रो प्रोडक्ट बनाउँछौं,' ट्राभल्सका जिएम सुरज लामिछानेले भने, ‘सन् २०१६ मा हामी त्यसलाई लन्च गर्नेछौं।'
काठमाडौंबाट धनगढी वा नेपालगन्ज उडान भर्न विदेशीले डलर फेयर तिर्नुपर्दा महँगो हुन्छ। बस यात्रा लामो पर्छ। बरु विदेशीलाई दिल्लीबाट सोझै महेन्द्रनगर प्रवेश गराएर घुमाउँदा सस्तो र सजिलो प्याकेज बन्न सक्छ। टिडिएस अध्यक्ष कृष्णबहादुर महराका अनुसार दिल्लीबाट बस चढेर सात घन्टा सडक यात्रामा महेन्द्रनगर आइपुग्न सकिन्छ। दिल्ली–महेन्द्रनगर ३२५ किमि पर्छ, जबकि काठमाडौं–महेन्द्रनगर सात सय किमि छ।
विदेशीलाई अन्तर्राष्ट्रिय उडानमा सोझै काठमाडौं आउनुभन्दा दिल्लीसम्म आउँदा भाडा सस्तो पर्छ। ‘दिल्लीबाट सोझै धनगढी उडान गर्न मिल्ने गरी सरकारले हाम्रो विमानस्थलको स्तरोन्नति गर्नुपर्छ,' महराले भने।
विश्व पर्यटन बजारमा वर्षौंदेखि सगरमाथा, चितवन, पोखरा, अन्नपूर्ण, लुम्बिनी र लाङटाङ बेचिँदै आएको छ। दोहोरिएर आउने पर्यटक नयाँनयाँ ठाउँ खोज्छन्। त्यसैले अब व्यवसायी, सरकार र स्थानियले ‘वाइल्ड वेस्ट' प्रवर्द्धनमा इमानदार प्रयास गर्नुपर्छ।
अपि बेस क्याम्प
दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रोमाञ्चक हुन्छ। त्यहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई लगायतका हिउँचुली लहरै उभिएका छन्।
चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बग्छ। चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ। सिती गाउँसम्म सामान्य खाना र बास पाइन्छ। त्यस क्षेत्रमा एउटा उखान छ— नङमाथि मासु छैन, सितीमाथि गाउँ छैन। माथि तीन दिनको बाटोमा क्याम्पिङ गर्नुपर्छ।
असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ। पर्यटक भने निकै कममात्रै त्यहाँ पुग्छन्। यात्रा गर्दा तल सिती गाउँबाट गाइड लाँदा राम्रो हुन्छ। ठाउँठाउँमा जंगलको बाटो हिँड्नुपर्छ।
जनबोलीको चौलानी नदी (चमेलिया) मा असला माछा छन्। तल्लो भेगमा माछा खान दुःख हुँदैन। सितीबाट अघि बढ्दा दोमुल आउँछ। चमेलिया र रोखाबु नदीको दोभानमा देवी पूजा गरेर मात्रै माथि चढिन्छ। यात्रा शुभ होस् भनेर रूखको फेदमा धूपबत्ती बालिन्छ।
यात्रामा सबैभन्दा गाह्रो उकालो मकरीगाडको। मकरीगाडदेखि पाटु पुग्ने उकालोले थकाउनुसम्म थकाउँछ। सरकारले दार्चुलाका २१ गाविसको १,९०३ वर्ग किमि समेटेर ०६७ असार २८ मा अपिनम्पा संरक्षण क्षेत्र घोषणा गरेको छ। त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु, नाउर आदि पाइन्छ। डाँफे मुनाल लगायतका चरा पनि।
संरक्षण क्षेत्रमा बोन धर्म मान्ने शौका जातिको बसोबास छ। पर्यटन विकास गर्न त्यस क्षेत्रमा पदमार्ग सुधार, संकेत बोर्ड व्यवस्था, भरिया पाटी, गाइड तालिम र पर्यटन चेतना जरुरी छ।
कसरी पुग्ने : काठमाडौंबाट धनगढीसम्म हवाई या मोटर यात्रा। धनगढीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा। बिटलेबाट सात दिन पदयात्रामा अपि बेस क्याम्प।
बडिमालिका

कालिकोट, जुम्ला, अछाम र बाजुराको सीमामा बडिमालिका मन्दिर। धार्मिक र प्राकृतिक हिसाबले सुन्दर गन्तव्य। त्यहाँबाट अपि शैपाल हिमाल देखिन्छ। डाँडामा पुगेपछि उकालो चढ्दाको थकाइ भुलिन्छ।
मन्दिरमा मालिका, नवदुर्गा, कालिका, ढलपुरा, शिव र कुमारका मूर्ति छन्। घन्ट र त्रिशूल त हुने नै भए। स्वस्थानी व्रतकथामा बडिमालिकाको चर्चा छ। कथाअनुसार दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले आत्मदाह गरिन्। महादेवले उनको शव बोकेर हिँड्ने क्रममा मलयागिरि पर्वतमा आइपुगेपछि पार्वतीको कुम पतन भयो। त्यही देवी उत्पन्न भइन्। पछि मन्दिर बनाएर पूजा गर्न थालियो।

उचाई (४,२१९ मिटर) मा रहेकी बडिमालिका शक्तिपीठ हुन्। जनैपूर्णिमामा मेला लाग्छ। मेला भर्न भारतीय पनि आउँछन्। देवी दर्शन गरे मनोकांक्षा पूरा हुने, रोगव्याध नासिने, पदोन्नति र धनलाभ हुने विश्वासले। नजिकैको त्रिवेणीमा नुहाउँदा पाप पखालिने र अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास छ।
मालिकाधुरी मुन्तिर नाट्यश्वरी छ। त्यहाँ पनि देवदेवीका मूर्ति छन्। नाट्यश्वरीमा योगी नरहरिनाथले ०५७ मा कोटीहोम लगाएका थिए। बडादसैं र चैतेदसैंमा त्यहाँ बलि चढाइन्छ।
घुम्ने सिजन असोजदेखि मंसिर र चैतदेखि भदौसम्म। जाडोमा हिउँको बर्को ओढेर सुत्छ बडिमालिका। डाँडामा धर्मशालाबाहेक अरू भवन छैनन्। पदमार्गमा पर्यटकलाई चाहिने आधारभूत सुविधा छैन। लोकल गाइडविना यात्रा गर्न सकिँदैन। खप्तड हुँदै जाने हो भने खप्तडदेखि नै क्याम्पिङ गर्नुपर्छ। बाजुराको मौरेतिरबाट जाँदा नाट्यश्वरीभन्दा माथि क्याम्पिङको विकल्प छैन।
कसरी पुग्ने : काठमाडौं–धगनढी बस वा हवाई यात्रा। धनगढीबाट बाजुराको कैलाशमान्डु गाविसको मौरेसम्म बस यात्रा १२ घन्टा। मौरेबाट पहिलो बास नाट्यश्वरीमा, दोस्रो दिन बडिमालिका।
बैतडी
सुदूरपश्चिमका सात बहिनी देवीमध्ये बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा एवं बैतडीका डिलाशैनी, निंगलाशैनी, मेलौली र त्रिपुरासुन्दरी हुन्। एकै जिल्लामा महत्वपूर्ण चार बहिनी!
सदरमुकाम गोठालापानी जाने बाटोमा निंगलाशैनी मन्दिर छ। त्यहाँ देवीका साथै राम, कृष्ण आदिका मूर्ति। निंगलाशैनी आफैं उत्पत्ति भएकी मानिन्छ। गोठालापानीमा जगन्नाथ बाबा मन्दिर छ। नजिकै त्रिपुरा सुन्दरी भगवती मन्दिर। मन्दिर हाताबाट भारतको पिथौरागढ देखिन्छ। मन्दिर १४औं शताब्दीको। मंसिरमा ठूलो मेला लाग्छ।
नेपालकै गहिरो गुफा बैतडीमै छ। सदरमुकाम गोठालापानी जाने बाटोमा, बासुलिङ र भुवनेश्वर गाविसको बीचमा सिद्धनाथ सामुदायिक वनभित्र छ पाताल भुवनेश्वर गुफा। गुफा कति लामो छ भन्ने अध्ययन भइसकेको छैन। विज्ञ ६३० मिटरसम्म जाँदा गुफा १९२ मिटर गहिरो भएको पाइयो। त्यस क्षेत्रमा थुप्रै गुफा छन्।
गोठालापानीमा सामुराई, जगदम्बा, पञ्चचुली भ्यु, महामाया, चाहना गेस्ट हाउस लगायतका सुविधायुक्त होटल छन्। त्यहाँबाट अपिनम्पा लगायत हिमाल दर्शन पाइन्छ। गोठालापानीबाट १८ किमिमा सीमा बजार छ। नेपालतिरको भागलाई जुलाघाट र भारततिरको बजारलाई झुलाघाट भनिन्छ। दुवै बजार जोड्ने महाकाली नदीले पक्की पुल खोजेको छ।
बैतडी जाँदा बाटोमा पर्ने डडेल्धुरा बजार, त्यहाँको उग्रतारा मन्दिर र अमरगढी किल्ला घुम्नुपर्छ। किल्लामा बडाकाजी अमरसिंहको सालिक छ। उनले किल्लालाई आधार मानी अल्मोडा, गढवाल र काँगडासम्म गोर्खा राज्य विस्तार गरेका थिए।
धनगढीबाट पाँच घन्टामा डडेल्धुरा पुगिन्छ। शीतल छ डडेल्धुरा। बजारबाट चार किमिमा उग्रतारा मन्दिर। त्यहाँ कात्तिक शुक्लपक्ष पूर्णिमाका दिन ठूलो मेला लाग्छ।
कसरी पुग्ने : काठमाडौंबाट बैतडी पुग्न बसमा २७ घन्टा। धनगढी–गोठालापानी २२० किमि। काठमाडौं–धनगढी हवाई यात्रा एक घन्टा। धनगढी–बैतडी बसमा।
खप्तड
अध्यात्म, ध्यान र योगका लागि खप्तड राष्ट्रिय निकुञ्ज। खप्तड बाबाले ५० वर्ष योग, ध्यान र साधना गरेको भूमि। त्यहाँ २२ पाटन (चौर) छन्। त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने छन्। त्रिवेणीधाममा गंगा दशहरामा मेला लाग्छ।
दुई रात सजिलै बिताउन सकिन्छ। एकान्तमा मनको शान्ति मिल्छ। वषर्ैंभरि घुम्न सकिन्छ। बर्खामासमा जंगली फूलले खप्तड (३,२७६ मिटर) का पाटन कार्पेट बिछ्याएझैं देखिन्छन्। असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसले उज्यालिन्छ।
त्यहाँबाट अपिशैपाल हिमाल देखिन्छ। बाजुरा, डोटी, बझाङ र अछामको २२५ वर्ग किलोमिटर समेटेर ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। त्यहाँ निकुञ्ज कार्यालय र सेनाको गुल्मबाहेक कुनै बस्ती छैन।
स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री' भनिएको छ। खेचर अपभ्रंश हुँदै जाँदा खप्तड भनिएको विश्वास गरिन्छ। जैविक विविधताले धनी छ खप्तड। निकुञ्जका अनुसार त्यहाँ ३७२ प्रजातिका वनस्पति र १२५ थरी जडिबुटी पाइन्छ।
खप्तड जाने धेरै बाटा छन्। डोटीको झिग्राना, बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट जान सकिन्छ। झिग्राना चल्तीको मार्ग।
झिग्रानामाथि होटल छैन। निकुञ्जले बीचपानी र निकुञ्ज मुख्यालयमा गेस्ट हाउस चलाएको छ। निकुञ्ज प्रशासनलाई पहिल्यै
खबर गरेर जाँदामात्र त्यहाँ सुविधा पाइन्छ। नत्र दुःख हुन्छ।
खप्तड हुँदै राराताल पुग्न १० दिन लाग्छ। खप्तडबाट बडिमालिका हुँदै रामारोशन निस्कन मिल्छ। खप्तडबाट बडिमालिका पुग्न तीन दिन लाग्छ। खप्तड यात्रा गर्न धनगढीबाट सात दिन छुट्याउनुपर्छ।
कसरी पुग्ने : काठमाडौं–धनगढी ६५० किमि। बसमा १४ घन्टा। धनगढी–सिलगढी दुई सय किमि। बसमा आठ घन्टा। सिलगढीबाट पहिलो बास झिग्रानमा, दोस्रो बास खप्तडमा।
रामारोशन
अछामको रामारोशन जैविक विविधताको बगैंचा हो। रामारोशन (२,०५०–३,७९२ मिटर) लाई जनबोलीमा १२ बण्ड (ताल) १८ खण्ड (पाटन) भनिन्छ।
सबैभन्दा ठूलो ताल जिगाले। अरू तालमा लामीदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्लो धउने, गाग्रे, डाँठेखाल, दल्लयाना, रामे र गेराह हुन्। बाटुल्लामा काठका पुराना डुंगा छन्। हाँस पौडी खेल्छन्। ठूलै छ, ताल फन्को मार्न पाँच घन्टा लाग्छ।
रामारोशनमा नन्दादेवी, कालिकादेवी, रूपादेवी, जाल्पादेवी, मालिकादेवी, नीलकण्ठ, मस्टो, बाबछाला, गुणलानी, बलवान आदिका मन्दिर छन्। रक क्लाइम्बिङ, हनी हन्टिङ, जंगल वाक, प्याराग्लाइडिङ, मेडिटेसन आदिको सम्भावना छ।
कतिपय ताल पुरिइसके। कति पुरिँदै छन्। सरकारले ध्यान दिएको छैन। संरक्षण क्षेत्र घोषणा गरेर बिजुली, पानी, सुरक्षाकर्मीलगायत व्यवस्था गर्न ढिला भइसक्यो।
रामारोशन कैलाशखोलाको मुहान पनि हो। त्यहाँ, लोठसल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नु लगायतका जडिबुटी पाइन्छ। जंगली जनावर र पंक्षी पाइन्छ। रामारोशनमा गुफा र झरना छन्। मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन्। ती चरन क्षेत्र बनेका छन्।
जैविक विविधतामात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा। माओवादीले रामारोशनलाई माओवादीले सुदूरपश्चिमको हेडक्वार्टर बनाएर पाटनमा परेड खेलेका थिए।
रामेसम्म मुजाबगर हुँदै सडक ट्र्याक छ। असार–साउनमा ताल किनार रमाइलो हुन्छ। फूलले ढपक्कै बन्छ। घुम्ने सिजन असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म। लेकमा होटल/लज छैनन्। बन्दोबस्तीका सामान बोक्नुपर्छ। जयगडदेखि पदयात्रा गर्नु राम्रो।
पर्यटन विकासका लागि धेरै काम गर्न बाँकी छ। रामे, किनिमिनी र रोशन पाटनमा होटल खुल्नुपर्छ।
कसरी पुग्ने : काठमाडौंबाट धनगढी, डडेल्धुरा, डोटी हुँदै मंगलसेनसम्म सडक यात्रा। तिमल्सैना सडकबाट ४२ किलोमिटर कच्ची सडकमा रामारोशन।
शुक्लाफाँटा
बाह्रसिंगा मृग प्रजातिको जनावर। बाह्रसिंगाका लागि ख्याति कमाएको छ कञ्चनपुरको शुक्लाफाँटाले। शुक्लाफाँटा आरक्षको प्रवेशद्वारबाट २४ किमि दुरीमा छ फाँटा। जहाँ एकैपटक सयौं बाह्रसिंगा देखिन्छ। जीपमा मान्छे पुग्दा ती कान ठाडा पारेर मान्छेतिर हेर्छन्। भालेको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन्।
शुक्लाफाँटा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (५५ वर्ग किमि)। त्यहाँ २२ सय बाह्रसिंगा छन्। मैदानमा चरिरहेका हुन्छन्।
शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि मनसुन नभएसम्म। त्यहाँ १७ वटा पाटेबाघ, आठ वटा एकसिंगे गैंडा र दुई रैथाने जंगली हात्ती छन्। साउनदेखि असोज र चैत–वैशाखमा हात्ती संख्या १८ देखि ३० सम्म पुग्छ।
विसं २०२६ सालमा स्थापित आरक्षको क्षेत्रफल ३०५ वर्ग किमि। त्यहाँ करिब ४५० थरी चरा पाइन्छ। दिउँसो तीन बजेभित्र आरक्ष प्रवेश गर्नुपर्छ। घाम नडुब्दै बाहिरिनुपर्छ। भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ। भित्र होटल/लज सुविधा छैन। क्याम्पिङ गर्न पाइन्छ।
आरक्षभित्र साना–ठूला धेरै फाँटा छन्। हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ। आरक्षको एकछेउ पिपरियामा हात्तीसार छ। त्यहाँ हात्ती चढ्न पाइन्छ।
शुक्लाफाँटाबाहिर दुइटा होटल छन्। त्यहाँबाट छ किमि दुरीको मेहन्द्रनगर बजारमा भने थुप्रै होटल छन्। महेन्द्रनगरका राम्रा होटलमा ओपेरा, न्युआनन्द, गंगोत्री, स्वीट ड्रिम, कलश, तारा, संगम, दाउना वेभरेज, वेस्ट साइन आदि।
कसरी पुग्ने : काठमाडौं–महेन्द्रनगर सात सय किमि। बसमा १८ घन्टा। काठमाडौं–धनगढी एक घन्टा हवाई यात्रा। धनगढी–महेन्द्रनगर ६० किमि।
टीकापुर
शुक्लाफाँटामा सिकार खेल्दा राजा महेन्द्रलाई मुटुको व्यथाले च्याप्यो। निजी चिकित्सकले कर्नाली किनारमा आराम गर्न सुझाए। अनि राजा डेकोटा जहाजबाट टीकापुर ओर्लिए।
त्यहीँ २९ दिन बसेर राजकाज चलाए। त्यही बेला ०२७ सालदेखि टीकापुरको चर्चा चुलियो। त्यहाँ राजा बस्न भवन बनाइयो। त्यो भवनलाई महेन्द्र आरोग्य गृह भनिन्छ। काठबाट बनेको छ।
त्यहाँ वीरेन्द्र विश्राम वाटिका पनि छ। टीकापुर पार्क रमणीय छ। त्यहाँ रंगबिरङका फूल, बोटबिरुवा, चरा छन्। कर्नाली किनारको पार्क। ८४ हेक्टरमा फैलिएको पार्कमा रत्न र ऐश्वर्य बगैंचा छ।
मंसिरदेखि जेठसम्म पिकनिक खानेको घुइँचो लाग्छ। टीकापुर व्यवस्थित बस्ती भएको सहर। भएछ के भने, त्यहाँ बस्न थालेको केही दिनमा रानी रत्न गाउँ डुल्न गइन्। साथमा थिए, कीर्तिनिधि विष्ट र खड्गबहादुर सिंह थिए। राजारानीको इच्छाअनुसार शिक्षा, स्वास्थ्य, वन, ढल, यातायातका हिसाबले व्यवस्थित बस्ती बसालिएको।
पछिल्लो वर्ष २०२८ सालमा टीकापुर विकास समिति गठन भयो। सरकारले टीकापुर क्षेत्रका ३,१३३ बिघा जग्गा समितिलाई दियो। त्यहीँ वन फाँडेर पार्क बनाइयो। बस्ती बसालियो।
त्यहाँ थारूका घरमा होमस्टे सुविधा छ। सिद्धार्थ, ग्रिन एसिया, खप्तड प्याराडाइज रिसोर्ट, माउन्ट एभरेस्ट, राज, भावना, एरोमा, सेन्थल पार्कलगायत पर्यटकीय सुविधाका होटल छन्।
टीकापुरमा कालु हमालले गज्जबको रिसोर्ट चलाएका छन्। केरा बगैंचाभित्रको ‘बनानाज रिसोर्ट' मा केराको ममदेखि वाइनसम्म २५ थरी परिकार पाइन्छ। केराबाट बनेका निम्की, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, मम, खीर, चिप्स, ब्रान्डी आदि।
‘बनाना किङ' हमालले तीन बिघा १२ कठ्ठा बगैंचालाई रिसोर्टको रूप दिएका छन्। किसानको बारी नै रिसोर्ट बन्न सक्छ भन्ने राम्रो नमुना देखाए हमालले।
कर्नाली चिसापानीदेखि टीकापुर पार्कसम्म नदीको लम्बाइ १६ किलोमिटर छ। व्यवसायीसँग सम्पर्क गरेर र्या फ्िटङ गर्न सकिन्छ। डुंगामा चार घन्टा लाग्छ।
कसरी पुग्ने : काठमाडौं–टीकापुर ६९० किमि। काठमाडौंबाट टीकापुरसम्म बस चल्छन्। पूर्व–पश्चिम राजमार्गको लम्कीबाट १८ किमिमा टीकापुर।
भादा गाउँ
थारू जातिमात्र बसोबास गर्ने हिसाबले दाङका गुरु भागवत दासले बस्ती बसालेको कैलालीको भादा आज पर्यटकीय गाउँ बनेको छ। तिनै गुरुका नाउँको सुरुका अक्षर मिलाएर भादा नाउँ राखिएको ।
थारू जीवनशैली र संस्कृतिका लागि भादा गाउँ प्रख्यात छ। कैलालीको उर्मा गाविस–८ भादा शतप्रतिशत थारू बस्ती हो। त्यहाँ १८६ घर छन्। तीमध्ये १८ घरमा पाहुना राखिन्छ।
गाउँलेले ०६७ पुसदेखि होमस्टे चलाएका हुन्। भादा गाउँ पर्यटन विकास समितिका अनुसार पाहुना लोकल परिकार हाँस, कुखुरा, माछा र जाँड तथा नाचहरूमा रमाउँछन्। विशेषतः आन्तरिक पर्यटक आउँछन्।
रातै बस्नेहरूभन्दा आएकै दिन फर्कनेको संख्या ठूलो छ। छोटो समयमै भादाले राष्ट्रिय ख्याति कमाएको छ। त्यहाँ होटल/रेस्टुराँ छैनन्। होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ। थारू परिकार चिँचर, मुसाको अचार पाक्छ।
पाहुनाको डिमान्डअनुसार साँझ, बिहान वा दिउँसो सांस्कृतिक कार्यक्रम देखाइन्छ। उनीहरू पाहुनालाई सखिया, हुर्दङवा, झुमरा र मघौटा, लट्ठी नाच देखाउँछन्। थारू पहिरनमा सजिएर नाच्छन्।
गाउँबाट पाँच किमि दुरीमा बेहडाबाबा मन्दिर छ। साइकल चढेर मन्दिर पुगेर फर्कन रमाइलो हुन्छ। गोरु गाडा (लहरु) चढेर गाउँ डुल्ने सुविधा छ। समितिले गाउँबाट लिन र पुर्याजउन धनगढी, झिल र राजीपुरसम्म लहरु पठाउँछ।
भादामा एक रात खानपिन गर्न १६ सय रुपैयाँ तिर्नुपर्छ। यति रकमले बास, लन्च, डिनर र ब्रेकफास्ट पाइन्छ।
कसरी पुग्ने : काठमाडौं–धनगढी बस या हवाई यात्रा। धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर। पूर्व–पश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट सात किमि र झिलबाट १२ किमि।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।