दार्चुला, ११ असार
फाईल फोटो
२ बर्ष अगाडि बर्षायाम सुरु हुने बेलामा महाकाली नदिमा आएको बिशाल बाढीले दार्चुलाको सदरमुकाम खलगांलाई तहस नहस बनाएपछि त्रसित स्थानिय बासिन्दालाई फेरी आज महाकाली नदिमा बढीरहेको पानीको बहावले पुनः त्रसित बनाएको छ । दुई दिनदेखिको अबिरल बर्षाका कारण नदिमा पानीको सतह बढेपछि स्थानिय बासिन्दा त्रसित बनेका छन् भने प्रशासनले सर्तक रहन आवहवान गरेको छ ।
अहिले सम्म बढेको पानीको बहावका कारण ३ घर बगाईएको भनेपनि ति घरहरु अघिल्लो पटक आएको बाढीले क्षत बिक्षत बनेपछि बस्न नमिल्ने भएको स्थानिय बासिन्दा नरेश भट्टले जानकारी दिए । तर नदि छेउ घर भएका बासिन्दाहरु भने सामान ओसार पसार गरेर माथि सुरक्षित ठाउँतिर लागिरहेको जानकारी दिए ।
त्यसैगरी प्रसासनले दार्चुला लगायत महाकाली किनाराका सम्पूर्ण बस्तिहरुलाई सर्तक रहन आवहवान गरेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा आवत जावत गर्न बन्देज लगाईएको त्यहाँका स्थानिय बासिन्दा थानेश्वर लेखकले बताए । महाकाली नदिको बहाव १ लाख ६० हजार क्युसेक पुगेको बताईएको छ ।
कैलालीमा पनि अबिरल बर्षाका कारण सर्तक रहन प्रशासनले आग्रह गरेको छ । त्यसैगरी दैबिप्रकोप उद्धार सेललाई तयारी अवस्थामा राखिएको पनि जनाईएको छ ।
Source: Setoparewa
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।