अमेरिकी सर्वोच्च अदालतले गत शुक्रबारका दिन एउटा ऐतिहासिक निर्णय गरेको थियो जुन निर्णय हो समलिंग्गी विवाहलाई मुलुकभर कानूनी मान्यता प्रदान गर्नु । समलिंगीहरुको निकै चासोको बिषय रहेको उक्त बिषयमा अदालतका ९ जना न्यायधीसमध्य ५ जना पक्षमा र ४ जना बिपक्ष्य्मा रहेका थिए, जसअनुसार समलिंगी विवाहलाई त्यहाँको ५० राज्य सबैले पालना गर्नुपर्नेछ राष्ट्रपति बाराक ओबामाले पनि यसलाई विजयको रुपमा लिएकाछन् । यस विजयको खुशियाली मनाउँदै ह्वाइट हाउसमा इन्द्रेणी रंगको प्रकाश बालिएको थियो । यस रंगलाई समलिंगी अधिकारको लागि आन्दोलनको रुपमा लिइएको पाइन्छ ।
अदालतको उक्त निर्नायपछि अमेरिका समलिंगी विवाहलाई मान्यता दिने २१ औं मुलुक हुन् पुगेकोछ । यो मुद्दा १४ जना समलिंगी दम्पति तथा ओबर्गेललगायत दुर्इ विधवाले मिसिगन, केन्टकी, ओहायो तथा टेनिसिविरुद्द हालेका थिए । यी चारै राज्यले आफूले संविधानलाई सम्मान गरे तापनि विवाह पुरुष र महिलाबीचको मेल भएको अडान राखेका थिए । अदालतले आफ्नो निर्णयमा भनेकोछ, संविधानको १४ ओं ससोधन अनुसार राज्यलाई समान लिंग भएका दुर्इ व्यक्तिलाई विवाह गर्न अनुमति तथा राज्यबाहिर त्यस प्रकारको विवाह गर्ने व्यक्तिलाई स्वीकार्नु पर्ने ब्यबस्थासमेत गरेकोछ । अदालतको उक्त निर्णयको बिरोध पनि भएकोछ, प्राकृतिक कानूनलाई अदालतले उल्टाउन नसक्ने भन्दै परम्परावादी फेमिली रिसर्च काउन्सिलले असन्तुष्टि ब्यक्त गरेकोछ । त्यस्तैगरी अमेरिकी क्याथोलिक विसफरुको सम्मेलनले पनि उक्त निर्णयलाई एउटा ठूलो दु:खद गल्तीको रुपमा लिएकाछन् ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।