असार १३
कैलालीको धनगढी लगायत अन्य बजारमा तरकारीको चरम अभाव भएको छ । मनसुन लागेसंगै खेतमा रहेको तरकारी सकिएपछि अभाव भएको हो ।
तरकारीको मूल्य ह्वात्तै बढेपछि हाट बजार पुगेका कतिपय ग्राहकले तरकारी किन्न सकेनन् । अभावसंगै तरकारीको मूल्य धेरै बढेको उनीहरुको गुनासो थियो । साँझसम्म हाट बजार पुगेका कतिपय व्यक्तिहरुले तरकारी नपाएपछि रित्तै फर्कनु परेको बताएका थिए ।
धनगढी तारानगरकी मिनादेवी साउँदले तरकारीको किन्नै नसक्ने गरि मूल्य बढेको बताइन् । उनले महँगोमा भए पनि किन्न खोज्दा समेत राम्रो तरकारी नपाएर रित्तै फर्कनु परेको सुनाइन ।
अरु बेला सा“झसम्म निकै भिडभाड भइरहने धनगढीको हाट बजार आइतवार साँझासम्म सकिनै लागेको थियो । ग्राहक कम देखिनुका साथै अधिकांश तरकारी व्यापारी नै बजारबाट गइसकेको थिए ।
अहिले भारतबाट थोर थोरै तरकारी आइ रहेकाले केहि राहत भएको व्यापारी माला पार्कीको भनाई छ । उनले भनिन्–‘त्यहा“को तरकारी पनि आएन भने व्यापारी र उपभोक्ता सबै अभावमा हुनेछौं ।’
कैलालीको धनगढी लगायत अन्य बजारमा तरकारीको चरम अभाव भएको छ । मनसुन लागेसंगै खेतमा रहेको तरकारी सकिएपछि अभाव भएको हो ।
(Filephoto)
तरकारी अभाव भएसंगै मूल्य दोब्बर बढिले बृद्धि भएको छ । एक हप्ता अगाडिको तुलना अहिले धनगढीको हाट बजार लगायत पसलमा तरकारीको दोब्बर बढिले मूल्य बृद्धि भएको स्वयम् व्यापारीले स्वीकारेका छन् । कृषकबाटै महूगोमा किन्न परेपछि तरकारीको भाउ बढाएको व्यापारीहरुको भनाई छ । ‘अहिले तरकारीको सिजन नै सकिन लाग्यो’, धनगढी हाट बजारका तरकारी व्यापारी फूलराम चौधरीले भने–‘तरकारीको अभाव भएकाले मूल्य पनि बढेको हो ।’पानी परेपछि केहि तरकारी मरेको छ । तर, अब तरकारीको सिजन नै सकिन लागेकाले अभाव सृजना भएको व्यापारीहरुको भनाई छ । उनीहरुले अभाव सृजना हुन थालेपछि तरकारीको मूल्य बढ्नु स्वाभाविक रहेको बताएका छन् ।
धनगढी हाट बजारमा आईतबार भिन्डी प्रतिकिलो ८०, खुर्सानी प्रतिकिलो एक सय २०, काउली एक सय, प्याज प्रतिकिलो ६०, चौलाई स“ग प्रति किलो ५०, भन्टा–टमाटर–बन्दा ५०, लौकी प्रति किलो ३० रुपैयामा बिक्री भएको छ । बजारमा उपलब्ध सबै तरकारी मूल्य गत हप्ताको तुलनामा दोब्बर बढि रहेको व्यापारीले बताएका छन् ।
तरकारीको मूल्य ह्वात्तै बढेपछि हाट बजार पुगेका कतिपय ग्राहकले तरकारी किन्न सकेनन् । अभावसंगै तरकारीको मूल्य धेरै बढेको उनीहरुको गुनासो थियो । साँझसम्म हाट बजार पुगेका कतिपय व्यक्तिहरुले तरकारी नपाएपछि रित्तै फर्कनु परेको बताएका थिए ।
धनगढी तारानगरकी मिनादेवी साउँदले तरकारीको किन्नै नसक्ने गरि मूल्य बढेको बताइन् । उनले महँगोमा भए पनि किन्न खोज्दा समेत राम्रो तरकारी नपाएर रित्तै फर्कनु परेको सुनाइन ।
अरु बेला सा“झसम्म निकै भिडभाड भइरहने धनगढीको हाट बजार आइतवार साँझासम्म सकिनै लागेको थियो । ग्राहक कम देखिनुका साथै अधिकांश तरकारी व्यापारी नै बजारबाट गइसकेको थिए ।
अहिले भारतबाट थोर थोरै तरकारी आइ रहेकाले केहि राहत भएको व्यापारी माला पार्कीको भनाई छ । उनले भनिन्–‘त्यहा“को तरकारी पनि आएन भने व्यापारी र उपभोक्ता सबै अभावमा हुनेछौं ।’
Source: Paschimtoday
Buy Metal Online Games | TITanium-Arts.com
ReplyDeleteDownload Metal 출장마사지 Online Games on titanium tubing TITanium-Arts.com. Metal 3D titanium quartz meaning Graphics and Graphics for revlon hair dryer brush titanium PC, PS4, PS5. winnerwell titanium stove Download & Play PC Metal 3D Game with Free and No Download Required