एफ.एम. रेडस्टार
लम्की, अषाढ–२१
नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यन्वयन बारे गा.वि.स. स्तरीय अन्तरक्रिया कार्यक्रम आज लम्की चुहा नगरपालिकाको भल्कामा सम्पन्न भएकोछ । बलीया स्वास्थ्य चौकी र जिल्ला जन स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख जगन्नाथ खनाल, ईलाका हुलाक कार्यालय लम्कीका प्रमुख जयराज ढुंगाना, लम्की चुहा नगरपालिका वडा नं. ५ का वडा सचिव मनीराम खनाल र एफ. एम. रेडस्टारका प्रमुख बसन्त जैसी लगाएतका अतिथी रहनुभएको कार्यक्रममा बलयिा स्वास्थ्य चौकी प्रमुख मोहन राज शर्माले उद्धेश्यमाथी प्रकास पार्नुभएको थीयो ।
दुई चरणमा संचालन कार्यक्रममा नसर्ने रोग तथा सुर्तिजन्य पदार्थ सेवनका कारण बर्षेनी मृत्युको सन्नीकट पुगिरहेका ब्यक्तिहरुको विवरण,सेवनबाट हुने रोगहरु र नियन्त्रण गर्न सकिने उपायहरुका बारेमा सिनीयर अ.हे.व. बल बहादुर रावलले एक विशेष सामाग्री प्रस्तुत गर्नुभएको थीयो भने दोस्रो चरणमा ईलाका प्रहरी कार्यालयका प्रमुख खनालले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने नियमावली २०६८ माथी प्रकास पार्नुभएकोथीयो । लम्की चुहा नगरपालिका वडा नं. १ देखी ८ सम्मका वडा नागरिक मंचका संयोजकहरु क्रमसः केयर सिंह बुढा, लाल बहादुर कुमाल,कृष्णा घर्ती,कमल बटाला,टेक बहादुर भण्डारी,मदन राज भाट, तारा प्रसाद अधिकारी र मिनम चौधरी लगाएतकाको सहभागिता रहेको थीयो ।
कार्यक्रममा सुर्तिजन्य पदार्थ सेवनबाट बर्षेनि ठुलो संख्यामा ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति पाउन तथा राज्यद्धारा पारित एन नियममा भएका सार्वजनीक स्थलमा सुर्तिजन्य पदार्थ सेवन अनी धुमपान गर्ने ब्यक्तिलाई हुने दण्ड सजाय बारे वृहत जानकारीका साथै जन चेतना जगाउन सबैले आ–आफ्नो स्तरबाट सक्दो पहल गर्दै बर्षेनि नेपालमा मात्रै यही कारणले ज्यान गुमाईरहेका पन्ध्र हाजार बढी नागरिकको जिवन बचाउन तदारुकताका साथ लाग्नुपर्ने निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न भएको हो । यसैविच सार्वजनिब शौचालय निर्माणमा भैरहेको ढिलाई र नाला खोला मिच्नेका विरुद्ध ब्यापक जन दवाव सृजनागर्दै कार्य संचालन प्रक्रिया अघी बढाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन यही अषाढ २५ गते लम्कीको जेशीस हलमा आयोजना गर्न लागीएको वृहत भेला ब्यवस्थापन र संचालन तयारी बैठक समेत लम्की चुहा नगरपालिकाको भल्कामा सम्पन्न भएकोछ ।
लम्की चुहा नगरपालिका वडा नं. १ देखी ८ सम्मका वडा नागरिक मंचका संयोजक सहभागि तयारी बैठकले आफ्नो वडाबाट कार्यक्रममा वृहत जन सहभागिता गराउने निर्णय गरिएको भेला आयोजक समितीका संयाजक लाल बहादुर कुमालले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।