Wednesday, July 8, 2015

इंग्ल्यान्डमा सुनील र परशुरामलाई काश्य


यूकेको करांते च्याम्पियनसिपमा दुवै नेपाली खेलाडीलाई कास्यलण्डन ।  बेलायतमा सञ्चालित एक अन्तर्राष्ट्रिय करांते प्रतियोगितामा सहभागी दुवै नेपाली खेलाडीले कास्य पदक जितेका छन । आइतबार बेलायतको वर्सेस्टरमा सम्पन्न १९ औं सेन्ट्रल इंग्ल्याण्ड करांते च्याम्पियनसिपमा नेपालका राष्ट्रिय खेलाडीद्धय परशुराम बांस्तोला र सुनिल लामाले कास्य पदक प्राप्त गरेका हुन ।

बास्तोलाले पुरुष एकल कातामा र लामाले कुमुतेको ६७ केजी तौल समुहमा सो सफलता हात पारेका हुन ।  लामाको समुहमा यूकेकै खेलाडीले स्वर्ण जिते भने आयरल्याण्डका खेलाडीले रजत हात पारे । नेदरल्याण्डका खेलाडीले लामासंगै कास्य पाए ।
  बास्तोलाको समुहमा नेदरल्याण्डका खेलाडीले स्वर्ण र यूकेका खेलाडीले रजत जिते । आयरल्याण्डका खेलाडीले बास्तोलासंगै कास्य पदक प्राप्त गरे ।  बांस्तोलाको समुहमा विभिन्न देशका ३१ खेलाडी प्रतिस्पर्धामा थिए भने लामाले एक दर्जन खेलाडीसंग प्रतिस्पर्धा गरेका थिए ।

जितको खुशीमा लामा

लामा ११ औं साग तथा १३ औं एशिया प्यासिफिकमा स्वर्ण पदक जित्न सफल नेपाली खेलाडी हुन । त्यस्तैे ११ औं सागमा पदक जितेका बांस्तोलाले इन्चोड एसियाड तथा जापानमा भउको विश्व च्याम्पियनसिप समेतमा नेपालको तर्फबाटसहभागिता जनाइसकेका छन ।
जितपछि बांस्तोला

प्रतियोगितामा सहभागी हुन खेलाडीद्धय गत शनिबार बिहान लण्डन आइपुगेका थिए । उनीहरु आंउदो शनिबार नेपाल फर्किने कार्यक्रम छ । यसबीचमा उनीहरुको सम्मानमा एनआरएन यूकेले लण्डनमा एक कार्यक्रम गर्ने तयारी गरिरहेको एनआरएन यूके स्रोतले बताएको छ ।   

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।