Friday, July 17, 2015

आहाल धनगढी (फोटो फिचर)

दिपक उपाध्याय 

गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाका अधिकांश भु-भाग डुवानमा परेका छन्।
कैलालीको थापापुर, जोशीपुर, पवेरा, पथरैया, वलिया, टीकापुर नगरपालिका र धनगढी नगरपालिकाका अधिकांश घरहरुमा पानी पसेको छ। डुवानका कारण टीकापुर नगरपालिका जलमग्न भएको छ भने धनगढी नगरपालिकाको एलएल चोक, शिवनगर, मिलनचोक मेनरोड लगायत अधिकांश भाग जलमग्न भएको छ।
जल तथा मौषम पूर्वानुमान शाखा अत्तरियाले जनाए अनुसार गएराति कैलालीमा १ सय १६ मिलिलिटर वर्षा भएको जनाएको छ।
वर्षापछि जमेको पानीका कारण यहाँका अधिकांश विद्यालयहरु बन्द भएका छन्। भारी वर्षाका कारण यहाँका मोहना, काँडा, पथरैया, कान्द्रा, कर्णाली नदीको जलस्तर बढेको छ भने मोहना नदीले खतराको संकेतलाई समेत नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरे बताए।
त्यस्तै वर्षासँगै आएको हावाहुरीले रूख ढलेका कारण विद्युत सेवासमेत अवरूद्ध भएको छ।

1 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।