कैलालीको कोटातुल्सीपुर गाविसलाई छाउपडी गोठ मुक्त घोषणा गरिएको छ । गाविसमा रहेको छाउपडी गोठ भत्काएपछि कोटातुल्सीपुरलाई छाउपडी मुक्त गाविस घोषणा गरिएको हो । कैलालीको कोटातुल्सीपुर गाविसलाई मंगलवार एक कार्यक्रमको बीच जिल्लाकै पहिलो छाउपडी गोठ मुक्त गाविस घोषणा गरिएको हो । गाविसमा रहेको सबै छाउपडी गोठ भत्काएपछि छाउपडी मुक्त गाविस घोषणा गरिएको हो । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद मोहनसिंह राठौरले कोटातुल्सीपुरलाई छाउपडीमुक्त गाविस घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका विज्ञ आन्ती तुरक्काले महिलाहरु महिनावारी भएको बेला पोषणयुक्त खाना र सुरक्षित आवास उनीहरुको मानवअधिकार भित्रपर्ने भएकोले यी कुराहरुबाट बञ्चित गरिन नहुने बताउँनुभयो । जिल्ला विकास समिति कैलालीका स्थानिय विकास अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय महिला, राजनीतिक दल, विभिन्न संघसंस्था र गाविसको पहलमा गाविसलाई छाउपडीमुक्त गाविस घोषणा गर्नसम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिनुभयो । उहाँले कोटातुल्सीपुर गाविसले जिल्लामै पहिलो छाउपडी मुक्त गाविस हुन सकेकोमा खुशी व्यक्त गर्दै आगामी बजेटमा गाविसलाई केही रकम थप गर्ने घोषणा समेत गर्नुभयो । दुई हजार तीन सय ६० घरधुरी रहेको कोटातुल्सीपुरमा चार सय २८ वटा छाउपडी गोठ रहेको थियो । ती सबै छाउपडी गोठ भत्काए पछि गाविसलाई पहिलो छाउपडी गोठमुक्त गाविस घोषणा गरिएको हो ।
Source: News24
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।