Sunday, August 23, 2015

एनआरएनए फुजैराह क्षेत्रीय समितिको अधिवेशन भब्यताका साथ सम्पन्न

मान बहादुर के.शी. ‘मुस्कान’ यू.ए.ई.
  

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितिको अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गिरीको सभापतित्वमा र गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले आगामी कार्यकालका लागि पुनह कृष्ण गिरीको नेतृत्वमा नयाँ कार्यसमितीको पनि चयन गरेको छ ।

त्यस्तै अन्य अतिथिहरुमा नेपाली कला केन्द्र यूएईका उपाध्यक्ष शिव क्षेत्री, प्रबाशी नेपाली मन्च राष्ट्रिय समितिका उपाध्यक्ष गिरमान थापा,सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रिय महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान', पाल्पाली समाज फुजैराह क्षेत्रीय समितिका अध्यक्ष ईन्द्र धर्तिमगर, नेपाल मगर संघका अध्यक्ष देवासी राना, नेवा पुचका अध्यक्ष लक्ष्मण बलामी, फुजैराहका सबै भन्दा बरिश्ट ब्यक्ति बृहस्पती पन्डित, निर्वाचन संयोजक उपेन्द्र राना मगर उपस्थित रहनु भएको थियो ।  

फुजैराहवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीले मोम बत्ती बालेर गरेका थिए | 

संस्थाका उपाध्यक्ष शिवलाल जैशीले उपस्थित अतिथि तथा सहभागीहरुलाई छोटो मिठो स्वागत मन्तब्य दिदै एन.आर.एन.ए.ले बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा सधैं सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि समस्या अाई पर्दा समाधान गर्नुका लागि तत्पर रहने छ भन्ने भावना प्रकट गर्नु भएको थियो ।

त्यसै गरि सो कार्यक्रमका प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीले बोल्दै आज सम्म यूएईमा धेरै अधिबेशनमा गयता पनि फुजैराहमा जस्तो बाक्लो उपस्थिती अन्य ठाउमा देख्न नसकेकोले फुजैराह बाशी नेपालीहरुको एकता देखेर आफु सार्है खुशी भएको जिज्ञासा राख्दै समाजप्रति फुजैराहबाशी नेपालीहरुको योगदानको खुलेरै प्रशंसा गर्नु भएको थियो ।   

अन्य बक्ताहरुमा बिष्णु अधिकारीले हामी पूर्व मेची देखी पश्चिम महाकाली सम्म जुन ठाउका बासिन्दा र जाती धर्म जे भए पनि सबै नेपाली भएको हुनाले फुजैराहमा कार्यरत सम्पूर्ण नेपालीहरु सधैं यसरी नै एक आपसमा मिलेर समस्या परेकालाई सहयोग गर्दै एकजुट भएर अघाडि बढ्नुका साथै अन्य क्षेत्रमा कुनै पनि समाजमा पदका लागि चुनाव प्रकिर्या हुने एकै पदको लागि अनेका-अनेक उम्मेदवारले दाबी गर्ने तर फुजैराहमा त्यस्तो किशमको कुनै पदको लागि लालच गर्ने प्रवृत्ति नभएको हुनाले सदा यसरी नै एकजुट भएर हातेमालो गर्दै अघाडि बढ्ने कुरामा जोड दिनु भयो, भने आउँदै गरेको तीजको शुभ अबशरमा ११ सेप्टेम्बरका दिन आयोजना गरेको 'तीज उत्सब' कार्यक्रमलाई पनि भब्यताका साथ सफल पार्नु आग्रह गर्नु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै अधिबेशन पर्तिनिधी मनु क्षेत्रीले फुजैराहमा सम्पूर्ण नेपालीहरुको एकता मिलोमतो यस्तै रही रहोस् र नयाँ कार्य समितिले अझै जोश र जागरका साथ काम गरोस भन्ने जिज्ञासा राख्नु भएको थियो । 

एनआरएनए फुजैराह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गिरीले एनआरएनए फुजैराहको प्रगति बारेमा छर्लङ पार्दै वार्षिक प्रतिबेदन पेश गर्दै एनआरएनए फुजैराहले गरेका उल्लेख्निय कार्यहरुमा राजदुताबास बाट एम.आर.पि. पासपोर्ट बाट्न फुजैराहमा नै ब्याबस्ता मिलाएको, गत बैशाख १२ मा आएको महा बिनाशकारी भुकम्पका कारण भएको जन धनको क्षति पुर्तीका लागि फुजैराह बाट १ लाख ७१ हजार आर्थिक सहयोग गरेको, केहि दिन पहिले फुजैराहमा कार्यरत आफ्नो मालिकबाट उत्पीडित हुँदै सार्है दु:ख सहदै आएकी नेपाली चेली निरु दर्जीलाई राजाराम खनालले आपतमा परेको खबर पाएर संस्थाका अध्यक्ष कृष्ण गिरीलाई खबर गरी घरबाट उद्दार गरेर फुजैराह ल्याएर सागर लुईटेल र अमृत आले मगरले राजदुतावासमा पुर्‍याउने जस्ता मानबिय कार्यहरु गरिएको विवरण दिनु हुँदै फुजैराह बाशी नेपालीहरुले एनआरएनए फुजैराहलाई सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै आउँदा दिनमा पनि नयाँ कार्यसमितिले यस्तै सहयोग पाउने आशा राखेको बताउनु भयो । 

त्यस्तै एक महिना पहिले आगलागी बाट पुरै सामान जलेर नस्ट भई अलपत्र परेकी तीन जनि नेपाली चेलीलाई सोहि अधिबेशनमा उपस्थित सम्पूर्णले आफुले सक्दो सहयोग गरेर जम्मा नेपाली रुपैया ४३,८६५ ( तिरचालिश हजार आठ सय पैसट्ठी ) राहत स्वरुप पीडिताको हातमा नै बुझाएका थिए ।    
उक्त कार्यक्रमको संचालन संस्थाका सचिब शेर सुनार ले गर्नु भएको थियो । 

अध्यक्ष कृष्ण गिरीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्ष श्री कृष्ण गिरी
उपाध्यक्ष श्री बिरेन्द्र खड्का
सचिव श्री शेर सुनार
सह-सचिव श्री यम बहादुर खत्री
कोषाध्यक्ष श्री शंकर महर्जन
सदस्यहरुमा 
श्री डोलराज न्यौपाने
श्रीमति ओम कुमारी बयम्बु 
 श्री उत्तम थापा
 श्री रामशरण अधिकारी
 श्री बुद्धी सागर लुइटेल
 श्री नारायण श्रेष्ठ
 श्री नेत्र हरी सुनुवार
 श्री कृष्ण भट्ट
 त्यस्तै सल्लाहाकारहरुमा 
श्री शिवलाल जैशी
 श्री खुम मगर
 श्री शिव क्षेत्री
 श्री आत्माराम राई 
श्री हरी प्रशाद ढकाल रहनु भएको छ ।

1.jpg2.jpg3.jpg5.jpg9.jpg10.jpg11.jpg4.jpg6.jpg8.jpg

2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।