Sunday, August 23, 2015

सुदूरपश्चिम सेवा समाज युएईको गौरा पर्ब कार्यक्रमको तयारी अन्तिम चरणमा

मान बहादुर के.शी. ‘मुस्कान’ यू.ए.ई.


byanar.jpg

आगामि ४ सेप्टेम्बर २०१५ शुक्रबारका दिन नेपाल भन्दा बाहिर कुनै पनि देशमा पहिलो पटक बरदुबईको एभरेष्ट होटलमा सुदूरपश्चिम सेवा समाज युएईले गौरा पर्ब मनाउनका साथै युएईमा कार्यरत सुदूरपश्चिमबाशी स्थानीय कलाकारहरुको प्रस्तुतिमा बिबिध सांस्कृतिक कार्यक्रम  देउडा खेल र नाचगान गर्ने भएको छ । 
   कार्यक्रम भब्यताका साथ सफल पार्नु २१ अगस्त २०१५ शुक्रबारका दिन संस्थाका अध्यक्ष शिव राज जैशीको सभापतित्वमा City Life Tourism L.L.C.मा बसेको बैठकले संस्थाका उपाध्यक्ष जयराज जोशी सयोजकत्वमा कामको जिम्मेवारी बाडफाट गरेको छ ।

   सांस्कृतिकको जिम्मा संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान' र संस्थाका सल्लाहाकार लक्ष्मण अधिकारीलाई दिएको छ, व्यवस्थापनको जिम्मा संस्थाका सदस्य धन खड्काको टीमलाई दिएको छ, बिरुडा बनाउने जिम्मा संस्थाकि कोषाध्यक्ष टिकेश्वरी भण्डारी बोगटीको टीमलाई दिएको छ भने कार्यक्रम सन्चालनको जिम्मा संस्थाका सल्लाहाकार लोकेन्द्र बहादुर बमलाई दिएको छ ।

    अन्य विभिन्न समाजका सांस्कृतिक कार्यक्रम भन्दा सुदूरपश्चिम सेवा समाज युएईले मनाउन लागेको गौरा पर्व एक बेग्लै खालको कार्यक्रम हो । २ जनवरी २०१५ का दिन गठन भएको सुदूरपश्चिम सेवा समाज युएईले स्थापना भएको छोटो अबधीमा नै बिभिन्न प्राक्रितिक बिपत्तीहरूमा मानबिय सहयोगको कार्य गर्दै एक बेग्लै पहिचान बनाउनु सफल भएको छ ।

   युएईमा कार्यरत सुदुरपश्चिम बाशीहरुलाई समेटेर एक स्वतन्त्र, गैरराजनीतिक र गैर नाफामुलक संस्थाको रुपमा गठन गरिएको सो संस्थाले यूएईमा रहेका नेपालीहरुलाई अाईपर्ने समस्या र नेपालमा हुने प्राक्रितिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्दै आएको छ र आउँदा दिनमा पनि सधैं बिपत्तीहरुमा सक्दो सहयोग गरी रहने संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान'ले बताए ।

     नेपाल भन्दा बाहिर यूएईमा पहिलो पटक बिशु तिहार र नयाँ बर्षको शुभकामना आदान प्रदान सँगै बनभोज कार्यक्रमको आयोजना गरी देउडा खेल खेलेर यूएईमा कार्यरत नेपालीहरु माँझ एक बेग्लै खालको मनोरन्जन पस्कि सकेको सुदूरपश्चिम सेवा समाज युएईले सोहि कार्यलाई निरन्तरता दिदै गौरा पर्ब मनाउने भएको छ ।   

     गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

     सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारिको शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ४ सेप्टेम्बर २०१५ शुक्रबारका दिन गौरा पर्ब कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभब लिदै, बिरुडा प्रसाद ग्रहण गर्दै कार्यक्रम भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ ।

2.jpg

1.jpg


2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।