Wednesday, September 9, 2015

आन्दोलन होईन सुरक्षाकर्मीमाथि नियोजित आक्रमण भएको हो

IMG_20140919_081622.jpgटिकापुरमा भएको नरसंहारमा सुरक्षाकर्मी र दुई बर्षका नाबालकको क्रुर हत्या गर्नेहरु आन्दोलनकारी नभएर आतंककारी हुन, यो अति निन्दनीय घटना हो, यसको जति निन्दा गरेपनि कमै हुन्छ । कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी समुदायहरु वर्षौं देखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए, जिउदाको जन्ती जान्थे मरेको मलामी जान्थे, केहि दिन पहिले टिकापुर पुगेर भड्काउ भाषण दिदै सोझा साझा मिलेर बसेका जनताहरुलाई उक्साउने काम गर्नु मुख्य भूमिका निर्बाह गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले सरकारलाई समेत चुनौती दिदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भनेका थिए, सबै भन्दा पहिले तिनिहरुलाई राष्ट्रघाती र देशद्रोहीको मुद्दा चलाएर गिरफ्तार गरियोस् ।

यस्ता नेताहरुलाई टिकापुरको सुख दु:ख सँग कुनै चासो छैन खालि सोझा साझा मिलेर बसेका जनताहरुलाई भड्काएर एक आपशमा झगडा गराउदै आफ्नो स्वार्थ लुट्ने काम मात्रै हो । यदि यि नेताहरुलाई नेपाली जनताको त्यति माया थियो र छ भने किन नेपालमा बिनाशकारी महाभुकुम्प जस्तो बिपत्ती आई पर्दा अाफ्ना भडौतेहरुलाई उद्दार गर्ने कार्यमा पठाएनन् ? किन दार्चुल्ला जिल्लाको महाकाली नदिमा आएको भीषण बाढिले हजारौ बेघर हुँदा र करोडौको क्षति हुँदा यिनका भडौतेहरु उद्दार कार्यमा खटिएनन्? किन सिन्धुपलान्चोकमा पहिरोले सर्वस्व गुमाएकाहरुको उद्दार कार्यमा लागेनन्? केही समय पहिले कैलालीमा आएको बाढीले बिनाश गर्दा कहाँ थिए यस्ता भड्काउ भाषण गर्ने नेता र यिनका कुरा सुनेर जघन्य अपराध गर्ने कार्यकर्ताहरु? यस्ता अनेका अनेक उदाहरणहरु छन, आफ्नै देश भित्र एक आपशमा मिलेर बसेका सोझा आझा जनताहरुलाई यसरी लडाउनु भडौते लगाउनु भन्दा दिन प्रतिदिन देशको सिमाना मिचिदैछ त्याहा गएर देशको सिमाना बचाउनु आन्दोलन गरुन नालापानी कालापानी जस्ता अनेक ठाउँबाट देशको सिमाना मिचिएको छ, त्यहा किन आन्दोलन गर्दैनन यिनिहरुले? आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने घोषणा गरेकाछन्, कहाँ बाट आउन्छ पैशा? कसले दिन्छ पैशा? साच्चै ५० लाख दिने हुन भने भुकुम्प पीडित एक परिवारलाई १ लाखको हिसाबले दिदा पनि कति राहत हुन्थ्यो होला?  

सभासद रामजनम चौधरीले भनेका छन प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेक्न सकेनौँ, थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन, र दोहोरो भीडन्त भएको हो ।  

प्रहरीले साच्चै गोली चलाएको भए थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु बाट हजारौ घाईते हुन पर्ने या गोली लागेर मारिनुपर्ने? तर प्रहरी मात्र कसरी मारिए? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या गरियो? ति नाबालक के दोष थियो? उनी एक अशल सुरक्षाकर्मीका छोरा थिए? बुबा सुरक्षाकर्मी भएकै कारण कर्तव्यपालनका लागि खटिएका थिए, नाबालकको ज्यान लिएर आतंककारीले के पाए? यसको जवाफ भड्काउ भाषण दिने ति नेताहरु सँग छ? तरबार, भाला, बन्चरो, लाठी, रड, गुलेली आदी इत्यादी घरेलु हतियारहरु बोकेर पनि कहि शान्तिपूर्ण आन्दोलन हुन्छ? यस्तो निन्दनिय घटना घट्दा पनि सभासदबाट आएको यो अभिब्यक्तिले साेझा साझा जनताहरुलार्इ भड्कायर अझै बलेको आगोमा घिउ थप्ने काम भएको छ, सभासदले दिएको अभिब्यक्ति सरासर झुठो हो । आन्दोलनका मुख्य नाईके भनाउदा नेताहरुले यि प्रश्नको जवाफ दिन सक्छन्?? त्यसैले ठोकुवा गरेर भन्न सकिन्छ यो आन्दोलन नभएर सरासर नियोजित आक्रमण हो, अातंककारी घटना हाे । चरी र घैटेँ जस्ता गुण्डाहरु मारिँदा बुर्लुक्क उफ्रिदै सडक र संसदमा आवाज उठाउने नेताहरु टिकापुरको निन्दनीय घटनाका बारेमा किन चुप लागेर बसेका छन? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या भएको छ यो कुरामा ध्यान दिएर अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।

कुरा प्रस्ट छ यि सबै देशद्रोही हुन, पुर्बी तराईमा गएर एक मधेस प्रदेशको कुरा उठाएर भड्काउ भाषण गर्छन्, पश्चिम तराईमा पुगेर थारुवान राज्यको कुरा उठाउदै भड्काउ भाषण गर्ने जातीय र क्षेत्रीय हिंशा भड्काउन खोज्ने त्यति मात्र नभएर सरकारलाई समेत चुनौती दिदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भन्ने यि जिम्मेवार नेताहरुलाई समयमा नै सरकारले लगाम लगाउनु पर्थ्यो । यस्ता राष्ट्रघाती देशद्रोही नेताहरुलाई नेपालका सोझा साझा जनताहरुको दु:ख सुख सँग केहि चासो छैन खालि मिलेर बसेका समाजका मान्छेलाई भड्काएर आफ्नो राजनीति बाटो बनाउने र स्वार्थ लिने काम मात्रै हो ।      
भोलिका दिनमा मधेसवादी नेताहरुले टिकापुर लाई भारत सँग मिलाउनु पर्छ भन्दै आन्दोलन र आक्रमण गर्‍यो भने के सरकारले यिनिहरुको माग पुरा गर्छ? ७५ जिल्लामै नै प्रदर्शन र आन्दोलन हुन सक्छ? के सरकारले ७५ जिल्लालाई नै ७५ राज्य बनाउनु सक्छ?

त्यसैले बुझ्नु पर्ने कुरा के छ भने भारतीय समर्थनमा देश टुक्र्याउने उद्देश्य लिएर आन्दोलन गरि रहेका मधेसवादी नेताहरुले तरार्ईका सोझा साझा थारु समुदाय र आम जनताहरुलाई हतियार बनाएर थरुहट आन्दोलनका समर्थक बनेको नाटक गरेर देश टुक्र्याउने रणनिती बनाउदैछन, तर थारु समुदाय र तराई बाशी सोझा साझा जनताहरुको देश टुक्र्याउने कुनै उद्देश्य छैन । थारु समुदायमा पनि धनी गरीब सबै छन्, हक र अधिकारको लागि नै आन्दोलन हो भने यो भन्दा पहिले किन गरिएन? थारुवान राज्य बनाएर मात्रै थारु समुदायले हक र अधिकार पाउन्छन भन्ने केहि ग्यारेन्टि छ? देश टुक्र्याउने सोच राखेका मधेसवादी नेताहरुले बाहिरबाट आएका भडौतेले र समाजका केहि अपराधिक कृयाकलापमा सङ्लग्न भएका ब्यक्तिहरुले गर्दा टिकापुरमा घटेको दु:खद घटनाले अहिले आएर पुरै थारु समुदाय लज्जित र बदनाम हुन पुगेको छ, म पनि थारु समुदायको बाहुल्यता रहेको गाउँमा बस्ने मान्छे हुँ । जहाँ सम्म मलाई लाग्छ त्यहाका गरीब सोझा साझा थारुहरुलाई भड्काउ भाषण गर्दै लोभ लालच देखाएर उक्साएर यस्तो जघन्य घटना घटेको हो ।

उक्साउने र भड्काउने ले भड्काए समाजमा मिलेर बसेकालाई साम्प्रदायिकता फैलाउदै हिंसात्मक आक्रमण गरेर गए, सरकारले आक्रमणकारी हत्याराहरुलाई खोजबिन गरी कडा भन्दा कडा कारबाही गर्नु पर्छ । गरीब र निमुखा थारुको हक अधिकारका लागि कोही पनि लागेका छैनन् खाली सोझा साझा थारु समुदायका जनताहरुलाई हतियार बनाएर आफ्नो राजनीतिक बाटो बनाउदैछन् । जाती धर्म जे भए पनि हामी नेपालीहरुले सबै भन्दा पहिले हामी नेपाली हौं, नेपाल रहे पछि जाति धर्म र क्षेत्र रहनेछ, भन्ने कुरा बुझ्न जरुरी छ । सुरक्षाकर्मी होस् या आन्दोलनकारी होस् मर्ने नेपाली नै हुन । 

त्यसैले अब बिगतमा जे भयो भुलेर टिकापुर बाशी थारु समुदाय पहाडी समुदाय जाती धर्म जे भए पनि सबै जनजाती संयम र सद्भावलाई कायम राख्दै शान्तिपूर्ण ढंगले मिलोमतो गर्दै एकजुट भएर आई परेका बेला दु:ख सुखमा साथ दिदै अघाडि बढ्नु पर्दछ ।

मान बहादुर के.शी. ‘मुस्कान’

लेखक देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएई र अन्तरराष्ट्रिय कलाकार मन्च यूएई का महासचिब हुन । 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।