Saturday, October 3, 2015

माटोको ढिस्कोले पुरिएर ६ जनाको ज्यान गयो २ को अवस्था गम्भीर


कर्ण कुँवर
टीकापुर, १५ असोज
कैलालीको मध्यवर्ती दोदोधरा गाविस वडा नं.–७ कट्टीपुरमा आज साँझ करिव ५ बजे मोटोको ढिस्कोमा पुरिएर ६ जनाको मृत्यु गएको छ भने दुईको अवस्था गम्भीर रहेको छ । 

माटोको ढिस्कोमा पुरिएर मृत्यु हुने सबै १० वर्ष मुनिका बालबालिका रहेका छन् । 

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेहरूमा दोदोधरा गाविस वडा नं.–७ कट्टीपुरका ६ वर्षीया ननिता न्यौपाने, दीपक प्याकुरेल, ७ वर्षीय सुशान्त सुनार, किरण सुनार, ९ वर्षीय मैंया भनिने सुमिता सुनार १० वर्षीय सीता प्याकुरेल रहेका छन् । मृतक सुमिता र सुशान्त दिदी भाइ हुन् । 


त्यस्तै सीता, दीपक, सुशान्त र समिता स्थानीय वालकन्या निम्न माध्यमिक विद्यालय कट्टीपुरका विद्यार्थी हुन् भने नमिता न्यौपाने सन राइज इग्लिश बोर्डिङ्ग स्कुल सडकपुर बोीनयामा अध्ययनरत थिइन् । 


ढिस्कोमा पुरिएर सोही गाउँका ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रत्ना खतिवडाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज रिफर गरिएको छ ।


दशैंका लागि घर लिपपोत गर्ने माटो ल्याउन गएका उनीहरूको माटो झिक्दै गर्दा ढिस्कोमा पुरिएर ज्यान गएको हो ।
ढिस्कोले पुरिएपछि स्थानीय वासिन्दाले उद्दार गरी स्थानीय वर्दगोरिया अस्पतालमा ल्याइ पु¥याएका थिए । अस्पताल ल्याउँदै गर्दा उनीहरू सबैको बाटो मै ज्यान गइसकेको अस्पतालले जानकारी दिएको छ ।

3 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।