Tuesday, December 22, 2015

हुन तक्की खान ?


रमेश भट्टराई, कैलाली ६ पुस- कैलालीको अत्तरिया बसपार्कमा प्राय दिनहु जसो भेटिन्छन तक्की खान । अग्लो र मोटो जिउ, लामो कपाल, आँखामा कालो चस्मा, टाउकोमा ह्याट टोपी, लामो दाह्री पालेका व्यक्ति सधै हातमा माला बोकिरहन्छन र मालाका दाना गनिरहन्छ ।

सामान्य मान्छे भन्दा उनको जिउडाल ठुलो छ, ७८ वर्ष पुगेका खानको शरिरको तौल अहिले पनि १ सय २० किलो भन्दा बढि रहेको छ । हेर्दै विर जस्तो देखिने खानलाई कैलाली कंचनपुरमा सानो वच्चादेखी बृद्धा सम्मले सजिलै चिन्छन । कैलाली कंचनपुरमा मात्रै होईन उनलाई नचिन्ने देशभर कमै होलान ।

परिचय धेरै छन खानका । हजुरबुवाहरुको घर भारतको टनकपुर बताउने खानको जन्म कैलालीको धनगढीमा भएको हो । अहिले पनि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलमा खानको परिवार बस्ने गर्दछ ।

तर खान आफ्नो घरमा दिनमा मुस्किलले भेटिन्छन उनि दिनभर अत्तरियाको वसपार्क, र चौराह तिर भेटिने गर्छन । कहिले धनगढी त कहिले महेन्द्रनगर अनि कहिले पोखरा र कहिल्यै काठमाण्डौ पनि उनि पुग्ने गर्दछन ।

केहि दिन अघि अत्तरिया बसपार्क भएर निस्कदा बाटोमा बहुआयामिक व्यक्तित्व उनै खान भेटिए र उनिसंग उनको जिवन अनुभवको साक्षात्कार गर्ने मौका मिल्यो ।

बसपार्क नजिकैको एउटा पसल अगाडी बसेर कुराकानी गरिरहदा उनले कुरा सुर गरे नेपाली सिने उद्योगका एक्सन नायक बिराज भट्टबाट । “बिराजले मलाई दाई, तपाई आफ्नो बिरामी ठिक पार्नुहोुुस म तपाईलाई भोजपुरी फिल्ममा खेलाउछु भनेको छ, अहिले म औषधी खाईरहेको छु” उनले आफ्नो घुँडो र पेट छाम्दै “ पेटमा र घुडामा ग्याँसको समस्या छ, यसलाई निको पार्दैछु, बोलाउन त अरु धेरै जनाले फिल्म खेल्न बोलाईरहेका छन तर जान सकिएको छैन, रोग निको हुने बित्तिकै फिल्म चाहि खेल्छु, खानले भने ।

कलिउडका महानायक राजेश हमाल देखी बलिउडका चर्चित नायिका खुस्बु सम्म संगै खानले चलचित्रमा काम गरेका छन । खलनायकको भुमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन । भारतिय नायिका खुस्बु संग अभिनय गरेको फिल्म चाहि भुल नही जाना रहेछ ।

धेरैले उनलाई दिनभर बसपार्कमै यता उता डुलिरहेको देख्नेले पागल पनि भन्न बेर लाउदैनन तर उनि आफैमा बहुआयामिक व्यक्ति हुन । धेरैलाई थाहा नहोला । करिब २०१५, ०१६ साल तिर धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानलाई बच्चामा पटक्कै पढ्ने मन चाहि नलाग्दो रहेछ, पढ्ने मन नलागेपछि उनि गोठालो जाने गर्दा रहेछन भेटमा उनले आफ्नो बाल्यकालको सम्रण गर्दै भने “मलाई बच्चामा पटक्कै पढ्ने मन थिएन, त्यतिबेला धनगढीमा ठुलो जंगल थियो, हाम्रा बाउले बाख्रा पालेका थिए म गोठालो जान्थे, पछि म टनकपुर गए, त्याहा मेरो बाजे ठुलो डोजर रोलर चलाउथे, २०२१ २२ सालतिरको कुरो होला मैले नि बाजे संग रोलर चलाउन सिके” ।

त्यो समयमा करिब ६, ७ वर्ष टनकपुर बसेर धनगढी फर्केपछि तक्की खानले २०२३ सालतिर नेपालमा सडक बिभागको डोजर चलाउने मौका पाए । २०२३ देखी २०५२ सम्म २९ वर्ष सडक बिभागको डोजर चलाएका खान भन्छन “२२ साल तिर यहा सडक बनाउने क्रममा नेपाल सरकारले दुई वटा डोजर पठाएको थियो, त्यो चलाउने मौका मैले पाए, त्यतिबेला सुदूरपश्चिमको पहाडि जिल्लातिर खुब डोजर चलाए, सुन्नुहोस त्यतिबेला म खानाको निकै सौखिन थिए, मेरो ज्यान नै ठुलो ७, ८ जनाले खाने खाना म एक्लै खान्थे, तिन किलो मासु त म एकै छाकमा एक्लै खाईदिन्थे” खानले भने ।

सुदूरपश्चिममा मात्रै होईन काठमाण्डौमा समेत उनले पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएको अनुभव सुनाए । उनको यात्रा डोजर चालकमा मात्रै सिमिति भएन । डोजर चालक संगै खानले भारत्तोलन खेल पनि खेल्न सुरु गरे । “देशभर बिभिन्न ठाँउमा भएका भारत्तोलनका खेलमा पदक जितेका ४५ वटा प्रमाणपत्र मसंग अझै सुरक्षित छन, नेपालबाट म एकचोटी यहि खेलका लागि बंगलादेश पनि गएको थिए तर त्याहाँ मेरो कुनै नम्बर आएन, त्यति मात्रै होईन २०४२ सालतिर बिरगञ्जमा भारत्तोलनको खेल भएको थियो, म पहिलो नम्बरमा आएको थिए, त्यतिबेला धिरेन्द्र सरकारले बलाई धाप दिदै भनिबस्केका थिए, खान के चाहिन्छ ? मैले एक जोर जुत्ता र सुट मागेको थिए” उनले फेरि थप्दै भने “मेरो जिउ अरुभन्दा ठुलो हुनाले मेरो खुट्टामा मिल्ने जुत्ता र टाउजर सुट म संग थिएन धिरेन सरकार संग मागेपनि त्यो दिनुभएन तर किन्नलाई ६० हजार रुपैया दिनुभएको थियो, त्यसले मैले धनगढीमा जग्गा किने” ।

बच्चामा गोठालो, युवामा खेलाडी र सवारीचालकमा मात्रै उनले आफ्नो परिचय सिमित राखेनन् । तक्की खानले बिस्तारै नेपाली चलचित्रमा अभियन समेत गर्न थाले ।

२४ वटा नेपाली र केहि हिन्दी ठुला पर्दाका चलचित्रमा काम गरेका खानलले फिल्ममा काम गर्दाको अनुभव चाहि यसरी सुनाए “ अहिले सम्म ठुला पर्दाका २४ वटा फिल्ममा काम गरेको छु, राजेश हमाल दिलिप रायमाझी संग काम गरेको छु, निखिल उप्रेति संग पनि चिनजान भएको छ तर खेल्ने मौका पाएको छैन, मलाई मन पर्ने नेपाली नायक भनेको टीकापुरको रोहन ढकालको हो, उनले तिन वटा फिल्म बनाएका छन तिनले बनाएका तिन वटै फिल्ममा मैले अभिनय गरेको छु” खानलले हास्दै भने “पारश्रमिकको कुरा गर्ने हो भने कसैले तिन, कसैले ५ कसैले २०, कसैले ३० हजार पनि दिएका छन, एक जनाले २५ हजार दिन्छु भनेर अभिनय गरायो, पछि १० हजार मात्रै दियो, मैले त्यो नि नदेला भनेर समाए” । पहिला बढि रकम दिन्छु भन्छन, पछि काम गरिसकेपछि कम रकम दिदा रहेछन उनले आफ्नो अनुभव सुनाए ।

आफ्नो पेट र घुँडाको उपचार गराईरहेका खान सञ्चो हुने बित्तिकै फेरि फिल्म खेल्ने र बडी सो गर्ने आफ्नो ठुलो ईच्छा रहेको बताउदछन । “रोग निको हुने बित्तिकै फेरी फिल्म खेल्छु, तर अब बडि सो गर्ने ईच्छा छ, शरिर छ, जिम गरेर शरिरलाई शुगठन बनाउछु अनि देखाउछु” उनले भने ।

जिवनको लामो समय सवारी चालक भएर घुमेरै बिताएका खानलाई आजभोली पटक्कै घरमा बस्ने मन नहुने कुरा पनि उनले भेटमा हामीलाई सुनाए । आजभोली अत्तरिया बस पार्कमा बस चालकहरु बाट केहि रकम मागेर दिनमा खानको व्यबस्था गर्ने गर्दछन । “ अहिलेका धेरै जना डाईभर, बस धनीहरुलाई मैले उतिबेला गाडी सिकाएकोले सवैले मलाई गुरु मान्छन र अहिले गुरु भन्दै केहि रकम दिन्छन तर म कुनै करकाप गर्दिन, मैले उनिहरुलाई यात्रा सफल होस भनेर कामना गर्दछु, मैले हातमा बोकेको मालाका दान गन्दै जप गर्दछु, कसैले ५ रुैपया त कसैले १०, कसैले १ सय त कसैले ५ सय सम्म दिईहाल्छन” ।

काठमाण्डौको पानीले आफुलाई झाडापखला हुने बताउने खान मुम्बई नजादा पछुताएको बताउदछन तर उनलाई भारतको मुम्बई भन्दा पनि नेपालकै धनगढी र अत्तरिया प्रिय लाग्ने समेत उनको भनाई छ ।

गोठालो देखी डोजरचालक, खेलाडी र अभिनेता सम्म परिचय बनाईसकेका खान अब “बढि सो” तयारीमा छन ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=182860#sthash.cr2wdYPe.dpuf

1 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।