Saturday, December 19, 2015

धनगढीमा प्रमोदले ‘ओ झुमा झुम्कावाली…’ गीत गाउँदा भीड नियन्त्रण गर्न प्रहरीलाई सकस

12390985_1022174344470172_4736550443608578285_nपुस – सुदूर र मध्यपश्चिममा डेउडा भाका ‘राई झुमा…’ निकै चर्चित छ । बेलाबखत राजधानीका कार्यक्रमतिर पनि यो गीतले चर्चा पाउँछ । यही गीतसंग साइनो गाँस्दै गायक प्रमोद खरेलले बजारमा ल्याउन लागेको ‘ओ झुमा झुम्कावाली…’ गीतले बुधबार धनगढीलाई ततायो । सुदूरपश्चिम महोत्सवको सांस्कृतिकमा मञ्चमा झुल्कँदै पहिलो पटक गाए– ‘ओ झुमा झुम्कावाली…’ । आफ्नै थातथलोको स्वादलाई सम्बोधन गरेको गीत पाएपछि दर्शकश्रोताहरूले नाचेर साथ नदिने कुरै भएन । भीड नियन्त्रण गर्न प्रहरीलाई सकस पर्‍यो ।
12376209_1022174204470186_6457467923013466631_n
यतिसम्म कि नाच्दानाच्दै खलबलिएको दर्शकदीर्घालाई पूर्वस्थितिमा फर्काउन प्रहरीले लाठी चार्ज नै गर्नुपर्‍यो । यसपछि प्रमोदले ‘मबिना कसै कसैलाई…’, ‘उसले जति माया दिए पनि…’ सहित नौ गीत प्रस्तुत गरे । महोत्सवमा बुधबार दर्शकश्रोताको उपस्थिति उल्लेख्य थियो । आयोजक उद्योग वाणिज्य संघका अनुसार दस हजारभन्दा बढी महोत्सवमा थिए । धनगढीका संगीतपारखीहरूबाट आफू निकै हौसाएको प्रमोदले सुनाए । उनी भन्दै थिए, ‘मैले यतिका धेरै दर्शकश्रोतालाई नचाउन अहिलेसम्म पाएको थिइनँ । यो मेरो सौभाग्य हो ।’ यसपछि उनले ‘एउटा फोटो लिन्छु है’ भन्दै आफ्नो स्मार्ट फोन झिकेर क्लिक गरे दर्शकश्रोतातिर । एक घण्टाको प्रस्तुतिमा उनले स्टेज छोड्दा पनि दर्शकश्रोताहरूले पिछा गर्न छोडेनन् । प्रहरीले स्टेजको आपत्कालीन ढोकाबाट गायकलाई निकाल्दै लगे ।
12346533_1022174247803515_8817699257028082926_n 

2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।