Dodhara Suspension Bridge

This is the longest suspension bridge in the South Asia Region, and it links Dodhara Chandadhi VDC to the other parts of Kanchanpur District.

www.cyclingandeducating.org

www.cyclingandeducating.org Ganesh Pandey from Kailali cycling around the world for education.

Aakha Nasalu Timro Othai Rasalu

A new music video Presentation of KK Movies.

RACHANA BHARATI, Miss Nepal Contestant

Please, promote and encourage Rachana Bharati, Miss Nepal 2013 Contestant from Kanchanpur, Far West.

ULTIMATE UDITOLA, exploring Glorious History

Prem Raj Joshi, the author and owner of Ultimate Uditola, (far left) with Dr. D. P. Bhandari

Saturday, August 8, 2015

1994 to 2015 Miss Nepal Beauties in 20 Pictures

Miss Nepal Bikini Hot
19 Photos of Miss Nepal from 1994 to 2015
Miss Nepal 1994 – Rubi Rana | Miss Nepal 1995 – Sumi Khadka | Miss Nepal 1996 – Poonam Ghimire | Miss Nepal 1997 – Jharana Bajacharya | Miss Nepal 1997 – Neelima Gurung | Miss Nepal 1998 – Neeru Shrestha | Miss Nepal 1999 – Shweta Singh | Miss Nepal 2000 – Usha Khadgi | Miss Nepal 2002 – Malvika Subba | Miss Nepal 2003 – Priti Sitaula | Miss Nepal 2004 – Payal Shakya | Miss Nepal 2005 – Sugariaka KC | Miss Nepal 2007 – Sitashma Chanda | Miss Nepal 2009 – Zenisha Moktan | Miss Nepal 2010 – Sadichha Shrestha | Miss Nepal 2011 – Malina Joshi | Miss Nepal 2012 – Shirti Shretha | Miss Nepal 2013 – Ishani Shrestha | Miss Nepal 2014 – Subin Limbu | Miss Nepal 2015 – Evana Manandhar
The beauty pageant Miss Nepal is not organized on 2001, 2006 and 2008.
01-Miss-Nepal-1994-Rubi-Rana
02-Miss-Nepal-1995-Sumi-Khadka
03-Miss-Nepal-1996-Poonam-Ghimire
04-Miss-Nepal-1997-Jharana-Bajracharya
05-Miss-Nepal-1998-Neeru-Shrestha
06-Miss-Nepal-1999-Shweta-Singh
07-Miss-Nepal-2000-Usha-Khadgi
08-Miss-Nepal-2002-Malvika-Subba
09-Miss-Nepal-2003-Priti-Sitaula
10-Miss-Nepal-2004-Payal-Shakya
11-Miss-Nepal-2005-Sugarika-KC
12-Miss-Nepal-2007-Sitashma-Chanda
13-Miss-Nepal-2009-Zenisha-Moktan
14-Miss-Nepal-2010-Sadichha-Shrestha
15-Miss-Nepal-2011-Malina-Joshi
16-Miss-Nepal-2012-Shristi-Shrestha
17-Miss-Nepal-2013-Ishani-Shrestha
18-Miss-Nepal-2014-Subin-Limbu
19-Miss-Nepal-2015-Evana-Manandhar
04-Miss-Nepal-1997-Neelima-Gurung

Sunday, July 26, 2015

अन्तराष्ट्रिय नेपाली कलाकार समाज यू.ए.ई. फुजैराह क्षेत्रिय समितिको बनभोज कार्यक्रम भब्यताका सम्पन्न

मान बहादुर के.शी. ‘मुस्कान’
यू.ए.ई.
       बैदेशिक रोजगारीको शिलशिलामा फुजैराहमा कार्यरत नेपालीहरुलाई एकत्रित गरी मिति २४ जुलाई २०१५ शुक्रबारका दिन फुजैराह स्थित माधव पार्कमा, अन्तराष्ट्रिय नेपाली कलाकार समाज यू.ए.ई. फुजैराह क्षेत्रिय समिति र गैरआवासीय नेपाली संघ एनआरएन फुजैराह क्षेत्रिय समितीको सयुक्त आयोजनामा बनभोज कार्यक्रम भब्यताका सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु अधिकारीको सभापतित्वमा अघाडि बढेको थियो, भने कार्यक्रममा अ.ने.क.स. यूएई कि केन्द्रिय उपाध्यक्ष रेखा घिमिरे र केन्द्रिय महासचिब गोपी कृष्ण पंगेनी प्रमुख अतिथी तथा गैरआवासीय नेपाली संघ एनआरएन फुजैराह क्षेत्रिय समितीका अध्यक्ष कृष्ण गिरी बिशेष अतिथी रहनु भएको थियो । 
        अन्तराष्ट्रिय नेपाली कलाकार समाज यू.ए.ई. फुजैराह क्षेत्रिय समिति र गैरआवासीय नेपाली संघ एनआरएन फुजैराह क्षेत्रिय समितीको सयुक्त आयोजनामा सम्पन्न उक्त बनभोज कार्यक्रममा अ.ने.क.स. दुबइ क्षेत्रिय समिती र रास-अल खेमा अ.ने.क.स. क्षेत्रिय समितिका प्रतिनिधिहरु लगायत यूएई मा कार्यरत बिभिन्न नेपाली समाजका समाजसेवी, बुद्दीजिबी, कलाकार, र साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । 
            कार्यक्रममा संस्थाका सचिब तथा स्थानीय कलाकार अम्मर सुनार 'संगीत'को टीम र ओम कुमारी खाणको टीम बिच भएको घम्सा घम्सी लोक-दोहोरी र संस्थाका उपाध्यक्ष शिव क्षेत्रीले गरेको नृत्य देखेर उपस्थित सबै त्यसै चुप लागेर बस्न सकेनन्, कोहि मादल बजाउदै थिए, कोहि ताली पिट्दै थिए, कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए, कोहि बिचमा कम्मर भाचेर छमछमी नाच्दै एक अर्कालाई नचाउदै थिए, प्रबाशमा कामको ब्यस्तता र जुलाई महिनाको टन्टलापुर गर्मिमा पनि कार्यक्रमको माहोल देखेर लाग्थ्यो त्यहा गर्मी जस्तो केही महशुश नै भएको थिएन, त्यस्तै सुदूरपश्चिम र मध्यपश्चिमको सांस्कृतिक देउडाको जगेर्ना गर्नु लागि परेका देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के.शी. 'मुस्कान'ले छोटो देउडा गीत गाएर उपस्थित सबैलाई ध्यान आकर्षित गराउदै बेग्लै अनुभब गराएका थिए । उपस्थित सबै बनभोजको अवसर पारेर यसरी भेटघाट र नाचगान गर्न पाउँदा निकै खुशी देखिएका थिए । 
         कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बिष्णु अधिकारीले केहि बर्ष पहिले फुजैराहमा नेपालीहरु छैनन् जस्तो लाग्थ्यो, तर एक बर्ष पहिले गठन भएका अनेकस र एनआरएन क्षेत्रिय समितिले गरेका उल्लेख्निय सामाजिक गतिबिधीहरुले गर्दा फुजैराहमा कार्यरत सम्पूर्ण नेपालीहरु हातेमालो गर्दै अघाडि बढेकामा खुशी ब्यक्त गर्नु भएको थियो । भने कार्यक्रम सफल पार्नु अनेकस र एनआरएनका प्रतिनिधि सँगै सिजी होटेलमा कार्यरत शंकर महर्जनको खाना बनाउने भान्से टीम तथा शेर सुनार, सागर लुइँटेल, बिरेन्द्र खड्का, कुल के सी, वचन राई, लगायत जो जसले सहयोग गर्नु भयो साथै कामका ब्यस्तताका कारण आफ्नो समय निकालेर कार्यक्रमको गरिमा बढाउनु उपस्थित सबैलाई आभार प्रकट गर्दै यहि जुलाई ३१ गते हुने एनआरएन को अधिबेशन र आउँदै गरेको ११ सेप्टेम्बरमा हुने तीज बिशेष सांस्कृतिक कार्यक्रमलाई पनि भब्यताका साथ सफल पारी दिनु हुन अनुरोध गर्दै फुजैराह स्थित सबै नेपाली संघ संस्थाहरु एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
           सोही अबशरमा एनआरएन फुजैराह क्षेत्रिय समितीका अध्यक्ष कृष्ण गिरीले फुजैराहमा बनभोज कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै धन्यबादको पात्र भएको बताउँदै फुजैराहको इतिहासमा यस्तो बृहत कार्यक्रम पहिलो बताउनु भयो, भने आउने दिनहरुमा पनि फुजैराहमा कार्यरत सम्पूर्ण नेपाली यसरी नै एकजुट भएर अघाडि बढ्ने बिश्वाश ब्यक्त गर्नु भयो । गिरिले ३१ जुलाईमा हुने एनआरएन को अधिबेशन र ११ सेप्टेम्बरमा हुने तीज बिशेष सांस्कृतिक कार्यक्रमलाई पनि भब्यताका साथ सफल पार्नु आग्रह गर्नु भयो ।











सुदूरपश्चिम नेपालको लोक संस्कृति देउडाका संरक्षक - मान बहादुर के.सी. ‘मुस्कान’

अनिता न्यौपाने, यूएई–

रोजगारीको सिलसिलामा लामो समय भारत रहेपछि २ वर्षअघि यूएई आउनु भएका मान बहादुर के.सी. ‘मुस्कान’ सुदूरपश्चिम नेपालको लोक संस्कृति देउडाका संरक्षक हुनुहुन्छ । श्रम सँगै गीतसंगीत, साहित्य र समाज सेवामा एकसाथ क्रियाशील थोरै नेपाली मध्ये एक हुनुहुन्छ–‘मुस्कान’ । मंगलसेन–४ अछाममा जन्मिनु भएका ‘मुस्कान’ हाल टीकापुर–७ कैलालीलाई आफ्नो स्थायी ठेगाना बताउनु हुन्छ । केही महिना पहिले सार्वजनिक ‘मुस्कान’को देउडा एल्बम ‘हाँसी रमाई–रमाई’ले बजारमा राम्रो रेस्पोन्स पाइरहेको छ । 
गजल लेखनमा व्यस्त ‘मुस्कान’ पछिल्लो पटक ३ वटा ठाडीभाका, ३ वटा देउडा दाहोरी, १ वटा लोक दोहोरी र १ वटा देउडा खेल सहितको आठवटा गीतको अडियो र भिडियो एकसाथ बजारमा ल्याउने तरखरमा हुनुहुन्छ । ‘मुस्कान’ र अन्य देउडाप्रेमीहरुको सक्रियतामा यूएईमा पहिलो पटक देउडा खेल सम्पन्न भइसकेको छ भने आगामी सेप्टेम्बर ४ मा यूएईमा गौरा पर्व मनाउन लागिपरेको जानकारी वहाँले दिनुभएको छ । 
सुदूरपश्चि सेवा समाज, यूएईको गठन गरी सामाजिक कार्यमा सक्रिय ‘मुस्कान’ले भूकम्पपीडित नेपालीहरुको सहयोगका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहभागी भएर सक्रिय जीवन बाँचिरहनु भएको छ । साहित्य, संगीत र समाजसेवाका त्रिवेणी ‘मुस्कान’सँग पत्रकार खेमराज खनालको सहयोगमा तयार पारिएको अन्तवार्ताको सम्पादित अंश ।


लोक संगीतमा प्रवेश गर्ने प्रेरणा कहाँबाट मिल्यो र कहिलेदेखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
मलाई सानैदेखि गीत संगीतमा रुचि थियो । सानो छँदा गाउँबेंसीमा एक्लै गीत गुनगुनाउने गर्थें र विशेष देउडा गीतहरु लेखिरहन्थे । मैले क्यासेट र एफएमहरु मार्फत् गीतहरु सुनिरहन्थें । कहिलेकाही समय मिल्दा एफ.एम.हरुमा गएर देउडा कार्यक्रममा बसेर नै गाउने पनि गरिन्थ्यो । विशेष हाम्रो साँस्कृतिक देउडा लोप हुँदै गएको देखेर यसको जगेर्ना गर्नु केही कोसिस गरौं भन्ने लागेर एक वर्ष पहिले देखि सांगीतिक क्षेत्रमा प्रवेश गरियो ।

तपाईंले देउडासँगै गजल, मुक्तक, कविता पनि लेखेको अन्लाईन पत्र पत्रीका र सामाजिक सञ्जाल भरि पढ्न पाइन्छ भने देउडामा शब्द र लय र स्वर पनि दिनुहुन्छ । हिजोआज सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । सबै काम एक साथ गर्न समय कसरी मिलाउनु हुन्छ ?
आमाबुवाको आशीर्वाद, भगवानको कृपा र सम्पूर्ण साथीभाइहरुको मायाप्रेमले हो । व्यस्तताका कारण साथीहरुसँग भलाकुसारीसम्म गर्ने समय बच्दैन । भ्याईनभ्याई त हुन्छ हुन त ? तर, के गर्नु ? सबैतिर तालमेल मिलाएर चलि रहेको छु । आफ्नो रुचिको कुरा पनि हो । हेरौं कहिलेसम्म सकिन्छ । 

यूएईमा केही महिना पहिले सुदूरपश्चिम सेवा समाज गठन भएको छ । किन त्यो समाजको आवश्यकता पर्यो ? 
हामी सामाजिक प्राणी हौं । एकतामा बल हुन्छ । फुटेर जानुभन्दा जुटेर जानु राम्रो हो भनेर हामीले सुदूरपश्चिमेलीहरुको एकता, सहयोग र सहकार्यका लागि संगठित भएका हौं । हाम्रो देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरिब, असहायहरुलाई सक्दो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि सहयोग गर्ने हेतुले सुदूरपश्चिमका ९ जिल्लाका नेपालीहरु मिलेर एक स्वतन्त्र र गैरराजनीतिक र गैर नाफामुलक संस्थाको रुपमा गठन गरिएको हो । 

सुदूरपश्चिम सेवा समाज यूएईले के-के काम गरि रहेको छ ? छोटो अबधीमा नै धेरै चर्चा पाएको सुनिन्छ नि?
स्थापनाको छोटो अवधिमा यो समाजले राम्रो चर्चा कमाएको छ । चर्चा पाउनुका पछाडि सम्पूर्ण पदाधिकारीहरुको अथक मेहनत र परिश्रम छ । आईपरेका बेला सेवा गर्न भनेर नै समाज गठन गरिएको हुनाले सक्दो सहयोग गरिरहेका छौं । स्थापना भएको छोटो समयमै हामीले बिनाशकारी भूकम्पबाट घर-परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको सहयोगका लागि ४,७९,२३४ ( चार लाख उनासी हजार दुई सय चौतिस रुपैया ) प्रधान मन्त्री राहत कोषमा जम्मा गरेका थियौ, भने यूएईमा कार्यरत भुकम्पले घरबार गुमाएकी सिन्धुप्लान्चोक मानेश्वोर निवासी मिना भण्डारीलाई नेपाली ७३,६१७ ( तिरिहत्तर हजार छ सय सत्र रुपैया ) प्रतक्ष वहाँको हातमा बुझाएका थियौ, जम्मा मिलाएर ५,५२,८५१ ( पाच लाख बावन्न हजार आठ सय एकावन्न )  आर्थिक सहयोग भूकम्पपीडित नेपाल र नेपालीहरुको लागि गरेका छौं । त्यस्तै झुटा मुद्दामा फसेका पत्रकार खेमराज खनाललाई १८,०५७ ( अठार हजार सन्तावन्न ) रुपैया नगद टिकट खर्च स्वरुप सहयोग गरेका थियौ, र कंन्चनपुर जिल्लाको भिम दत्त नगरपालिका घर भई एउटा खुट्टाले काम गर्ने नसक्ने बिरामीलाई समाजको पहलबाट ४०,००० (चालिस हजार) सहयोग गरेका थियौ । यूएईमा पहिलोपल्ट देउडा खेल पनि खेलियो । अब आगामी सेप्टेम्बर ४ मा गौरा पर्व मनाउन लागेका छौं । आउँदा दिनमा अझ राम्रा र समाज उपयोगी कामहरु पनि गरिरहने छौं । 
आफ्ना रचनामा प्रायः जसो मायाप्रेममा आधारित लेख्नुहुन्छ,  त्यसको पनि केहि खास कारण छ कि ?
 त्यस्तो खास कारण केही छैन । लेख रचना लेख्दा कुनै न कुनै प्रसंग त समेट्नु नै पर्ने हुन्छ । मैले अरु भन्दा प्रेम प्रसंगलाई नै मान्यता दिने गरेको छु । 

प्रेम प्रसंगलाई नै मान्यता किन ? कतै आफैले भोगेको हो कि ? छर्लङ पारिदिनुहोस् न ?
होइन त्यस्तो केही पनि होइन । तर, मैले आजकाल मायाप्रेमको चक्करमा पर्ने भाइबहिनीहरुलाई के सुझाब दिनु चाहन्छु भने कुनै पनि केटा होस् या केटी होस् कसैसँग माया गर्छु भनेर झुठा कसम खाएर टाईमपास नगरी दिनुहोला । तपाईंले जो सँग झुटा मायाको नाटक गरी टाईमपास गर्नु हुन्छ । उसले साँचो मानेर चोखो मनले माया गर्‍यो भने अन्त्यमा बिछोडको चोट सहन गार्हो भएर जीन्दगीभर तड्पी बाँच्नु बाध्य हुनपर्छ ।

देउडा लोप हुन लागे बेला यो क्षेत्रमा आउन भएको छ ? देउडा एल्बमहरु बनाएर आफ्नो लगानि उठाउनु सक्नु हुन्छ र ? 
मैले पहिले पनि भने र अहिले पनि भन्दै छु । म यो क्षेत्रमा आउनुको कारण देउडाको जगेर्ना गर्नु मात्रै हो । आजकाल एल्बमहरु बनाएर कमाउला, घरबार चलाउला भन्ने त सोच्दै नसोचे हुन्छ । एक कुरा मैले ठोकुवा गरेर भन्न सक्छु मेरा आउने कुनै पनि एल्बममा घाटा खेप्नु पर्ने छैन । मैले यही क्षेत्रबाट लगानी असुल गर्नेछु । मलाई पूर्ण आशा छ, श्रोताहरुले मेरा एल्बमहरु मन पराउनु हुनेछ ।

देउडा र देउडा कलाकारहरु एक्कासी यसरी लोप हुनको कारण के हो जस्तो लाग्छ ? 
आजकाल पेन ड्राईभ, मोबाईल, ल्याबटप, इन्टेरनेटमा सजिलै गीतहरु हेर्नु र सुन्नु सकिने हुनाले सीडी लगभग बेचिनै बन्द भए । देउडा लोप हुन र देउडा कलाकारहरु विस्थापित हुनको मुख्य कारण वहाँहरुलाई देश तथा विदेशमा हुने स्टेज सोहरुमा कहिलै पालो नै दिएको देखिदैन । स्टेज सोहरुमा बोलाउने गर्दा वहाँहरुको पकेट खर्च पनि चल्ने, देउडा एल्बम बजारमा ल्याउनु केही खर्च पनि उठ्ने, देउडा कलाकारहरुलाई देउडा जोगाउनु साहस पनि जाग्थ्यो र सजिलो हुन्थ्यो जस्तो लाग्छ मलाई ।

 तपाईंले आउँदा दिनमा पनि केही गीत बजारमा ल्याउनु विचार बनाउनु भएको छ कि ? 
मैले गीत होईन, एल्बम नै बजारमा ल्याउछु, आउँदै गरेको विजया दशमीमा समयले साथ दियो भने मेरा दुई एल्बम बजारमा आउँने तयारीमा छन् । ‘कठै दैब तलाईं’ र ‘हा“सी रमाई–रमाई’ भाग–२ । ‘कठै दैब तलाईं’मा विवाह गरेको केही वर्षमै विधुवा बनेको नारीले भोग्नु पर्ने दुःख कष्टमा आधारित छ भने ‘हाँसी रमाई–रमाई’ भाग–२ प्रेम प्रसंगमा आधारित छ । यो भन्दा धेरै मैले अहिले केही भन्न सक्दैन । तीन महिना प्रतीक्षा गर्नुहोस् भिडियो नै हेर्नुहोला पुरै कहानी बुझ्नुका लागि । पछिल्लो पटक ३ वटा ठाडीभाका, ३ वटा देउडा दाहोरी, १ वटा लोक दोहोरी र १ वटा देउडा खेल सहितको आठवटा गीतको अडियो र भिडियो एकसाथ बजारमा ल्याउने तरखरमा छु ।

तपाईंले आफ्नो नामको पछाडि किन ‘मुस्कान’ र ‘देउडाप्रेमी’ पनि लेख्नुहुन्छ ? 
खास कारण त केही छैन । म सधैं हाँसिरहने हुनाले साथीहरुले ”मुस्कान” भनेका हुन् र प्राय देउडा नै धेरै लेख्ने र समय अनुसार देउडामै कुरा गर्ने भएको हुनाले धेरै साथीहरुले ‘देउडाप्रेमी’ भन्न थाले । म पनि सधैं खुसी रहने र देउडा अति मन पराउने हुनाले नामको पछाडि यी दुईटै उपनाम लेख्दा अझ सान्दर्भिक होला भनेर लेख्न थालेको हुँ । 
अन्त्यमा हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ कि ? 
सर्वप्रथम त मेरो पहिले एल्बम ‘हाँसी रमाई–रमाई’ अति मन पराईदिनु भएकोमा श्रोताहरुलाई मेरो हृदयदेखि नै धेरैधेरै धन्यवाद दिनु चाहन्छु । मेरा आउने एल्बमहरुलाई अझै माया गर्नु हुनेछ भन्ने आशा र अपेक्षा पनि राखेको छु । गीतहरु हेर्ने र सुन्ने श्रोताहरुले राम्रो र नराम्रो जे जस्तो छ, प्रतिक्रिया दिनुहोला । यो मेरो मान्छेको गीत हो, त्यो टाढाको मान्छे गीत हो, भन्ने किसिमको भावना नराख्नु होला । राम्रोलाई हौसला दिनुहोला । नराम्रोलाई भुलचुक भए ठाउँमा सुधार गर्नुलाई सुझाव सल्लाह दिनुहोला । मिडिया र मिडियाकर्मी साथीहरुले पनि आफ्नो र पराई केही नसोची सबै कलाकारलाई समान ढंगले हेर्नुहोला । देश तथा विदेशमा बस्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरुको जीवन सुखमय बितोस् भन्दै बिदा हुन चाहन्छु । धन्यवाद......

सालु गौतमको विकिनी पोज (फोटोफिचर)

बेली डान्सर, गायिका तथा मोडल सालु गौतमले विकिनी फोटोसुट गरेकी छिन । समर कलेक्सनका लागि भन्दै उनले फोटोसुट गरेकी हुन ।
हेरौँ केही तस्विरः




Friday, July 24, 2015

नेपाली मोडल डंगोल युरोप र अमेरिकामा चर्चित (फोटोफिचर/भिडियो)

काठमाडौँ ३०, असार । गत साता लन्डनमा सम्पन्न एक मोडल प्रतियोगितामा नेपाली चेलीले ताज जितेकी छिन् । बेलायतको लाईभ शो मियामी प्रोले हरेक वर्ष आयोजना गर्ने बिकिनी मोडल, मसल्स मोडल, फिट्नेस मोडल, बडिबिल्डिङ तथा फिगर मोडल जस्ता प्रतियोगितामा नेपाली चेली कञ्चन डंगोलले फिटनेस मोडलिङ एण्ड बोडी बिल्डिङ् युरोपियन च्याम्पियनशिपमा अवार्ड जितेकी हुन् ।
सम्भबत: अन्तराष्ट्रिय फिटनेश मोडलको ताज जित्ने उनी प्रथम नेपाली   हुन् ।  नुवाकोटमा जन्मिएकी कन्चन विकिनी लगाएर संसारका विभिन्न प्रतियोगितामा सहभागी भैसकेकी छिन् । बिगत ८ वर्षदेखि निरन्तर बडिबिल्डिङ तथा फिननेश गर्दै आएकी डंगोल बिभिन्न हेल्थ क्लबहरुमा प्रशिक्षकको रुपमा सिकाउने पनि गर्छिन । 
हेर्नुहोस् फोटोफिचर 
bikini
dangol8dangol7bikini
dangol5dangol4dangol3dangol2dangol1
हेर्नुहोस् भिडियो