–दुर्गा शंकर भट्ट
देशको अर्थ व्यवस्थामा पर्यटन व्यवसायले निकै ठूलो सघाउ पु¥याएको कुरा सर्ववितिदै छ । हिमालका टाकुरादेखि लिएर मध्यपहाडका रमाइला पहाड, फाँट, उपत्याका, भित्रीमधेश र तराइका फाँटाहरु नेपालमा पर्यटन प्रबद्र्धनका सम्भावनाहरु हुन । हिमालका हिमश्रृङ्खलामा प्रभातकालिन स्वर्ण छायाको दृष्यावलोकनका लागि विदेशी पर्यटनकहरु बिभिन्न वायुयानमा यात्रा गरी आनन्दविभोर हुन्छन । गत ५० वर्षदेखि काठमाडौं उपत्यकामा रहेका पौराणिक मठ, मन्दिर, गुम्बा, दरबार, भेषभुषा, सांस्कृतिक गतिविधि हेर्न पर्यटकहरुको घुँइचो नै लाग्छ ।
काठमाडौं उपत्यका, पूर्विपहाडमा रहेका सगरमाथा लगायतका हिम श्रृङ्खलाका शिखरहरुमा मानवहरु पुग्ने क्रम सन् १९५३ देखि पहिले नै चलिआएको हो । तेञ्जिङ नोर्गे सेर्पा र न्यूजिल्यान्ड निवासी एडमन्ड हिलारीले १९५३ मे मा सगरमाथा शिखरको प्रथम आरोहण पछि बिभिन्न हिम श्रृङ्खलामा आरोहण गर्ने विदेशी र स्वदेशी अर्पटकहरुको संख्यामा निकै बृद्धि भएको छ । बिभिन्न पत्र पत्रिका र श्रव्य दृष्य साधनबाट सरकारी र नीजि क्षेत्रले त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा निकै सघाउ पु¥याउदा त्यस क्षेत्रका जनताको आर्थिक व्यवस्था मजबुद हुदै आएको छ । पश्चिमाञ्चल क्षेत्रमा रहेका पोखरा उपत्यका, मनकामना, चितवन राष्ट्रिय निकुञ्ज र गौमत बुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रको पर्यटक प्रबद्र्धनमा सरकारी र नीजि क्षेत्रकमो प्रशस्त लगानी रहिआएको छ । काठमाडौं उपत्यका पछि यस पश्चिमाञ्चल क्षेत्रमा रहेका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्ने पोखरा उपत्यकामा रहेका बिभिन्न तलाउहरुमा जल विहार गर्ने, अन्नपूर्ण र बिभिन्न स्थलहरुको पदमार्ग हेर्दै बिभिन्न क्षेत्र मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र र मनाङको पौराणिक र ऐतिहासिक स्थलहरु र सांस्कृतिक परिवेशको अध्ययन र अनुभव गर्ने बिभिन्न देशका विदेशी पर्यटकहरु यस क्षेत्रमा आउदा सैंकडौं एकतारेदेखि पाँचतारे होटलहरु निर्माण भइ यस क्षेत्रका जनताले रोजगारीको प्रत्यक्ष फाइदा प्राप्त गरेका छन् ।
सुदूरपश्चिमाञ्चल क्षेत्रमा हालका केही वर्षमा मात्र पर्यटक प्रबद्र्धन गर्नको लागि नीजि क्षेत्रबाट प्रयासहरु सुरुवात भइरहेका छन् । बिभिन्न पत्रपत्रिका र एफएम रेडियो, टेलिभिजनहरुबाट यस क्षेत्रमा रहेका गन्तव्य पर्यटकीय स्थलहरुको बारेमा प्रचार प्रसार भइरहेको छ । सरकारी स्तरबाट गत ५० वर्षमा पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलमा रहेका पर्यटकीय स्थलहरुको बारेमा पूर्ण प्रचार प्रसार भइसकेको छ । अब पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, संस्कृति विभाग, पुरातत्व विभागको ध्यान यस क्षेत्रमा रहेको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताले पूर्ण भएका स्थलहरुको बारेमा विशेष बजेटको व्यवस्था गरी व्यापक रुपमा प्रचार प्रसार गर्न अति आवश्यक भइसकेको छ ।
यस क्षेत्रका ९ वटै जिल्लाका जिल्ला स्तरीय सदरमुकामसम्म पक्की सडक मार्ग २ वटा सदरमुकामलाई छोडेर ७ वटै जिल्ला स्तरीय सदरमुकाममा बाह्रै महिना यातायात सेवा सुचारु रुपले संचालन भइरहेका छन् । २ वटा सदरमुकाम दार्चुला र बाजुरमा यस आर्थिक वर्ष भित्र नै पक्की सडक पुग्ने अवस्थामा कार्य सञ्चालन भइरहेको छ । बझाङ, दार्चुला, बाजुरा र मंगलसैनमा सम्बन्धित ठाउँमा लघु जलविद्युत परियोजनाबाट २४ सैं घण्टा विद्यतु प्रसारण भइरहेको छ । अन्य ५ जिल्लामा केन्द्रीय प्रसारण लाइनबाट विद्यतु प्रवाह भइरहेको छ । संचारको हकमा प्रत्येक जिल्लमा एफएम, दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकाहरु निस्कासित भइरहेका छन् । स्वच्छ खानेपानी र पर्यटन पूर्वाधारका लागि आवश्यक पर्ने स्तरीय होटलका लागि नीजि र सरकारी स्तरबाट कार्यक्रम सञ्चाल भइराखेका छन् ।
धार्मिक, ऐतिहासिक र जैविक विविधताका पर्यटन स्थलहरुको बारेमा बेग्ला बेग्लै रुपमा प्रचार प्रसार गरिनु आवश्यक छ । यस क्षेत्रमा भएका उपरोक्त स्थलहरुको बारेमा छोटकरीमा विवेचना गर्ने प्रयास गरेको छु ।
क) धार्मिक पर्यटकीय स्थलहरुः दार्चुलामा रहेको अपि हिमालबाट कैलास मानसरोवर जाने पैदल मार्ग धार्मिक महत्वले विशेष महत्व राख्दछ । व्यास हिमालको गुफा जहाँ वेद व्यास ऋषिले १८ पुराण, महाभारत रचना गरेका छन् । उनको तपस्याभूमि हिमालय पर्वत दार्चुला जिल्लाको व्यास हिमाल पर्दछ । मल्लिकार्जुन मन्दिर दार्चुला जिल्ला उत्तरपूर्वि स्थानामा रहेको छ । भारतीय सीमा जोलजिविबाट र नेपालको महाकाली
राजमार्गबाट ४–५ घण्टाको दुरिमा अवस्थित छ । विशेष गरी चैत्र नवरात्री, श्रावण महिनाभर शारदिय नवरात्री र कात्र्तिक पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने गर्दछ । त्यस्तै दार्चुला र बैतडी सिमानामा रहेको गोकुलेश्वर महादेवको शिवरात्री पर्वमा मनाइन्छ । त्यहाँ देश विदेशका श्रद्धालु भक्तजको साथै अन्य मेला भर्न आएका पर्यटकहरु ३ दिने विशेष मेला लाग्दछ । बैतडी जिल्लामा रहेका प्रसिद्ध भगवतिका मन्दिरहरुमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी चैत्र नवरात्री, शारदीय नवरात्री, कार्तिक पूर्णिमा, आषाढ शुक्ल अष्टमी, कार्तिक शुक्ल अष्टमी, अनन्त चतुर्दशी (भाद्र महिना)मा पूजाआजा, जाँत र मेला लाग्छन ।
मेलौली र डिलाशैनी भगवति मन्दिरमा आवत जावत गर्न धार्मिक पर्यटकहरुलाई राजमार्गबाट ३–४ घण्टा पैदल दूरी पार गर्नु पर्दछ । बैतडी सदरमुकामका रहेको प्रशिद्ध जगन्नाथ देवता, भूमेश्वर गाविस सडक छेउमै रहेको भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, सडक छेउमै छन् भने तल्लो स्वराड शिवनाथ १ दिनको दूरीमा र महारुद्र जान पैदल ३–४ घण्टा लाग्छ ।
डडेल्धुराको प्रशिद्ध मन्दिरहरुमा भगवति, उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर दर्शनिय छन् । उग्रतारा मन्दिर राजमार्गको छेउमा र घछाल बाबाको मन्दिर कृषि सडकबाट आधा घण्टामा नै पुग्न सकिन्छ । भागेश्वरको यात्रा गर्न करिब १ दिनको समय लाग्छ । कात्तिक पूर्णिमा र श्रवण पूर्णिमामा मेला लाग्दछ । जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको जन्मस्थल, कर्मस्थल स्कन्द पुराण मानसखण्डमा उल्लेखित ३ अध्याय अनुसार महाकाली (सरयू) र पुनपुना नदीको बीचमा अवस्थित छ । भारतको ठूलीगाड टकनपुरबाट ३ घण्टा र बुडरबाट २ घण्टा बस यात्राबाट पुग्न सकिन्छ ।
डोछी जिल्लामा रहेका प्रसिद्ध तीर्थस्थलहरुमा जगदम्बा शैलेश्वरी, दिपायलमा रहेका दिलिपेश्वर, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरु राजमार्गको छेउमा नै रहेका छन् । काना केदारेश्वरमा पुग्न कृषि सडक चवरा चौतारबाट एक दिनमा पुगिन्छ । कात्तिक शुल्क पूर्णिमामा मेला लाग्दछ । भारतको लखिमपुर जिल्लाका बिभिन्न स्थानको साथै कैलालीको मलकारा क्षेत्र, डोटी र अछामका करिब १ लाख जति भक्तजनहरु केदारेश्वरको पूजाआजा र मेला भर्न आउने गर्छन । डोटीको उत्तरतर्फ रहेका ५ वटा गुफा जसलाई अखङ्गाल गुफा भनिन्छ । महाशिवरात्रीको समयमा पूजाआजा र सांस्कृतिक कार्यक्रममा त्यस भेगका ठूलो डेउडा खेल लाग्दछ । दिपायलबाट बझाङ जाने रोडको बाटो सजिलैसँग पुग्न सकिन्छ । (लेखक कृषि विकास बैक पूर्व उप–नियन्त्रक हुन ।)
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।