-प्रकाश सिह
बाजुरा, ९ चैत
धार्मिक तथा पर्यटकीय महत्व बोकेका जिल्लाका दर्जन भन्दा बढी तालहरु संरक्षणको अभाबमा संकटमा परेका छन् । जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका खप्तड दह, छेडेदह, बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु अस्तित्व संरक्षणको अभाबमा क्रमशः संकटमा परदै आएका छन् । उचित सम्बद्र्धन र बिकासका लागि कसैको ध्यान नगएपछि धार्मीक तथा पर्यटकिय सम्भाबना बोकेका ति तालहरुको अस्तित्व खतरामा परेको हो ।
खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने खप्तड दह पनि संरक्षण हुन नसक्दा संकटमा पर्न गएको छ । धार्मीक तथा पर्यटकीय परचुर सम्भाबना रहेको बुढिन्नदामा रहेका आधा दर्जन तालहरुमा कसैको पनि ध्यान जान सकेको छैन् । त्यस्तै सबै ब्यक्तिको मन लोभाउने आटिचौर गाबिसमा रहेको छेडेदह पनि संरक्षण हुन नसक्दा हाल आएर हेर्दा पनि घिन लाग्ने गरेको स्थानिय पदम रावतले बताए । जिल्लाको दोस्रो ठुलो सो तालमा हाल आएर झारपात र गाइ गोरुको खाल खेल्ने ठाँउको रुपमा परिणत भएको छ । चौतर्फि रुपमा अब्यबस्थित भएका कारण पुरै ताल गाई गोरुको खाल खेल्ने ठाँउ रुपमा परिणत भएपछि तालको सौन्र्दय मेटिदै गएको छ ।
जिल्लामा रहेका सबै तालहरुमा कसैले पनि संरक्षणमा चासो नदेखाएपछि ति सबै तालको अस्तित्व बिस्तारै कम हुदै गएको छ । ति सबै तालहरुको चारैतिर घेरबार देखी लिएर त्यसको वरीपरि संरक्षणको लागि बोट बिरुवा रोप्ने काम समेत नभएपछि बिस्तारै तालहरु सूक्ने जान सक्ने अबस्थामा पुगेका छन् । यसरी यि तालहरुको अबस्था घिन लाग्दो दृश्य देख्दा आफुलाई दुख लागेको बताउछन् उमेरले ८० बर्ष नागेका अमर रावत, उनले भने “ पहिले हामी यी तालको जल सम्झि खाएका थियौं, अचेल हेर्दा छिछि लाग्ने गर्छ” ।
बन्यजन्तुको र चराचुरुङ्गीको बासस्थान समेत रहेका छेडेदह, दउने, बुढिन्नदा, लगाएतका तालले आफ्नो मौलिकता समेत गुमाएका छन् । ताल वरीपरिको क्षेत्र दुर्गन्धित बन्दै गएपछि चराचुरुङ्गीको बासस्थान समेत संकटमा परेको छ । जिल्लामा बिभिन्न स्थानमा रहेका तालहरुको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानिय बाँसीको गुनासो रहदै आएको छ ।
नेपाल सरकारले पर्यटकीय क्षेत्रमा लगानी गरेको बताउदै आएको छ । तर बाजुरामा जिल्लामा भने संरक्षणको अभाबका कारण पर्यटकिय दृष्टिकोणले महत्व बोकेका ताल भने संकटमा परदै गएका छन् । जिल्लाको आर्थिक उर्पाजनका लागि पर्यटन बिकास र स्थानिय श्रोत साधनको प्रयोग गर्न जरुरी रहेको जिल्ला बासिको भनाई रहेको छ । तालहरुको संरक्षणमा स्थानिय प्रशासन देखी जिल्ला बिकास समिति, उद्योग बाणिज्य लगाएतका बिभिन्न गैर सरकारी संंस्थाको बेवास्था गरेको पाईएको छ ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।