Tuesday, April 30, 2013

रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको घुँईचो



ramaroshanशिवराज खत्री
अछाम, १६ बैशाख

धनगढीका पर्यटन व्यवसायी कृष्ण बहादुर महरालाई रामारोशन क्षेत्रको भ्रमण गर्ने पहिले देखिको धोको यस पटक पुरा भएको छ । रामारोशन क्षेत्रको बारेमा बिभिन्न माध्यमबाट सुने पछि जति सक्दो छिटो त्यस क्षेत्रको भ्रमण गर्ने सोच बनाएका महराको उक्त धोको ‘गन्तव्य रामारोशन २०७०’ ले पुरा गरिदिएको हो । ‘रामारोशन क्षेत्र त मैले सोचेको भन्दा पनि राम्रो रहेछ’, महराले भने–‘यहाँ त प्रचुर मात्रामा पर्यटकीय संभावना रहेछ ।’ पर्यटन बिकास समाजका अध्यक्षसमेत रहेका महराले सौन्दर्य, पर्यटन, धार्मीक पर्यटन, स्वास्थ्य पर्यटन, सस्कृति पर्यटनका हिसावले रामारोशन क्षेत्र अतिनै महत्वपूर्ण रहेको बताए । 
रामारोशन क्षेत्रका सुन्दर ताल र रमणीय मैदानहरु घुमेर प्रफुल्लित भएका महराले त्यस क्षेत्रको हावापानीले आफूलाई एलर्जी निको भएको सुनाए । एक रात र एक दिन रामारोशन क्षेत्रमा बिताएका महराले केहि दिन भित्र पुनः यहाँ घुम्न आउँने बताए । रामारोशन र त्यस क्षेत्र आसपासमा रहेका बाटुलासैन, भटाकाटिया गाविसमा रहेका ठुलठुला घरहरुमा होमस्टे संचालन गर्न सकिने प्रवल संभावना देखेका महराले यसै महिना भित्र होमस्टेको तालिम संचालन गर्ने योजना बनाएको सुनाए । पर्यटकहरुलाई लक्ष्ति गरि रामारोशन क्षेत्रमा होटलहरु समेत खुल्ल थालेका छन् । देशका चार धाम मध्येको एक बैद्यनाथ धाम कैलाश र बुढिगंगा नदिको दोभान नजिकै छ भने कैलाश नदिको मुहान रामारोशन क्षेत्रमा रहेकाले यस क्षेत्रमा धार्मीक पर्यटनको निकै संभावना समेत महराले देखेका छन् । भगवान शिवका जटाबाट कैलाश नदि निस्केको पौराणीक मान्यता छ, रामारोशन क्षेत्रमा ठिक त्यही भएको छ । रामारोशन क्षेत्रमा परापूर्व कालमा भगवान शिव र पार्वतीले स्नानन् गरेको र त्यही बास गरेको भन्ने किम्वदन्ती रहेकाले यो क्षेत्र धार्मीक पर्यटनको लागि पनि निकै महत्वपूर्ण छ । रामारोशनका तालहरुमा नुहाएर कैलाश खोलाको मुहानको जल लगेर बैद्यनाथ धाममा चढाउँदा मनले सोचेको सम्पूर्ण कुरा पुरा हुने जनविश्वास रहेको स्थानीय गोबिन्द साउँद बताउछन् । थुप्रै जडिवुटीका जराहरु पखालेको यहाँका तालको पानीमा नुहाउँदा छाला सम्बन्धी सम्पूर्ण रोगहरु निको हुने पनि जनविश्वास रहिआएको छ । 
अछाम उद्योग वाणिज्य संघको आयोजना र सरोकारवाला स्थानीय संघ सस्थाहरुको सहयोगमा गन्तव्य रामारोशन २०७० को आयोजना भए पछि रामारोशन क्षेत्रमा अहिले आन्तरिक पर्यटकहरुको घुँईचो लाग्न थालेको छ । अछामका साथै छिमेकी जिल्ला, कालिकोट, डोटी, कैलाली, बर्दिया, बाँके लगायतका जिल्लाबाट पर्यटकहरु रामारोशन क्षेत्रमा घुम्न आउने क्रम बढेको छ । बर्दियाका पर्यटन व्यवसायी भीमबहादुर शाहीले पनि रामारोशन क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मीक, जैविक, स्वास्थ्य पर्यटनका दृष्टिकोणले निकै महत्वपूर्ण क्षेत्रको रुपमा लिएका छन् । रामारोशन क्षेत्रमा रहेका तालहरुको संरक्षणका साथै खाने बस्ने व्यवस्था भए यो क्षेत्रमा थुप्रै पर्यटक ल्याउँन सकिने शाहीले सुनाए । 
सुदूरपश्चिमका संभावनाहरुको उजागर गरि पर्यटन प्रवर्धद्धमा नेतृत्वदायी भूमिका खेलेका व्यवसायी गोपाल हमाल पनि पहिलो पटक रामारोशन क्षेत्रमा पुगे । गन्तव्य रामारोशन २०७० को उद्घाटन गर्ने अवसर समेत पाएका हमालले रामारोशन क्षेत्रलाई स्वर्गको एक टुक्राका रुपमा वर्णन गरे । स्थानीयहरु सक्रिय भए रामारोशनलाई  खप्तड पछिको प्रमुख प्रमुख पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने हमालले बताए । क्यान्सर रोगको औषधिको रुपमा रहेको ल्यौठ सल्ला समेत यस क्षेत्रमा पाईने गर्दछ । अन्य बहुमुल्य जडिवुटीहरुको समेत यो क्षेत्र भण्डारण नै हो । रामारोशन क्षेत्रमा रमाईला मैदानहरुमा पुगे पछि स्वर्गमै आए जस्तो अनुभुति भएको यहाँ आउनेहरु बताउँछन् । 
१२ वटा ताल र १८ वटा रमणीय मैदानहरु एकै ठाउँमा रहेको यस क्षेत्रलाई ‘बाह्र वण्ड अठार खण्ड’ पनि भन्ने गरिन्छ । गन्तव्य रामारोशन आयोजना भए पछि जिल्लास्थित बिभिन्न पार्टी, संघ सस्थाका साथै पार्टीका भातृ तथा सुभेच्छुक सस्थाहरुले रामारोशन क्षेत्रमा दिनहुँजसो आप्mना बैठकहरु संचालन गरिरहेका छन् । नेकपा एमाले र उसका भातृ तथा सुभेच्छुक सस्थाहरुले यस अघि नै रामारोशन क्षेत्रमा बैठक सम्पन्न गरिसकेका छन् भने नेपाली काँग्रेस र उसका भातृ तथा सुभेच्छु सस्थाहरुले बिहीबार बैठक गरेका छन् । यसले गर्दा रामारोशन क्षेत्रमा आजभोली आन्तरिक पर्यटकहरुको निकै घुँईचो लाग्ने गरेको गन्तव्य रामारोशन २०७० मुल आयोजक समितिका सहसंयोजक खडकसिंह रोकाया बताउछन् । पदयात्रा तथा सिधै गाडीको माध्यमले पर्यटकलाई रामारोशन क्षेत्रमा पु¥याउन सकिन्छ । 
यस अघि स्थानीयहरुले आफै डुंगा चलाएर ताल घुम्ने गरेकामा गन्तव्य रामारोशनको सुरुवातीसँगै डुंगा चलाउँने कार्यलाई व्यवसायीक रुपमा सुरु गरिएको छ । एक जनाबाट न्यूनतम ५० देखि घुम्ने क्षेत्र हेरेर डेढसय रुपैँया सम्म लिने गरिएको स्थानीय भीमबहादुर बुढाले जानकारी दिए । त्यस क्षेत्रकै सबै भन्दा लामो र गहिरो ताल जिंगलेमा डुढां संचालन गरिएको छ । रामारोशन क्षेत्र घुम्न आउनेहरुको डुंगामा चढेर ताल घुम्न घुँइचो लाग्ने गरेको बुढाले जानकारी दिए । बैशाख २० गते सम्म गन्तव्य रामारोशन आयोजना गरिने भनिए पनि घुम्न आउनेहरुलाई सधैँ घुमाउँन सकिने बुढा बताउँछन् । १२ वटा ताल एउटै क्षेत्रमा भएर पनि राज्यले अछामलाई ताल भएको जिल्लामा समावेश नगरेको र तालहरुको क्षेत्रफल, गहिराई नाप्ने काम नगरेकाले राज्यलाई घच्घच्याउँन गन्तव्य रामारोशनको आयोजना गरिएको मुल आयोजक समितिका सचिव शिवराज खत्रीले बताए । गन्तव्य रामारोशन प्रत्येक बर्ष आयोजना गरिने उनले जानकारी दिए ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।