दीपक उपाध्याय
डडेल्धुरा जिल्लाको भित्री मधेशको रुपमा परिचित जोगबुडा शिर्ष गाविस वार्ड नं. ९ मा रहेको धार्मिक आस्थाको केन्द्र परशुराम धाम प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै गैरहेको छ ।
परशुराम क्षेत्रमा त्रेतायुगमा आवेशावतार भगवान परशुरामका पीता ऋषी जमदग्नीले तपश्या गरेको र पछी विष्णुको छैटौ अवतारको रुपमा भगवान परशुरामले हैह्यबंशी क्षेत्रीहरुको २१ चोटी संहार पश्चात पुनः त्यही क्षेत्रमा आई तपश्या पश्चात ठुलो यज्ञ गरेको कुरा स्कन्दपुराणको मानसखण्डमा वर्षण गरेको पाईन्छ ।
महाभारतबाट निस्किएको रंगुननदी र मानसरोवरबाट निस्किएको श्यामा, स¥यु र महाकाली नदीको संगमस्थलका रुपमा परिचित परशुराम क्षेत्रको बारेमा धार्मिक ग्रन्थहरुमा समेत उल्लेख गरेको पाईन्छ ।
महाकाली नदी किनारमा रहेको परशुराम क्षेत्र वरिपरी परशुरामकी आमा रेणुकाको मन्दीर, धर्मद्वार, सत्य यूगदेखि रहेको वरपीपल समेत देख्न पाईन्छ ।
उक्त क्षेत्रमा स्थानघाटका रुपमा परशुराम स्नानघाट, बाङ्घाट र भागेश्वर घाट रहेका छन् । उक्त धार्मिक स्थानमा आएर मिल्ने रंगुन नदी परशुरामकी आमा रेणुकाको नामबाट रहन गएको भन्ने धार्मिक विश्वास रहि आएको डडेल्धुरा जिल्ला नेपाली कांग्रेसका उपसभापति कैलाश कुमार पाण्डेले बताए ।
उनले परशुराम क्षेत्रमा धर्मराज युधृष्टीरले समेत यज्ञ गरेको र उनैले धर्मको लागि द्वारको समेत निर्माण गरेको जन विश्वास रहि आएको बताए ।
यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सीमा जोडीएको छिमेकी मुलुल भारतको ठुलो तिर्थस्थल पूर्णागिरीमा दर्शन गरेपछि यस क्षेत्रमा रहेको सिद्धनाथ मन्दिरको दर्शन गरे मात्रै फलदायी हुने विश्वास भारतियहरुमा रहेकोले यसलाई जोड्न सके यस परशुराम क्षेत्रको धार्मिक महत्व अझ बढी हुने बताउँदे राज्यले यस क्षेत्रको यातायातको सुविधा र नदी आरपार गर्न झोलुंगेको पुलको निर्माण गरिनु पर्ने राजेन्द्र निर्माण सेवाका निर्देशक भीम बहादुर साउँदले बताए ।
यस क्षेत्रमा देवी देवताहरुको स्थान गर्ने तीर्थ पनि भएकाले यसलाई हरिद्वारको रुपमा पनि लिईन्छ । श्यामा, शारदा, सरयुको उद्गम स्थल पनि मानसरोवर भएको हुँदा महाकालीलाई गंगाकै धाराको रुपमा पुज्ने गरेको पाईन्छ ।
परशुराम क्षेत्रको गुरुयोजना बनाएर यसको प्रचारप्रसार गर्न समेत यसले निकै महत्प पाउने वावा लक्ष्मणनाथ योगीले बताए ।
यस क्षेत्रलाई देवघाट क्षेत्र, पशुपति क्षेत्र जस्तै परशुरामले तपस्या गरेको स्थल भनेर यसलाई प्रचारप्रसार गर्नु आवश्यक रहेको पुर्व गाविस अध्यक्ष तारि सिंह बोहराले बताए ।
यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न नजिकै रहेको पुर्णागिरीसंग यसलाई जोड्न सके नेपाल र भारतका अधिकांश दर्शनालम्बीहरु यस क्षेत्रको दर्शन गर्न आउने पुर्व गाविस अध्यक्ष बोहराले बताए ।
विशेष गरेर माघे संक्रान्तीको बेला यस परशुराम क्षेत्रमा ठुलो मेला लाग्ने गरेको छ । डोटी, डडेल्धुरा लगायतका २२ द्यौराहरु (देवता) को स्थान समेत माघे संक्रान्तीको समयमा गरिने हुँदा यो स्थान प्रवित्र तिर्थ भूमी भएको राजेन्द्र निर्माण सेवाका निर्देशक भीम बहादुर साउँदले बताए ।
त्यो बाहेक औशी, पुर्णीमा, ग्रहण लागेको समयमा समेत यस क्षेत्रमा अन्य टाढा टाढाबाट दर्शनालम्बीहरु स्थान गर्न आउने गरेका छन् ।
सुदूरपश्चिमबाट नजिकै रहेको धार्मिक तिर्थस्थल हरिद्वारको जत्रो महिमा र चर्चा छ, त्यही आस्था र विश्वास रहेको परशुराम क्षेत्र सरकारी उदासिनताका कारण चर्चामा आउन सकेको छैन् । धार्मिक एवं पर्यटकीय महत्व बोकेको परशुराम क्षेत्रको प्रचार–प्रसार र विकास गर्न सके यसले सुदूरपश्चिमको मात्रै नभएर नेपालकै पर्यटन व्यवसायमा ठुलो टेवा पु¥याउने विश्वास गर्न सकिन्छ ।

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।