Tuesday, April 30, 2013

धनगढी क्रिकेट एकेडेमीको टोली लखनउ प्रस्थान


lakhanai tirधनगढी १६ बैशाख 
धनगढी क्रिकेट एकेडेमीमा प्रशिक्षण लिईरहेका खेलाडिहरु अभ्यास खेलकालागि शनिवार भारतको प्रशिद्ध शहर लखनउ प्रस्थान गरेका छन् । उनिहरु लखनउको ज्योति क्रिकेट क्वब संग ५ वटा मैत्रिपूर्ण अभ्यास खेलहरु खेल्नेछन् । यसै विच उनिहरुलाई धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र धनगढी क्रिकेट एकेडेमीका संथापक सदस्य धिरेन्द्र साउँदले शुभ कामना व्यक्त गरी विदाई गरेका छन् । अर्जुन खड्काको रहोवरमा ११ बर्ष देखि १६ बर्ष सम्मका २५ जना खेलाडीहरु सहितको टोली लखनउ प्रस्थान गरेको हो । विवेश सिंहको कप्तानिमा, अमन पन्थी, दिपेन्द्र थापा, गणेश बोहोरा, टेकेन्द्र खडेका, सुव्रत शाह, शैलेन्द्र रेग्मी, शिवराज ऐर, नुरिन अन्सारी, रोशन अधिकारी, सौरभ ढुङ्गाना, प्रशान्त भण्डारी, पारस रावल, स्पन्दन बलायर, प्रशान्त रावल, सुबोध ऐर, भुवन थापा, अमर धानुक, मनोज के।सी।, अन्मोल स्वाँर, अपुर्भ खड्का, निर्मल भट्ट, युवराज थापा, ज्याक्सन तामाङ् टिममा रहेका छन् । 
यस्वाट उनिहरुको क्रिकेट खेल स्तर अझ सुध्रिन जाने विश्वास राख्छन् धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही । यस् एकेडेमीका खेलाडिहरुलाई अन्तराष्ट्रिय स्तरको खेलाडी बनाउन यथा सम्भव प्रयासहरु गरिने उहाको भनाई छ । दक्ष तथा प्रतिभावान क्रिकेट खेलाडि उत्पादन गर्ने उद्देश्य बोकेको धनगढी क्रिकेट एकेडेमीले यहका खेलाडीहरुलाई अझ मज्बुत बनाउन देश तथा विदेशका विभिन्न ठाउँहरुमा लगि खेलहरु खेलाउने योजना बनाएको छ ।

2 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।