-दीपक बिष्ट
राराको प्रवद्र्धनमा लाग्नु भएका रैका टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक अमरबहादुर शाहीले तीन बर्षअघि भन्नु भएको थियो ‘एक पटक रारा जानुस् । तपाँईले गोल्ड मेडल जित्दा पाएको खुशीभन्दा कम आनन्द हुँदैन ।’
राराबारे सानैमा पढेको थिएँ, जाने साइत भने यसपाली दसैं–तिहार बिदामा मात्रै जु¥यो । साथमा थिए इन्जिनियर महेश जोशी, मेजर सुधीरप्रताप सिंह, टेबलटेनिस संघका महासचिव कुवेर सिंह र तेक्वान्दोका पूर्व खेलाडी केशव भट्ट ।
कात्तिक २४ गते हामी नेपालगन्जबाट तारा एयर चढ्यौं । ठूल्ठूला पहाडबीचबाट प्लेन उड्न थाल्यो । प्लेन तल र पहाडमाथि देखिँदै गए । यस्ता दृश्य मैले थ्रिडी र हलिउड मुभीमा मात्रै देखेको थिए । प्लेन हल्लिँदा डरले मुटु धड्किन्थ्यो । पाइलटहरु मज्जाले गफिएको देख्दा आफूलाई सम्हाल्थेँ । प्लेन ४५ मिनेटपछि मुगुको ताल्चा विमानस्थलमा ओर्लियो । अचम्भित भएँ एयरपोर्टको अवस्था देखेर र सानो कच्ची रन वे । क्याप्टेनको साहसलाई मान्नैपर्छ है ! बिस्तारै जाँदा तीन घण्टामा ताल किनार पुगिन्छ । हामी आराम गर्दै गयौं । ताल पुग्नुअघि भेटियो महादेव मन्दिर । त्यहाँको ढुङ्गामा अडेस लाएर शिव भगवान्ले वाण हानी राराको पानी निकास गरेका थिए रे । मन्दिरबाट अलिअगि रुखबीचमा देखियो नीलो ताल ।
‘ओ रारा !’
दिउँसो बेस्सरी हावा चल्ने भएकाले किनारसम्म समुद्रजस्तै छाल फ्याकिरहेकी थिइन् रारा । ताल नजिक पुग्दा मन पागल भयो । अमर दाईलाई सम्झेँ र राराको पानी छोएँ । शरीरमा छर्किए । एक तमासले हेरिरहेँ । कति सु्कुमारी । जिउभरी आनन्दका तरगं सलबलाइरहे ।
मनले आफैँलाई सोध्यो, ‘स्वर्गजस्तो ठाउँलाई राज्यले किन लुकाइराखेको छ ?’ अनि सम्झिएँ, केही बर्षअघि गुरुकुलमा कर्नालीवासीले देखाएको नाटक । ‘दख्खिन बग्दो छ कर्नाली’का पात्रले सोेधेका थिए, ‘के तमार हातमी कर्नालीको नक्सा छ हजुर ?’
माल पाएर पनि चाल पाएका छैनौँ हामीले । मनमा यस्तै कुरा खेलाउँदै हामी पुग्यौँ सेनाको समरजित गुल्ममा । गुल्मपति नकुल थापाको स्वागत पायौँ । त्यहाँ बारीमा फलेका स्याउ टिपेर खायौँ । अहा कति रसिला । बिहान हामीले सेनाको डुङ्गा चढेर आनन्द लियौँ । प्रकृतिले उपहार दिएको राराजस्ता अमूल्य सम्पत्तिको महत्व राज्यले बुझ्न सकेको छैन । १ सय ५६ मिटर गहिराइ भएको ताल बीचमा पुगेपछि केहि बर्षअगि हेलिकप्टर खसेको घटना सम्झियौँ । हामी पारिपट्टी मिलीचौरमा पुग्यौँ । त्यहाँ राजा महेन्द्र क्याम्प खडा गरेर बसेका थिए रे ।

रारालाई जति हेरे पनि धित मर्दैन । डुङ्गा फिर्ता पठाएर हामी हिड्यौँ किनारैकिनार । वरिपरि जंगल जहाँ रातो पान्डा र कस्तुरीजस्ता जनावर भेटिन्छन् । एकातिर जंगलको हरियाली अर्कोतिर नीलो ताल । छेवैको महादेव मन्दिरमा गई प्रार्थना गरेँ, ‘हे भगवान्, हरेक नेपालीले यो सौन्दर्य चाख्न पाउन् अनि रारा जंगलका पन्छिझैँ नेपालीको मन रमाउन सकोस् !
हामी क्याम्प फर्केर खाना खाँदा दिउँसोको ३ बजिसकेको थियो । त्यहाँ ब्यारेकका सेनाबीच हल्ला चलिसकेको थियो, खेलाडी दीपक बिष्ट पनि आएका छन् भनेर ।
साँझ हामी नकुल दाईसंग घुम्न निस्कियौँ । रारा निकुञ्ज बनाउँदा यहाँबाट दुई गाउँ तराई सारिएको रहेछ । किनारमा एउटा मात्रै डाँफे गेष्ट हाउस छ । जहाँ अमर दाइका विदेशी पाहुना पनि आइपुग्छन् ।
अबेरसम्म हामीले रमाइलो ग¥यौँ । म सेनामा जागिर खान गाउँबाट काठमाडौँ आएको थिएँ । त्यो सौभाग्य मिलेन । तर यसपल्ट क्याम्पमा बस्ने संयोग मिल्यो ।
साँझ फोनवार्तामा ओलम्पियन दाइ हरिबहादुर रोक्काले राराबाट पैदल जुम्ला आउनुस् भन्नुभयो । तर, जान सकिनँ । भनेँ, ‘दाइ, एक दिन अवश्य आउँछु ।’
त्यो रात अबेरसम्म निद्रा परेन । बिहान बिदावारी भएर हिँड्दा मैले फर्किफर्की रारालाई हेरेँ । सम्झे रवर्ट फ्रस्का यी पंक्ति ः
यो उपवन अत्यन्त सुन्दर घनघोर अनि मनमोहक छ, तर मैले पुरा गर्नु पर्ने धेरै वाचाहरु छन्, तय गर्न बाँकी छ कोसौँको बाटो निदाउनुअगि ।
हातमा गोमा एयरको टिकट थियो । हाम्रो फ्लाइट १० बजे भनिएको थियो । दिउँसो २ बजेपछि मात्रै प्लेन आयो । झ्यालबाट मध्यपश्चिमको सौन्दर्य नियालीरहँदा मनमा कुरा खेलिरह्यो । रारा तालले मात्र पनि कर्नालीको मुहार फेर्न सक्छ । रारालाई पर्यटकीय गन्तव्य बनाउन सरकारले प्राथमिकतामा राख्नु पर्छ ।
सम्झेँ, गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न सक्ने सपुत हरिबहादुर रोक्कालाई । उनको सफलता जुम्लादेखि रारासम्म दोडने क्रमको प्रतिफल हो । छैटौँ राष्ट्रिय खेलकुदमा हरि दाइका चेलाले स्वर्ण पदक जितेर देखाइसकेका छन् । खेलाडी सहरमा होइन, विकट ठाँउमा जन्मिन्छन् ।
साहसिक खेल पर्यटन विकास गर्न रारा क्षेत्रमा अल्टिच्युड ट्रेनिङ सेन्टर खोल्नु जरुरी छ । अमर दाइ, तपाँईले ठिकै भन्नुभएको रहेछ, राराको सौन्दर्यले मन र शरीरमा उर्जा भर्छ । जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ रहेछ रारा । हाम्रो रारा, हाम्रो गौरव !
स्वर्गसरि राराबाट मीठा सम्झना र सुन्दर तस्बिर लिएर फर्केको छु । तस्बिर हेर्दा झोलीतुम्बा बोकेर हिँडिहालुँजस्तो लाग्छ । पर्खिबस है रारा, तिम्रो दर्शन गर्न आउनेछु फेरि ।
(लेखक तेक्वान्दोका कीर्तिमानी खेलाडी हुन् ।)

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।