भाषा, कला, साहित्य हिमाल, ताल, वाईल्ड लाईफ लगायत विविधताको थलोको रूपमा चिनिएको मध्य तथा सुदुरपश्चिमको अनुभव अव राजधानीमै गर्न पाइने भएको छ।
मध्य तथा सुदुरपश्चिमबासीका भावनात्मक समन्वय गर्दै मध्य तथा सुदुरपश्चिममा रहेका पर्यटकीय गन्तब्यलाई काठमाडौंमा रहेका विभिन्न क्षेत्र तह र तप्कालाई मध्य र सुदुरपश्चिम चिनाउन ३ दिने मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव २०७० आयोजना हुने भएको छ।
मध्य तथा सुदुरपश्चिमका मनहरूमा आफ्नो क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाप्रति गौरव गर्दै त्यसको संरक्षण, प्रवर्द्धन र सदुपयोग गर्नका कार्यक्रम आयोजना गरिएको अध्यक्ष गोदावरी सिंह शाहीले जानकारी गराए ।
पश्चिम महिला जागरण समूहको आयोजनामा हुने महोत्सव जेठ १०, ११ र १२ गते राजधानीको मृकुटीमण्डपमा हुने भएको हो।
मध्य तथा सुदुरपश्चिमका पर्यटकीय गन्तब्यस्थलहरुमा प्रचुर सम्भावना भएता पनी उचित ब्यवस्थापन तथा समुचित सदुपयोगको अभावमा माल पाएर पनि चाल नपाएको जस्तो अनुभुती भईरहको छ। भएका स्रोत र साधनालई उचित सदुपयोग गरेर मध्य तथा सुदुर पश्चिमबासीहरूले जती फाईदा लिनु पर्ने हो त्यती लिन सकीरहेका छैनन् भने राज्यले पनि यसको उचित फाईदा लिन सकेको छैन।
मध्य तथा सुदुरपश्चिम नेपालकै सुन्दर तथा प्राकृतिक छटाले भरिपूर्ण अनुपम पर्यटकीय गन्तब्य हो।
कर्णाली नदिले छुट्टाएको यी दुई विकास क्षेत्रका थुप्रै विविधता छन्। यद्यपी थुप्रै समानता पनि छन्। यी क्षेत्र भाषा, कला र संस्कृतिका दृष्टिकोणले मात्र नभएर धार्मीक, ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले पनि उत्तीकै महत्वपूर्ण छन्। खस भाषाको उद्गम थलो जुम्लाको सिज्जला यही पर्छ। नेपालकै गहिरो ताल डोल्पाको शे फोक्सुन्डो ताल, सबैभन्दा गहिरो गुफा पाताल भुवनेश्वर(वैतडी), सबैभन्दा ठुलो रारा ताल(मुगु), सबैभन्दा ठुलो पार्क टिकापुर(कैलाली), चादनीदोधारा पुल, अपी हिमाल, उग्रतारा मन्दिर,
शैलेश्वरी मन्दिर लगाएत रहेका छन्। यस्तै तराईको सबैभन्दा ठुलो राष्ट्र निकुन्ज–बर्दिया राष्ट्रिय निकुन्ज शुक्लाफाँट, खप्तड क्षेत्र सुदुर तथा मध्यपश्चिमका पर्यटकीय गहना हुन्।
अझ धार्मिक हिसाबले महत्वपूर्ण शक्तिपीठहरू यीनै क्षेत्रमा छन्। तर पनि यी क्षेत्रहरूलाई पर्यटकीय गन्तब्य बनाउन राज्यबाट अहिलेसम्म ठोस र प्रभावकारी कार्य हुन सकेको छैन्।
कार्यक्रममा बोल्दै अध्यक्ष गोदावरी सिंह शाहीले राज्यकै मुख ताकेर बस्नेभन्दा पनि हामी आफैले पनि मध्य तथा सुदुरपश्चिमको प्रवर्द्धन र विकासको लागि केहि गर्नुपर्छ भन्ने उद्धेश्यले आर्थिक चुनौतीकोबीच पनि यो महोत्सव गर्न लागिएको जानकारी गराएका थिए।
महोत्सवले मध्य तथा सुदुरपश्चिमको एकीकृत पर्यटनको सन्देश दिने आयोजकले विश्वास लिएको छ। मध्य तथा सुदुरपश्चिमका पर्यटकिय क्षेत्रहरूलाई जोडेर प्याकेज निर्माण तथा प्रचारप्रसार हुनसके देशकै अर्थतन्त्रलाई कापलट गर्न सक्ने संभावना बोकेको पर्यटन यी दुई क्षेत्रका लागि पनि आर्थिक क्रान्तिको हुने विश्वास आयोजकको छ।
जेठ १०, ११, १२ गते तीन दिनसम्म राष्ट्रिय सभागृहमा चल्ने महोत्सवमा मध्य तथा सुदुरपश्चिमका झाँकी, पर्यटकिय क्षेत्रहरूको वृत्तचित्र, फोटोहरू जानकारीमूलक प्रचार सामाग्रीहरू, खानाका परिकारहरु प्रश्तुत हुनेछन्।
हेर्नुहोस मध्य तथा सुदुरपश्चिम क्षेत्रका केहि तस्विरहरु
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।