– दार्चुलामा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ४ ख ८३८५ नम्बरको बस गोकुलेश्बर ६ आज बिहान ६ दुर्घटनामा परेको हो । बस सडकबाट झण्डै ५० फिट तल खसेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार दर्ुघटनामा मृत्यु हुनेमा तीन जना भारतीय नागरिकु दर्ुइ जना यात्रु तथा बसका साहु र चालक रहेका छन । मृत्य हुनेमा दार्चुला खरखडाका ३८ वषिर्य नरसिह धामी, सर्मोली ३ का ३२ वषिर्य गोपाल खत्री, भारत बलुवाकोटका ८० वषिर्य मोतीराम भट्ट, ५० वषिर्य महादेव भट्ट र ६१ वषिर्य मथुरा भट्ट, बसका साहु महेन्द्रनगरका ४० वषिर्य कृष्ण भट्ट र चालक २६ वषिय दार्चुला सर्मोलीका करन साउद छन । घाइते हुनेमा दार्चुला ग्वानी गाविस ६० वर्षीय शेरसिह साउद र दलपति डागा, धाप गाविस ४ की २२ वर्षीया हेमा पन्त र सोही ठाउँ ९ की २३ वर्षीया राजमति जोशी, सर्मोली गाविसका कुन्धन बोहरा, देथल्ला ८ की जयन्ती चन्द तथा भगवती ५ का देवसिंह धामी रहेका छन् ।यस्तै बाँके जिल्ला उदारा २ का यमबहादुर श्रेष्ठ, हुम्ला जिल्ला संघारका दीजफन्जेक लामा र कञ्चनपुर जिल्ला पिपलाडी २ का लोकेन्द्र बम पनि घाईते भएका छन् । घटनाको थप विवरण आउन अझै केहि समय लाग्ने प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।