Wednesday, June 19, 2013

महाकाली आतंकः बाढी-पहिरोमा परी २० को मृत्यु, दर्जनौं वेपत्ता


अविरल बर्षापछि आएको पहिरोमा पुरिएर दैलेख, बैतडी, कालिकोट र अछाममा गरी २० जनाको ज्यान गएको छ भने दर्जनौं वेपत्ता भएका छन् । वाढीपहिरोमा परी दैलेखमा सात, बैतडीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई, कालीकोटमा दुई र दार्चुलामा एक गरी २० जनाको मृत्यु भएको हो । कालीकोटमा भने पहिरोले बगाउँदा ११ जना वेपत्ता भएका छन् । वाढी पहिरोबाट सयौं जना विस्थापित भएका छन् । दैलेखको मालिका- ७ का ३० बर्षीय मोहन कुमालको घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । कालिकोटको शिपखानास्थित चोक्टेबजार र मेहलमुडीस्थित डंखिलिमा गएको पहिरोमा परी एकै परिवारका चारसहित १३ जना वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ । त्यस्तै, कालीकोटकै मेहलमुडीको डंखिली बजारमा पहिरो जाँंदा मनबहादुर शाही, कृष्ण न्यौपाने र टक्क बम पनि वेपत्ता भएका छन् । दुई जनाको शव फेला परेपनि सनाखत हुन सकेको छैन् । त्यस्तै अछामको कुन्ती वण्डली गाविसकी अनिता बोगटी र उनकी छोरीको पनि वाढी पहिरोमा परी मृत्यु भएको जिल्लास्थित हाम्रा संवाददाताहरुले जनाएका छन् ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।