Wednesday, June 19, 2013

राहत सामाग्री लिएर हेलिकप्टर दार्चुला तर्फ


सेनाले एक लाख किलो सामान सार्यो

काठमाडौं, ४ असार (ओएनएस) : राहत सामाग्री लिएर सेनाको हेलिकप्टर दार्चुला गएको छ । कम्बल, टेन्ट, औषधि लगायतका सामाग्रीसहित हेलिकप्टर त्यसतर्फ उडेको नेपाली सेनाले जानकारी दिएको छ । हेलिकप्टरमा सेनाको थप उद्धार टोली पनि गएको जनाइएको छ ।
 
मंगलबार बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले दार्चला र कञ्चनपुरमा ५०/५० लाख नगद सहित अत्यावश्यक राहतका सामाग्री पठाउने निर्णय गरेको थियो ।
 
सेनाले एक लाख किलो सामान सार्यो
 
नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गामा करिव ३ सय परिवारको घरायसी सर–सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । त्यसैगरी सरकारी कार्यालय, स्कुल, स्वास्थ्य चौकी र वन कार्यालयको फर्निचर तथा कागजपत्रहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।
 
दुई दिनमा उद्धार कार्यमा खट्टिएको टोलिले करिव एक लाख किलो भन्दा बढी सामानहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि सकेको सेनाले जनाएको छ । 
उद्धार कार्यको लागि नेपाली सेनाको एक हेलिकप्टर दिपायलमा तयारी हालतमा रहेको सेनाले जानकारी दिएको छ । त्यस्तै गरी कालिकोट, हुम्ला लगायतका ठाउँमा पनि सेनाले उद्धारकार्य गरिरहेको छ ।
 
फोटो : नेपाली सेना

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।