Friday, June 21, 2013

दार्चुला संकटग्रस्त, पुनर्निमाणलाई ५० करोड


सरकारले महाकाली नदीको बाढीप्रभावित दार्चुला पुनर्निर्माणका लागि ५० करोड रुपैयाँ दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दार्चुला सदरमुकाम खलंगा निरीक्षणपछि पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणका लागि ५० करोड रुपैयाँ दिने बताएका हुन् ।
बिहीबार प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि दार्चुला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले विस्थापितहरूको पुनस्र्थापना, भत्किएको सडकनिर्माण र नदीमा तटबन्ध निर्माणमा लागि दार्चुलालाई मात्र ५० करोड दिने घोषणा गरेका छन् ।
उनले प्रत्येक परिवारलाई तत्काल ३५ हजार रुपैयाँ राहत दिने र भारतीय पक्षले बाँध खोलेकोबारे छानबिन गर्नेसमेत बताए । सुरुमा ५० करोड मात्र दिने घोषणा गरेको भए पनि स्थानीय १० राजनीतिक दलले सरकारी टोलीलाई काठमाडौं फर्कन नदिने भन्दै धर्ना दिएपछि मन्त्रिपरिषद् अध्यक्षले संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि बताए ।
मन्त्रिपरिषद् अध्यक्षले राहतको घोषणा गरिरहँदा पीडितले भने प्रभावित क्षेत्र भ्रमण नगरेको तथा तत्काल राहत नदिएको भन्दै नाराबाजी गरेका थिए । खलंगामा बाढी परेको ५ दिनपछि मात्र सरकारी टोली आएको भन्दै उनीहरूले मन्त्रिपरिषद् अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको राजीनामा समेत मागेका छन् ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।